Published On:Saturday, January 10, 2015
Posted by dadad
रणवीर र कट्रिनाले लण्डनमा इंगेजमेन्ट गरे !
बलिउडका चर्चित जोडी रणबीर कपुर र कट्रिना कैफले लन्डनमा इंगेजमेन्ट गरेका छन्। अहिलेसम्म अफयेरकोसमेत खुलासा नगरेका उनीहरु सँगै देखिए पनि सार्वजनिकरुपमा आफ्नो सम्बन्धबारे बोलेका थिएनन्।
तर, यो जोडी गुपचुप रोमान्सलाई एक कदम अघि बढेर बैधानिकता दिने बाटोमा लाग्दै लण्डनमा इंगेजमेन्ट गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।
पारिवारिक सूत्रको हवाला दिँदै गत डिसेम्बर ३० तारिखमा लण्डनमा उनीहरुले इंगेजमेन्ट गरेको सञ्चारमाध्यमले दाबी गरेका छन्।
कैट क्रिसमस मनाउन लण्डन पुगेकी थिइन् । पछि रणबीर पनि न्यूयोर्क जाने क्रममा लण्डन पुगेपछि उनीहरूको त्यही इंगेजमेन्ट भएको हो। रणवीर पुगेको केही दिनमै उनका बाबु ऋषि कपुर र आमा नितु कपुर पनि सुटुक्क लण्डन पुगेको समाचारमा जनाइएको छ।
सिमित परिवारका सदस्य र आफन्तमाझ उनीहरुले औंठी साटासाट गरेका थिए। समारोह क्याटरिनाको परिवारले आयोजना गरेको थियो रणवीर र कैट यो बर्षको मे महिनापछि बिबाह गर्न चाहान्थे।
अहिलेसम्म रणवीर, कट्रिना र उनीहरुका परिवारका सदस्यले यसबारे सार्वजनिकरुपमा केही बोलेका छैनन्।एजेन्सी



