Published On:Monday, February 2, 2015
Posted by dadad

बसाइँ सराइले गाउँ रित्तियो

२० माघ, सोलुुखुम्बु । भनिन्छ आफू जन्मेको गाउँ प्राणभन्दा पनि प्यारो हुन्छ तर यो भनाइलाई गलत साबित गरिदिएका छन् सोलुखुम्बु जिल्लाको पञ्चन ठूलोढुङ्गावासीका अधिकांशले गाउँ माया मार्दै बसाइँ सर्न थालेका छन् ।

ठूलोढुङ्गा गाउँ पुग्ने जो कोहीले पनि भत्किएको घर र खिया लागेकोे साँचो झुन्ड्याएको पुरानो घरभन्दा फरक दृश्य देख्न पाउँदैनन् ।


 नुनतेलका लागि हाटबजार पुग्नसमेत करिब ६ घन्टा लाग्ने सो बस्ती भौगोलिक विकटताका कारण स्वास्थ्य, शिक्षाको समस्याका साथै पुलपुलेसाको अभावले त्यहाँका बासिन्दा अन्यन्त्र बसाइँ सर्न थालेपछि गाउँ रित्तिदैँ गएको हो ।

“आफ्नो गाउँको माया लागेर के गर्र्र्र्नु आफूहरू जङ्गलको बीच भागमा बस्नुपर्दा पशु र मानिसमा कुनै अन्तर नदेख्ने उनीहरू बताउँछन् । यसरी गाउँमा जन्मेकाहरू गाउँ त्याग्दै बसाइँ सर्र्न थालेपछि गाउँ शून्यजस्तै बनेको स्थानीयवासी प्रदीप राईले बताए ।

0 comments for "बसाइँ सराइले गाउँ रित्तियो "

Leave a reply

    Popular Posts

    Blog Archive