Published On:Tuesday, February 10, 2015
Posted by dadad
खुला स्थानमा दिसा गर्दै हुनुहुन्छ, सावधान !
पर्साको तुलसीवर्वा गाविसका स्थानीयवासी गाविसलाई खुला दिसामुक्त बनाउने अभियानमा जुटेका छन् । स्थानीय अगुवा खुला दिसामुक्त अभियानमा जुटे पनि गाउँ समाजका केही व्यक्ति अझै पनि खुला स्थानमा नै दिसा गर्ने हो कि भन्ने आशङ्का कारण गाविसको निर्णयबाटै खुला स्थानमा दिसा गर्नेलाई दण्डित गर्ने भएको छ ।
गाविसमा सम्पन्न भएको सर्वदलीय बैठकले नै खुला ठाउँमा दिसा गर्नेलाई रु पाँच हजार १०० जरिवाना गर्ने निर्णय भएको गाविसका सचिव पारशप्रसाद कुर्मीले बताए ।
गाविसमा जम्मा ७४५ घरधुरी रहेकामा सबै घरधुरीमा शौचालय बनिसकेको भए पनि प्रयोग पूर्णरुपमा नभएका कारण यो नियम लगाउनुपरेको सचिव कुर्मीको भनाइ छ । उनले यही फागुन १ गते गाविसलाई खुला दिसामुक्त गर्ने तयारीमा आफूहरु रहेको बताए ।
पर्सामा हालसम्म ६६ गाविसमध्ये चार गाविस सुवर्णपुर, पशुरामपुर, कौवावनकटैया र धोबिनी गाविस खुला दिसामुक्त भइसकेको र केही हुने तयारीमा रहेको जानकारी खानेपानी तथा डिभिजन सरसफाइ कार्यालय पर्साका इन्जिनियर रामहित यादवले बताए ।


