Published On:Monday, February 2, 2015
Posted by Unknown
यस्ता पुरुष जो पत्नीलाई नै चिन्दैनन्
पत्नी मानिसको सबैभन्दा निकटको व्यक्ति हो । आवाज र गन्धले नै पत्नी नजिक आएको भेउ पाउनेहरु धेरै छन् ।
तर,बेलायतमा एक जना यस्ता मानिस छन्,जो आँखैअगाडि आइपुगेकी पत्नीलाई चिन्दैनन् । पत्नीलाई नचिन्ने उनले अरुलाई चिन्ने त आउँदैन । उनी दृष्टिविहीन होइनन्, न त उनको मानसिक अवस्था नै कमजोर छ ।
ती व्यक्ति हुन, लन्डननिवासी डेनियल डेवलिन । फेस ब्लाइन्डनेसबाट ग्रस्त भएकाले उनी कसैको पनि अनुहार चिन्न सक्दैनन् । मेडिकलको दुनियाँमा यसलाई प्रोजोपापानियाजिया रोग भनिन्छ । यो रोग लागेको व्यक्तिले कुनै पनि वस्तु राम्रोसँग देख्न सक्छ तर,चिन्न सक्दैन ।
डेनियल पेन्टर हुन् । उनका दुई छोरी र दुई छोरा छन् । पत्नी तथा सन्तानलाई अनुहारबाट चिन्न नसकेपछि आवाज र हाउभाउको आधारमा उनीहरुलाई चिन्न खोज्छन् । नयाँ पत्रिकाबाट