Published On:Monday, January 12, 2015
Posted by Unknown
नेपालीलाई दूध खुवाउन अमेरिकाबाट बाख्रा ल्याइयो, एउटाको दुई लाख
२९ पुस काठमाडौं । गाई र भैंसी पाल्न नसक्ने साना किसानलाई वितरण गर्न भन्दै सरकारले अमेरिकाबाट बोका र पाठी आयात गरेको छ । प्रत्येकको दुई हजार डलर (दुई लाख रुपैयाँ) तिरेर २० बोका र ३० पार्टी भित्र्याइएको हो । तिनीहरुलाई १८ पुसमा नेपाल ल्याइएको नयाँ पत्रिकामा खबरछ ।
कृषि विकास मन्त्रालयका प्रवक्ता डा. उदय ठाकुरले अमेरिकाबाट एउटाको दुई हजार डलर तिरेर २० बोका र ३० पाठी आयात गरिएको र तिनीहरुलाई चिकित्सकको निगरानीमा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क)मा राखिएको बताए ।
अमेरिकी बोका तथा पाठीलाई नेपालको हावापानी अनुसार हुर्कन सिकाउने उद्देश्यले चिकित्सकको निगरानीमा राखिएको हो ।
अमेरिकाबाट ल्याइएका सानत जातका बाख्रा हुन् । यिनीहरुले एकै बेतमा नौ सयदेखि एक हजार ६ सय लिटरसम्म दूध दिने गर्दछन् ।
अमेरिकाबाट ल्याइएका सानत जातका बाख्रा हुन् । यिनीहरुले एकै बेतमा नौ सयदेखि एक हजार ६ सय लिटरसम्म दूध दिने गर्दछन् ।


