Published On:Sunday, December 14, 2014
Posted by Unknown

‘आइ लभ कट्रिना’ भन्दै आत्महत्या

भारतको इन्दौरमा इन्जिनियरिङ पढ्दै गरेका एक विद्यार्थीले शनिबार दिउँसो आत्महत्या गरेका छन् । उनीसँगै भेटिएको सुसाइड नोटमा ‘आइ लभ कट्रिना’ लेखिएको छ ।

इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका इलेक्ट्रिकल इन्जिनियर अन्तिम वर्षमा अध्ययन गरिरहेका राहुल कुमार सिंहले गलामा पासो लगाई आत्महत्या गरेका हुन् । उनका रुम पार्टनर राजन, नवरतन र अनिकेत शनिबार कलेज गएपनि उनी भने रुममा नै बसेको बताइएको छ । कलेजमा गएपछि अनिकेतले आफ्नो फाइल छोडेको थाहा पाएपछि उनले राहुललाई फोन गरे । 

फोन नउठाएपछि अनिकेतले त्यहि अपार्टमेन्टका अर्का युवकलाई फोन गरेर राहुललाई त्यसको बारेमा जानकारी दिन आग्रह गरे । उक्त युवकले १०२ नम्बरको फ्ल्याटमा गएर थुप्रै पटक ढोका ढक्ढकाउँदा पनि ढोका नखुलेपछि ढोकाबाट हेर्दा राहुल झुण्डिरहेको देखे । 

उनका साथीका अनुसार राहुल बलिउड नायिका कट्रिना कैफका ठूला फ्यान थिए । उनी सझैँ कट्रिनाको मात्र गफ गरिरहन्थे र जब एकदिन कुनै साथीले कट्रिनाको तिमीभन्दाबाहेक अरु कोही पनि ठूलो फ्यान छ भन्दा राहुल निकै रोएको र धेरै मात्रामा रक्सी पिएको बताइएका छन् ।

 यस्तो थियो सुसाइड नोट आइ लभ कट्रिना । वान डे आइ विल मिट (मिट शब्दलाई पेनले कोरिएको छ) । 

मेरो सबै पैसा तिमिहरुले सबैलाई दिनु, जसबाट मैले लिएको थिएँ । शुभम गुप्ता दाइको पैसा पनि बाँकी छ । तिमि रवि, पापासँग लिएर । सबै मिलेर हाँसी रहनु । सरी साथीहरु‘।सधैँ खुसी हुनु । (एजेन्सीं)

0 comments for " ‘आइ लभ कट्रिना’ भन्दै आत्महत्या"

Leave a reply

    Popular Posts

    Blog Archive