Published On:Friday, February 6, 2015
Posted by Unknown
प्रतिकार गर्न एमाओवादीको स्वसंसेवक फोर्स
२४ माघ, काठमाण्डौ,- एकीकृत नेकपा माओवादीले आन्दोलनमा दमन भए प्रतिकार गर्न भन्दै स्वयं सेवक फोर्स गठन गर्न थालेको छ।
शुक्रबार इटहरीमा भएको पूर्वाञ्चलस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा दोस्रो निर्वाचनमा युवादस्ता वाइसीएल नभएकै कारण नतिजा आफ्नो पक्षमा नआएकाले स्वयंसेवक फोर्स अनिवार्य भएको बताए।
‘हामीले चाह्यौं भने एक महिनामा दशलाख सेना बनाउन सक्छौँ’ उनले कार्यकर्तालाई हस्यौउँदै भने ‘पहिलो संविधान निर्वाचनमा वाइसीएलको भूमिका राम्रो थियो, दोस्रोमा भएन।’
पार्टीलाई जहिलेसुकै स्वयंसेवक आवश्यक पर्ने भएकाले माथिल्लो निकायदेखि तल्लो निकायसम्म युद्धस्तरमा दस्ता गठन गर्न समेत उनले निर्देशन दिए। आजको नागरिक दैनिकमा समाचार छ।


