Published On:Monday, January 12, 2015
Posted by dadad

बन्दले अर्थतन्त्र संकटमा, देशले दैनिक १ अर्ब ७९ करोड रुपैयाँ गुमाउँदै

काठमाडौं ।  एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको ३० दलीय गठबन्धनले देशव्यापी रुपमा बन्द तथा हड्तालका कार्यक्रमहरु अगाडी बढाईरहँदा नीजि क्षेत्रले भने त्यसको विरोध जनाएको छ ।

राजनीतिक अभिष्ट पुरा गर्नका लागि गरिने बन्दले तंग्रिन लागेको अर्थतन्त्र फेरी चपेटामा पर्ने नीजि क्षेत्रको धारणा छ ।

संविधान जारी गर्ने निर्धारित समय माघ ८ नजिकिँदै गर्दा दलहरुको बन्द हड्तालले देशले अर्थतन्त्र संकटमा पर्ने भएकाले यसमा गम्भिर ध्यानाकर्षण भएको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले बताए ।

यस्तै अर्थविदहरुले बन्दले हरेक दिन देशले १ अर्ब ७९ करोड रुपैयाँभन्दा बढि गुपाउनुपर्ने बाध्यतालाई बुझ्न दलहरुलाई सुझाव दिएका छन् । 

आफ्नो घोषणापत्रमा बन्द तथा हडतालका कार्यक्रम नगर्ने प्रतिवद्धता जनाईएपनि दलहरु त्यो प्रतिवद्धताबाट चुकेको अर्थविद गोविन्दबहादुर थापाले गुनासो गरे ।

बन्द हड्ताल जस्ता आन्दोलनका कार्यक्रम तत्काल बन्द गरी अन्य विकल्प अपनाउन  उनले दलहरुलाई आग्रह गरे ।

नेपाल राष्ट्रबैंक अनुसार बन्दले प्रतिघण्टा १५ करोड रुपैयाँ देशले घाटा बेहोर्नुपर्ने हुन्छ । पहिचानको मुद्धालाई संस्थागत गर्न भन्दै गठबन्धनले देशभर बन्द तथा हड्तालका कार्यक्रमहरुलाई तिब्रता दिईरहेको छ ।

0 comments for "बन्दले अर्थतन्त्र संकटमा, देशले दैनिक १ अर्ब ७९ करोड रुपैयाँ गुमाउँदै"

Leave a reply

    Popular Posts

    Blog Archive