Published On:Monday, February 2, 2015
Posted by Tekman Shakya
अन्तर्राष्ट्रिय कला महोत्सव सुरु
काठमाडौं । ‘पाँचौ अन्तर्राष्ट्रिय कला महोत्सव’ सोमबारदेखि नेपाल कला परिषद्मा सुरु भएको छ ।
नेपाली आधुनिक कलाका पिता लैनसिंह बाङ्देलको पहलमा करिब २० वर्षअघि स्थापित न्यु आर्ट सर्कल, पचास वर्षभन्दा बढी समयअघि स्थापित ‘नेपाल कला परिषद्’ र भारतको ‘एसएमडी फाउन्डेसन’ को आयोजनामा भएको सो महोत्सव यही माघ २२ गतेसम्म जारी रहने छ । महोत्सवमा नेपाल, भुटान, भारत, श्रीलङ्का, पाकीस्तान, केन्द्रीय अमेरिकी राष्ट्र होन्डुरस र युरोपेली राष्ट्र टर्कीका ३५ कलाकारले सिर्जना गरेका करिब १०० चित्र राखिएका छन् । भारत, श्रीलङ्का, मालदिभ्स र भुटान हुँदै काठमाडौँमा यो महोत्सव सुरु भएको हो ।
नेपालका तर्फबाट भने आर्ट सर्कलका शङ्करनाथ रिमाल, शान्तकुमार राई, हरिबहादुर खड्का, जीवन राजोपाध्याय, नरेशसुन्दर सैंजु, रत्नकाजी शाक्य र टार्जन साङ्पाङ तथा नेपालको प्रतिष्ठित र ‘स्किब’ समूहका शशिविक्रम शाह, कृष्ण मानन्धर र वत्सगोपाल वैद्य तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरका चित्र राखिएका छन् ।
महोत्सवमा मूर्त अमूर्त रुपमा हिन्दू धर्म, सामान्य महिला, प्रकृतिको सौन्दर्य, दैनिक जनजीवन, ब्रह्माण्डीय संसार, जलवायु परिवर्तनले ल्याउन सक्ने विस्फोट आदि विषयवस्तुका चित्र राखिएका छन् ।
कला परिषद्का महासचिव तथा न्यु आर्ट सर्कलका अध्यक्ष शङ्करनाथ रिमालले नेपाली कलाको प्रवद्र्धन तथा प्रचारप्रसार गर्न तथा अन्तर्राष्ट्रिय कलाबारे बुझ्न यस्ता महोत्सव भइरहनुपर्ने बताउँदै नेपालका प्रत्येक ढुङ्गा र इँटामा पाइने कला अध्ययन अनुसन्धान गर्न विश्वका कलाकारलाई आह्वान गरे ।