Published On:Tuesday, January 13, 2015
Posted by Unknown
जर्बजस्ती नठहरेपछि अदालतमै बिहे
पौष ३०, कास्की- अघिपछि जस्तै मंगलबार पनि कास्की जिल्ला अदालतमा विभिन्न् मुद्धाका वादी प्रतिवादीहरु फैसला वा आदेशको प्रतीक्षामा थिए ।
उनीहरुकै बीचबाट एक जोडी युवायुपवती हातमा माला लिएर उभिए । अदालतका कर्मचारी, कानुन ब्यवसायी, सर्वसाधारण र संचारकर्मीको भीड लाग्यो । पण्डित बेदनिधि तिमिसिल्नाले आदेश दिए, केटाकेटीले एक अर्कालाई माला लगाइदिनुपर्यो । न बिवाह मन्डप थियो नता दुलहादुलही वैवाहिक पहिरनमा, जन्ती र माइतीपक्ष पनि थिएनन ।
१८ वर्षीया अल्सना रानामगर र २३ वर्षीय प्रदीप भुसालले आदेश माने । त्यसपछि प्रदीपले अल्सनालाई सिन्दुर लगाइदिए । गलामा पोते र हातमा चुरा पनि । सबैले तालि बजाए । बिहे सकियो । भीडमा सुनियो। साँचो प्रेम भनेको यस्तो पो ।
पर्वत शंकरपोखरी ७ का प्रदीप र पवर्तकै अल्सनाको दोस्रो विहेको दृश्य हो यो । भएछ के भने २ वर्षअघिदेखि प्रेम गर्दै आएका उनीहरुले गत असोज १९ मा पोखराको तालबाराहीमा बिहे गरेछन् । २ रात पोखरामा नै बसेर अल्सनालाई घर भित्र्याउन लैजाने क्रममा बाटोबाटै माइतीले समातेर दुलहालाई प्रहरीकहाँ बुझाएछन् ।
अल्सनालाई भने घर लिएर गएछन् । युवतीका आफन्तले प्रदीपलाई जर्वजस्ती करणी गरेको अभियोग लगाएका थिए । तर अदालतले जर्बजस्ती गरेको नठहरेको आदेश सुनाएपछि उनीहरु विहे गरेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।


