Published On:Monday, February 2, 2015
Posted by Tekman Shakya

संविधानसभाको बैठक माघ २२ गते

काठमाडौं । यही माघ ११ गते आइतबार बसेको बैठकबाट अर्को सूचना नभएसम्मका लागि स्थगित संविधानसभाको बैठक यही माघ २२ गते अपराह्न १ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने भएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सो मितिमा बैठक तोक्नुभएकाले  बैठकमा उपस्थितिका लागि संविधानसभा नियमावली २०७० को नियम ३ को उपनियम (२) बमोजिम संविधानसभा सचिवालयले सो सूचना प्रकाशन गरेको हो ।  

0 comments for "संविधानसभाको बैठक माघ २२ गते"

Leave a reply

    Popular Posts

    Blog Archive