Published On:Monday, January 12, 2015
Posted by Unknown
सरकारले राष्ट्रिय खेल छान्दै, धेरैको रोजाइ क्रिकेट
२९ पुस काठमाडौं । नेपालको राष्ट्रिय खेल कुन हो ? सामान्य ज्ञानका पुस्तकहरुमा राष्ट्रिय खेल कबड्डी र डन्डिबियो उल्लेख गर्ने गरिएको छ । तर, आधिकारिक रुपमा घोषणा गर्न भने बल्ल सरकारले गृहकार्य थालेको नयाँ पत्रिकामा खबर छ ।
खेलकुद मन्त्रालयले राष्ट्रिय खेल छनोट गर्न उपसचिव चूडामणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय राष्ट्रिय खेल छनोट तथा सिफारिस समिति गठन गरेको छ । समितिमा खेलकुद परिषद विद्यालय खेलकुद विभागका प्रमुख मदनजंग राण र मन्त्रालयकै खेलकुद हेर्ने उपसचिव रामबहादुर हमाल सदस्य छन् ।
मन्त्रालयले ७ पुसमा गठन गरेको समितिलाई एक महिनाभित्र विकल्पसहित राष्ट्रिय खेलबारे सुझाव पेस गर्ने कार्यादेश छ । सुझावका आधारमा नेपाली परिवेशलाई सुहाउने खेल छान्ने तयारी भएको संयोजक पौडेलले बताए ।
नेपालमा क्रिकेट खेलको विकास एकदमै चाँडो भएको र क्रिकेटले नेपाललाई चिनाउन सफल हुने भन्दै धेरैको रोजाई भने क्रिकेट बनेको छ ।


