Published On:Monday, February 2, 2015
Posted by Unknown
श्रीस्वस्थानी व्रतकथाको अाज साङ्गे
२० माघ, काठमाण्डौ- गत पौष शुल्क पूर्णिमादेखि भन्दै र सुन्दै आएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको मंगलबार साङ्गे हुँदैछ । माघलाई शिव उपासना गर्ने महिना मानेर श्रीस्वस्थानीको अनुष्ठान गर्ने नेपाली परम्परा रहँदै आएको छ ।संस्कृतिविद् हरिराम जोशीका अनुसार श्रीस्वस्थानीको वर्णन नेपाल सम्वत् ६९३ मा नेपालभाषामा जयन्तदेवले 'स्वस्थानी परमेश्वरीको व्रतकथा'मा उल्लेख भएको बताए । साङ्गेमा व्रतालुहरूले परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरीलगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १०८ संख्यामा परमेश्वरीलाई चढाउने गरिन्छ ।
स्वस्थानी परमेश्वरीको शिलामूर्ति मखनटोलस्थित तारिणी बहालभित्र छ । शिवसहितको उक्त मूर्ति तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले नेपालसम्वत ७९४ मा स्थापना गरेका थिए । महिनायता राजधानीबाट १७ किमि उत्तर-पूर्वस्थित शंखरापुर (साँखु) मा रहेको शाली (मणिशैल) नदी किनारमा स्वस्थानीको व्रत बसिरहेका महिला तथा पुरुषहरूले पनि साङ्गे गर्ने परम्परा छ ।


