Published On:Tuesday, February 3, 2015
Posted by Unknown
सिंहदरबार प्लाजामा नमूना पार्कसहितको सडक बन्ने
२१ माघ, काठमाडौं । सिंहदरबार अगाडि राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालयसम्मको सडकमा कालोपत्रे गरी दुवैतिर ‘ग्रिनल्यान्ड’ बनाउने तयारी गरिएको छ । उक्त ग्रिनल्यान्डको नाम यूएनआई शान्ति मार्ग राखिनेछ । यो मार्गलाई अन्तर्राष्ट्रिय मापदण्डको नमूना पार्क बनाउने गरी नक्साङ्कन भइरहेको गोरखापत्रमा खबर छ ।
नेपालस्थित यूएनआई समन्वय परिषद्को नेतृत्वमा काठमाडौं महानगरपालिका र त्यस क्षेत्रमा कार्यालय रहेका राष्ट्रिय वािणज्य बैंक, कृषि अनुसन्धान परिषद्, नेपाल स्टक एक्चेन्ज, नेपाल टेलिभिजन व्यापार शाखा, नेपाल टेलिकमको आर्थिक सहयोगमा उक्त क्षेत्रमा ग्रिनल्यान्ड बनाउने तयारी गरिएको हो ।
४५ फिट चौडाइ र झन्डै पाँच सय मिटर लम्बाइ रहेको त्यस क्षेत्रमा ग्रिनल्यान्ड बनाउँदा बीच भागको २० फिट सडक कालोपत्र गर्ने, दायाँबायाँ १०र१० फिट ग्रिनल्यान्ड बनाउने र सिंहदरबार क्षेत्रबाट बायातर्फको पाँच फिटमा फुटपाथ निर्माण गर्नेगरी नक्साङ्कन भएको परिषले जनाएको छ ।


