Published On:Sunday, December 14, 2014
Posted by Unknown

लिंग उत्तेजना नै भएन

म काठमाडौंको बासिन्दा हुँ र गत तीन - चार महिनादेखि यौन समस्याले पिरोलिएको छु। म ४३ वर्षको भएँ। मलाई कुनै रोग छैन, गत डेढ वर्षदेखि हल्का उच्च रक्तचापबाहेक। म एकदमै चिन्तित छु। जिन्दगीमा हरियाली भनेकै यौन हो। मेरो लिंगमा कडापन छैन। मैले धेरैपटक प्रयास गरिसकें लिंग उत्तेजित बनाउन। अन्य सबै कुरा सामान्य नै छ। कहिलेकाहीं लिंग उत्तेजित हुन्छ तर तुरुन्तै वीर्य स्खलन हुन्छ, दुई-तीन धक्कापछि नै। यस्तो भएको पनि डेढ वर्ष नै भयो। चाँडो वीर्य स्खलन हुने कुराले मेरी श्रीमती राम्रोसँग सन्तुष्ट हुन सकेकी छैनन्। मेरो विवाह भएको १५ वर्ष भयो। कृपया मलाई सल्लाह दिनुहोस्।


लिंग किन उत्तेजित नभएको?
राम्रोसँग लिंग उत्तेजित नहुने विभिन्न कारण हुन सक्छन्। प्रमुख कारणका बारेमा कतिपय विद्वान्बीच एकराय नभएको पनि देखिन्छ। केही विद्वानले यस्ता समस्या प्रायःजसो शरीरमा भएको अन्य कुनै खराबीका कारण हुने कुरामा जोड दिएको देखिएको छ भने अर्कातिर अन्य विद्वान्ले मनोवैज्ञानिक कारणहरूलाई प्राथमिकता दिएको देखिएको छ। प्राथमिकता जुन कुरामा दिए पनि समष्टिगत रूपमा कारणहरूको कुरा गर्दा यसका शारीरिक तथा मानसिक पक्ष दुवै जिम्मेवार हुने कुरामा भने भने सहमति देखिन्छ।
तनाव, चिन्ता, ग्लानि, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनले दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग जस्ता कुरा पनि लिंग उत्तेजित नहुने कारण हुनसक्छ। यो पक्कै हो कि शरीरमा भएका अन्य रोग, चोटपटक तथा औषधीको प्रभावले पनि लिंगको उत्तेजना नभएको हुनसक्छ। लिंगको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिंग उत्तेजना नहुने सम्भावित कारण हुनसक्छ। मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरेर भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिंग उत्तेजित नहुने समस्या गराउन सक्छ। कतिपय औषधी पनि यसका कारण हुन सक्छन्।

बढ्दो उमेर र लिंगको कडापन
बढ्दो उमेरसंगै अनेक परिवर्तन हुन्छन् जसमध्ये यौनसम्बन्धी परिवर्तन पनि प्रमुख हो। यसको प्रभाव पनि तपाईंमा परेको हुनसक्छ। यौनसम्पर्क गर्दागर्दै लिंगमा भएको उत्तेजना हराउन अर्थात् शिथिल हुने क्रम बढ्न सक्छ। चरमसुखको स्थितिमा पुग्दा पहिले हुने जस्तो किसिमले वीर्य स्खलन नहुन सक्छ, भए पनि वीर्य स्खलन नै नहुने वा थोरै हुने हुनसक्छ। पौरुष ग्रन्थि तथा अन्य अवयवमा आएको परिवर्तनले यस्तो गरेको हुनसक्छ। तरुण अवस्थाको तुलनामा यौनचाहनाको तीव्रतामा कमी आउन सक्छ। लिंग उत्तेजित हुन धेरै समय तथा मेहनत लाग्ने हुन सक्छ। अनि पहिलेको तुलनामा एक पल्ट चरमसुख पाइसकेपछि फेरि लिंग उत्तेजित हुन बढी समय लाग्न सक्छ। लिंग उत्तेजित गर्न, चरमसुखको चरणसम्म पुग्न बढी समय लाग्न सक्छ। त्यसैले यौन सम्पर्कको समय बढ्छ। उत्तेजित नै भए पनि युवा अवस्थाको तुलनामा जस्तो कडा नहुन सक्छ। वीर्य स्खलन युवावस्थाको जस्तो बेस्सरी निस्कने नहुन सक्छ र वीर्यको मात्रा पनि कम हुनसक्छ।

उच्च रक्तचापको लिंग उत्तेजनासँग सम्बन्ध हुन सक्ला ,
एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीले लिंग उत्तेजनामा प्रभाव पार्न सक्छ।
के गर्नुपर्ला ?


यदि लिंग उत्तेजना नै नहुने समस्या लामो समयसम्म रहिरहे वा लिंग उत्तेजित नै नभए चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ताकि समस्याको सही निदान र त्यसै अनुसारको उपचार गर्न सकियोस्। लिंग उत्तेजनामा अप्ठयारो परेकाहरूलाई सहयोग पुर्‍याउन लिंग उत्तेजित बनाउने औषधी जस्तै कि भियाग्रा वा केही शल्य चिकित्साको विकास नै नभएको त होइन। लिंग उत्तेजित गराउने यस्ता औषधीहरू चिकित्सकको निगरानी र सिफारिसमा मात्र खान सकिन्छ। हृदयरोग भएका व्यक्तिहरूले अन्य बढी शारीरिक परिश्रम गर्नुपर्ने स्थितिजस्तै यौन सम्पर्क राख्दा पनि विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ। विशेष गरेर हृदयरोगका लागि  नाइट्रेट भएका औषधीको प्रयोग गर्ने व्यक्तिले यो औषधीको प्रयोग गर्नु हुँदैन। शल्य चिकित्साका लागि त चिकित्सक चाहियो नै। केही गम्भीर कुअसर पनि हुने भएकाले पक्का आवश्यक नभै त्यसै औषधी खानु बुद्धिमानी होइन।

मुख्य कुरा त तपाईंले तनावलाई कम गर्न सक्नुपर्छ। सहज वातावरण र तनावरहित भएर यौन क्रियाकलापमा संलग्न हुँदा फाईदा पुग्छ। यसका लागि आफ्नी श्रीमतीसँग यौनसम्पर्करहित यौनक्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ। एक(दुई पटक यस्तो हुँदैमा कुनै विशेष औषधोपचारको आवश्यकता होस्। आवश्यकता भन्दा बढी पीर गर्दा समस्या बल्भिmन सक्छ। सधंै समस्या भैरह्यो भने कारणको निदान र त्यसअनुसारको उपचार खोज्नुपर्छ। अहिलेलाई भने मन बलियो पार्नुहोस् र राम्रो भावनात्मक तथा प्रणयपूर्ण यौन सम्बन्धका लागि प्रयास गर्नुहोस्।

0 comments for "लिंग उत्तेजना नै भएन"

Leave a reply

    Popular Posts

    Blog Archive