Published On:Sunday, January 11, 2015
Posted by Tekman Shakya

पाकिस्तानमा सवारी दुर्घटनामा ३० जनाको मृत्यु

२७ पुस, कराँची । पाकिस्तानको कराँचीमा बस र ट्यांकर ठोक्किदा ३० जनाको जनाको ज्यान गएको छ । 

बसमा सवार अन्य केही यात्रु घाइते भएका छन् । कराचीबाट शिकारपुर जाँदै गरेको बस र ट्यांकर आपसमा ठक्कर खाँदा आगो लागेर बस क्षतिग्रस्त अवस्थामा छ । 

तेल बोकेको ट्यांकर विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएर दुर्घटना भएको  स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनामा बसको छतमा बसेकाहरुले भने कुदेर ज्यान बचाउन सफल भएका छन् ।

0 comments for "पाकिस्तानमा सवारी दुर्घटनामा ३० जनाको मृत्यु"

Leave a reply

    Popular Posts

    Blog Archive