Published On:Monday, February 2, 2015
Posted by dadad

काँग्रेस नेता सहमतिकै पक्षमा

२० माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सहमतिकै आधारमा मुलुकमा संविधान जारी गर्नुपर्ने बताएका छन् ।

सोमबार पहलमानपुरमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता केसीले प्रक्रियामा गए पनि १२० दिन लाग्ने भएकाले सहमतिको प्रयत्न गर्नु आवश्यक रहेको औँल्याए ।

उनले सहमतिका आधारमा राजनीतिक दल लागे मुलुकले ६ अर्बको ६ महिनाभित्रमा संविधान पाउने बताए ।
देशलाई द्वन्द्व, मुठभेड र धु्रवीकरणको बाटोमा लैजानु हँदैन”–नेता केसीले भने –“देशलाई सहमतिको बाटोमा लगी विकास गर्नु आवश्यक छ ।” 

आन्दोलनमा रहेको एमाओवादीसहितको मोर्चालाई बन्दका गतिविधि बन्द गरी सहमतिको बाटोमा आउन पनि नेता केसीले सुझाव दिए ।

0 comments for "काँग्रेस नेता सहमतिकै पक्षमा"

Leave a reply

    Popular Posts

    Blog Archive