Published On:Monday, January 12, 2015
Posted by Unknown

नेपाली समाजको भिन्नता

दिन मा भने मोटर बाइक मा ति नी नारी हुन्थिन | घरमा दुई जना छोरा छोरी थिए | आमा छैन बाबु को पर्खाई मा भने तर बाबु अनेक बहना बनाउने गर्दथे


हरी अधिकारी

नुवाकोट 
समाज मा हामी जन्म लिन्छौ र संमाज मा नै हुर्किन्छौ , बढ्दै जान्छौ अनि स्कूल कलेज जान थाल्छौ र जब हामी रोजगारीको खोजि मा हुन्छौ| देश मा प्रशस्त मात्र रोजगारीको अभाब ले गर्दा विदेश को चक्कर लिन थाल्छौ |आज १५ /१६ बर्ष को नेपाली को छोरा छोरी विदेश जाने दिन को खोजि मा हुन्छौ | नेपाली को छोरो हरु साउदी अरब देखि सबै को सपना को देश अमेरिका सम्म छौ | हुन् त भारतीय भुमि मा पनि छौ भने मलेसिया कतार मा मात्र हामी चार चार लाख नेपालि छौ |

 यसरि २५ लाख भन्दा बढी नेपाली बिदेशमा छौ | विदेश नै हाम्रो कर्म भुमि हो र हाम्रो सरकार को लक्ष्य भनेको नै विदेश पठाउने हो नागिरक को लागि | उद्योग कलकारखाना हरु हरेक दिन बन्द हुदै छन | कृषि हाम्रो पेशा तर हामी किनेर खान्छौ यहा नेर साह्रो अच्चम्म नै दुख लाग्दो छ | जे होस् पहिला पहिला हामी नेपाली हरु केटा हरुमात्र विदेश जाने र केटी हरु घर धन्दा गरेर बस्ने जुन परम्परा थियो त्यस को उल्टो भन्दा नी हुन्छ केटा केटी दुवै जना नै विदेश जान थालेका छौ |

 केटी घर धन्दा गर्ने अनि केटो मान्छे हरु बाहिर कमाएयर ल्याउने जुन परम्परा आज तेती साह्रो छैन दुवै जना नै काम गर्ने वा विदेश जाने परम्परा छ |जागिर खाने परम्परा बस्दै छ यस्को अर्थ हो हामी हरु आफ्नो खुट्टा मा उभिन सक्षम हुन खोज्दै छौ | श्रीमती विदेश जादा होच्याउने हाम्रो नेपालि समाज आज नी जीवित नै छ | किन कि हामी पुरातन परम्परा बादी नै छौ | श्रींमान विदेश हुदा श्रीमती ले श्रीमान को पर्खाई मा बसेको हुन्छ भने श्रीमती विदेश जादा खेरि श्रीमान ले अर्की केटी (अन्यथा नलागोस )राख्न किन पर्छ ? के दुबै जना हामी बराबरी हो भने देखि |

यस्तै कुरो श्रीमती लागि नी विदेश पठाएर गर्ब भनौ या के भनौ ? त्यस को पिर अनी पिडा हुदै होला मन मा तर खोइ के हो महिना दिन बितेको पनी थिएन , एक दिन गोर्खा प्यालेश रेस्टुरेन्ट ठमेल गयको थियौ त्यहा तेही मान्छे जो श्रीमती लागि विदेश पाठाउने मानिस र अर्की नारीसंगै बसेर रमाइलो लिदै थिय | म नी संगै जस्तो टेबल मा थिए मेरो बिदेशी पाहुना को साथ मा , उहा ले देख्नु भयो या भएन मलाइ थाहा छैन तर मैले देखे | हेरे घोरियर सोचे अनौठो पाराले तर म मेरो साथी हरु सित थिए तसर्थ उनी हरु सित वास्ता भएन | यस्तै क्रम मा मेरो ती मानिस सित घुलमिल हुने मौका मिल्यो हामी प्राय जस्तो जान्थ्यो बिभिन्न स्थानमा कोहि बेला म ति जोडी देखिन्नथ्यो तर कुनै दिन अर्को नी नारीको साथ मा ति मानिस को आगमन हुन्थ्यो | 

दिन मा भने मोटर बाइक मा ति नी नारी हुन्थिन | घरमा दुई जना छोरा छोरी थिए | आमा छैन बाबु को पर्खाई मा भने तर बाबु अनेक बहना बनाउने गर्दथे | कैले मन्त्री सित मिटिंग छ भनेर भने कैले सचिब सित तर ति अबोध बालक हरु लागी के थाह को के भनेर गफ दिनु त छनी हो |

 विदेशमा भने श्रीमती दिन भरि आफ्नो जब सकेर फेरी अर्को काम गर्दै घर मा सामाल सातुको प्रबन्ध गर्दै हुन्छिन | साह्रो लोभी नी झिंगा को बोसो टिपेर हिड्ने भएर तर वास्तब मा उहा श्रीमान भने केटी हरु को मोज मा हुन्छन् हरेकरात, हरेक साथ , तर फोन मा भने मेरो मायालु भनेर चिप्लो घसेको मैले सुनेकोछु | के श्रीमान विदेश जादा खेरि श्रीमती ले श्रीमान को लागि भनेर घर छोरा छोरी को रेख देख गर्नु पर्छ भने के श्रीमान को चाही कर्तब्य हैन त ?श्रीमान भनेको के हो ? सदै भरि हामी श्रीमती को बारेमा औला उठाउने हरु किन श्रीमान को बारेमा कलम वा मुख खोल्दैनौ ? किन नारीको मात्र कुरो गर्छौ ? पलानो केटी यसो गरि झुण्डेर मरी , श्रीमान विदेश हुदा अर्को संग गइ भनेर . के केटा मान्छे को चाही कुरो किन हुन्न | 

तसर्थ हामी हरु ले हरेक पाटो लागि औलाउन | ति केटा मान्छे एक पात्र हुन् जुन मैले नजिक बाट चिन्ने मौका पाए र प्रस्तुती गरेको छु तर यो नेपाल को एक साह्रो टड्कारो समस्या हो| उहा लागि मैले चिनेको छु या छैन भन्दा पनि समस्या के हो भनेर बुझ्न हामी ले पर्छ | किन हाम्रो समाज घर बार बिगार्दै छौ त भन्दा खेरि हाम्रो देश ले रोजी रोटि दिन नसक्नु नै मुख्य कारण हो | 

त्यो साह्रो ठुलो समस्या हो तर हुन् त हाम्रो नेपाली समाज मा बर्षौ श्रीमान विदेश जाने श्रीमती घर बस्ने अनि श्रीमान्को पर्खाई मा बस्ने थुप्रै नारी हरु हुनु हुन्छ तिनी हरु लागी अन्यथा मा राखेर भन्दा खेरि आज जुन पुरुष बर्ग हरु श्रीमती विदेश पठाएर आफु डिस्को अनि क्याबिन धाउने हरु को लागि के भनेर भन्नु ? यसरि समाज को बिकृतिलागि ! |
यसर्थ हामी हरु ले हरेक दुई आँखा ले दुई पाटो नै हेर्दा कसो होला ?

0 comments for "नेपाली समाजको भिन्नता"

Leave a reply

    Popular Posts

    Blog Archive