Published On:Monday, February 2, 2015
Posted by Tekman Shakya

एपिएफबाट मोरङ पराजित

काठमाडौँ । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ)ले मोफसलको टोली मोरङ फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ । 

दशरथ रङ्गशाला मैदानमा आज भएको सो प्रतियोगितामा एपिएफले मोरङलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो ।  

प्रतियोगितामा पहिलो अग्रता भने मोरङले लियो । खेलको पहिलो चरणको ३६ आँै मिनेटमा मोरङका राज पौडेलले निशान लिम्बूको कर्नर पासमा गोल गरे । मोरङको १–० को अग्रता भने लामो समयसम्म टिक्न सकेन । 

खेलको ४१ औँ मिनेटमा एपिएफका अञ्जन विष्टले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अन्जनले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै एपिएफका रञ्जन विष्टले एक गोल थप्दै खेललाई २–१ को अग्रतामा ल्याए । 

खेलको पहिलो चरणसम्ममा २–१ ले अगाडि रहेको एपिएफले दोस्रो चरणमा दुई गोल थप्यो । खेलको ५९ औँ मिनेटमा रञ्जनले एकल प्रयासमा डिबक्स नजिकबाट थप एक गोल गर्दै आफ्नो नाममा व्यक्तिगत दुई गोल गरे ।

त्यस्तै खेलको ७१ औँ मिनेटमा एपिएफका कप्तान नवीन लामाले एक गोल थपेपछि एपिएफले मोरङमाथि ४–१ को सहज जित निकाल्यो । सो जितसँगै दुई खेल खेलेको एपिएफले चार अङ्क जोडेको छ भने समान खेल खेलेको मोरङ अङ्कविहीन छ । 

0 comments for "एपिएफबाट मोरङ पराजित"

Leave a reply

    Popular Posts

    Blog Archive