Published On:Monday, February 2, 2015
Posted by Tekman Shakya
आयोजनाको कार्यान्वयन छिटो हुने नमुना विकास गर्न आग्रह
काठमाडौँ । र्थमन्त्री रामशरण महतले नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयन छिटो हुने ढङ्गले प्रभावकारी नमुनाको विकास गर्न एसियाली विकास बैंकलाई अनुरोध गरेका छन् ।
नेपाल भ्रमणमा रहेका बैंकका अध्यक्ष ताकेहीको नाकाओसँग सोबमार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री महतले लामो प्रक्रियाका कारण परियोजनाको कार्यान्वयनमा ढिलाइ हुने दृष्टान्त पेस गर्दै बैंकद्वारा सञ्चालित आयोजनाको कार्यान्वयनलाई तीव्रता दिन द्रुतमार्ग अपनाउन आग्रह गरे ।
जटिल प्रक्रिया कारण तोकिएको समयभन्दा लामो अवधि आयोजना कार्यान्वयनमा लाग्ने गरेका कारण उल्लेख्य प्रगति हुन नसकेकामा उनले ध्यानाकर्षण गराए ।
अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम छिटो सम्पन्न गर्न र लगानीका क्षेत्रको विस्तार गर्न समेत बैंकका अध्यक्षलाई आग्रह गरे
जलविद्युत्मा पछिल्लो समयमा राम्रो प्रगति भएको, बैंकको समेत सहयोगमा सञ्चालित तनहुँ जलविद्युत् आयोजनाको काम अगाडि बढिसकेको र अन्य आयोजनाको काम पनि अगाडि बढाउन चाहेको भन्दै उहाँले मुलुकमा लगानीको वातावरण बन्दै गएकाले कुनै पनि अविश्वास नराख्न मन्त्री महतले अनुरोध गरे ।