Published On:Tuesday, February 3, 2015
Posted by Unknown

ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट

२१ माघ, काठमाडौं । उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकले ५० प्रतिशत भाडा छुट पाउने भएका छन् । बुधबारदेखि यो नियम लागू हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए ।

काठमाडौं प्रशासन कार्यालय, बागमती यातायात र उपत्यकाका यातायात व्यवसायी महासंघबीच भएको छलफलमा ६० वर्ष पुगेका नागरिकलाई ५० प्रतिशत छुट दिने सहमति भएको नयाँ पत्रिकामा खबर छ ।

प्रत्येक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई दुईवटा सिट सुरक्षित राख्ने पनि सहमति भएको छ ।

यातायातमा ५० प्रतिशत छुटको मागसहित ज्येष्ठ नागरिकले काठमाडौमा दुई वर्षदेखि धर्नासहित आन्दोलन गर्दै आएका थिए । ज्येष्ठ नागरिकको माग सम्बोधन गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी अर्यालको पहलमा यातायात व्यवसायीसँग छलफल भएको थियो ।

प्रशासन र यातायातबीच भएको सहमति अनुसार ज्येष्ठ नागरिकले ६० वर्ष खुलेको नागरिकताको प्रमाणपत्र देखाएमा छुट पाउनेछन् ।

0 comments for "ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट"

Leave a reply

    Popular Posts

    Blog Archive