Published On:Monday, January 12, 2015
Posted by Unknown

श्रीमानले विदेशमा पसिना बगाउने,श्रीमती नेपालमा अर्कै केटासंग रमाउने -

 धादिङ-श्रीमान विदेशमा पसिना बगाएर पैसा कमाउने तर श्रीमती भने नेपालमा श्रीमानले कमाएको पैसाले अर्कै केटासंग मोज मस्ती गरेर रमाउने घटनाहरु अहिले धेरै सार्वजनिक भएका छन्।
यस्तै घटना धादिङमा पनि घटेको छ।   सिलु (नाम परिर्वतन)ले श्रीमान् विदेश गएको बेला चिनेकै एकजनासँग यौन सम्पर्क गरेको थाहा पाएपछि उनलाई श्रीमानले छाडिदिएका छन।
त्यस्तै, रमेश तामाङ वैदेशिक रोजगारका लागि १९ महिना कतार बसेर र्फकदा श्रीमती बिमलाले १२ बर्ष कान्छो केटासँग विहे गरेको थाहा पाएपछि मर्माहत भएका थिए ।
 विष्णु विक विदेश गएको चार बर्षपछि घर र्फकदा श्रीमती गर्भवती भएको थाहा पाएपछि छोडिदिएका थिए ।
यी माथिका प्रतिनिधि घटनाहरु श्रीमान विदेश गएको बेला यौन चाहाना मेटाउन लागि परपुरुषसँग शारीरिक सम्बन्धपछि उत्पन्न भएका हुन् । जिल्लाबाट वैदेशिक रोजगारीका लागि युवाहरु विदेशिने क्रमसँगै घरमा बस्ने श्रीमतीहरु यौन चाहान मेटाउन परपुरुषसँग शारीरिक सम्बन्ध राख्न थालेपछि धेरै परिवारमा श्रीमान्-श्रीमतीबीच सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको छ ।
श्रीमानहरु लामो समयसम्म विदेशमा रहने र घरमा रहेकी श्रीमतीहरु यौन प्यास मेटाउन परपुरुषसँग लाग्ने गरेका घटनाहरुको धेरै मुद्धा आउने गरेको छ।

0 comments for "श्रीमानले विदेशमा पसिना बगाउने,श्रीमती नेपालमा अर्कै केटासंग रमाउने -"

Leave a reply

    Popular Posts

    Blog Archive