Published On:Monday, February 2, 2015
Posted by Unknown
२० प्रतिशत ईपीएस कामदार बुक
२० माघ, सोल- दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले यो वर्षका लागि खालेको ५५ हजार कामदार कोटामध्ये पहिलो महिना जनवरीमै २० प्रतिशत बुकिङ भएको छ । कारोवार दैनिकमा समाचार छ । मन्त्रालयले यसअघि जनवरीलाई ३०, अप्रिललाई ३० र जुलाई र अक्टुवरलाई २०-२० प्रतिशत छुट्याएको थियो ।
कोरियामा आप्रवासी कामदारको संख्या ७ लाख ४९ हजार ४ सय २४ छ । यसमध्ये ईपीएसबाट आउने कामदारको संख्या २ लाख ११ हजार २ सय ४२ छ । त्यस्तै अवैधानिक कामदारको संख्या २ लाख भन्दा बढी छ ।


