Published On:Monday, February 2, 2015
Posted by Tekman Shakya

सहमतिको सम्भावना सकियोः प्रचण्ड


काठमाडौँ, । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सहमतिबाट संविधान बन्ने सम्भावना लगभग अन्त्य भएकाले सडक आन्दोलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले विगतको सहमति तथा सम्झौतालाई सरकारमा रहेका दलले आफुखुसी तोडेका कारण सहमतिको सम्भावना सकिएको बताए ।

शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई पेलेर नै ठीक गर्न सकिन्छ भन्ने मानसिकता सत्तारुढ दलले नत्यागेसम्म सम्वाद र सहमतिको कुनै पनि अर्थ नरहेको उनको जिकिर थियो ।

सम्वाद तथा सहमतिको प्रक्रिया अगाडि बढ्ने वा नबढ्ने भन्ने विषय सत्ताधारी दलको कोर्टमा रहेको भन्दै अध्यक्ष दाहालले भने, ‘‘संविधानसभामा यही माघ ११ गते भएको गलत अभ्यास सच्याएर जान नेपाली काँग्रेस र नेकपा(एमाले)  अग्रसर भए हामी वार्ताका लागि  अझै तयार छौँ, अन्यथा जनतामा जानुको विकल्प रहँदैन ।’’

उहाँले सहमति कुन विषयमा हुन सकेन, विगतमा सम्झौता के के हुन् र कुन रुपमा पार्टी अगाडि बढेको हो भन्ने बारेमा जनतालाई स्पष्ट जानकारी दिन समेत कार्यकर्तालाई निर्देशन दिए ।

0 comments for "सहमतिको सम्भावना सकियोः प्रचण्ड"

Leave a reply

    Popular Posts

    Blog Archive