Published On:Sunday, February 1, 2015
Posted by Unknown

वीरेन्द्र र पृथ्वीनारायणलाई उच्च अंक




























१९ माघ, काठमाण्डौ, ऐतिहासिक योगदानका आधारमा पाँच राजा र ६ प्रधानमन्त्रीको मूल्यांकन गर्न लगाउँदा राजा वीरेन्द्रले ८७ र पृथ्वीनारायण शाहले ८६ अंक पाएका छन्। ६० प्रतिशतभन्दा बढीमा ऐतिहासिक योगदानकर्ताप्रति सम्मानको भावना रहेको पाइएको टोली सर्वेक्षण नेता सुधीन्द्र  शर्माले बताए।
 
प्रधानमन्त्रीहरूमा सर्वाधिक उच्च मूल्यांकन बीपी कोइराला र मनमोहन अधिकारीलाई गरेका सहभागीले राजा महेन्द्रलाई बीपीको भन्दा दुई अंक बढी अर्थात् ७६ अंक दिएका छन्। जनताले पूर्वराजा ज्ञानेन्द्रलाई पुस २०६३ भन्दा बढी ३८ अंक दिएका छन्।

संविधानसभाले संविधान बनाउन सक्छ भन्ने विश्वास नभएका ३० प्रतिशत र थोरैमात्र विश्वास गर्ने ३५ प्रतिशत छन्। देशको मुख्य समस्या संविधान नबन्नु भएको मान्नेको प्रतिशत ११ मात्र छ भने ३९ प्रतिशतले बेरोजगारी र ३५ प्रतिशतले गरिबीलाई मुख्य समस्या मानेका छन्।
 इन्टर डिसिप्लनरी एनालिस्टद्वारा तीन हजार व्यक्तिबीच गरिएको सर्वेक्षणमा यस्तो नतिजा देखिएको हो।  अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

0 comments for "वीरेन्द्र र पृथ्वीनारायणलाई उच्च अंक"

Leave a reply

    Popular Posts

    Blog Archive