Published On:Tuesday, February 3, 2015
Posted by dadad

त्रिविले सेमेस्टर प्रणाली कार्यन्वयनका लागि कार्यदल गठन गर्ने

२० माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले काठमाडौँ उपत्यकाका क्याम्पसमा पनि सेमेस्टर प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा सुझाव लिन विज्ञ र सरोकार पक्ष सम्मिलित कार्यदल गठनको तयारी गरेको छ ।

शिक्षा पत्रकार समूहले आज राजधानीमा गरेको अन्तक्र्रियामा विश्वविद्यालयका निमित्त रजिष्ट्रार देवराज अधिकारीले पूर्वाधार तयारी र विद्यार्थी सङ्गठनसँगको थप सहमतिका आधारमा सेमेस्टर प्रणालीलाई विस्तार गरिने बताउनुभयो । 

विश्वका धेरै मुलुकमा प्रणाली कार्यान्वयनमा आइसकेको र नेपालमा पनि अधिकांश विश्वविद्यालयमा यो प्रणाली भएकाले अब वार्षिक प्रणालीको शिक्षालाई विस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । 

नेपाल विद्यार्थी सङ्घका नेता नैनसिंह महर, अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतम, नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष शरद रसाइलीले पूर्वाधारको तयारी गरेर मात्रै सेमेस्टरमा जान आफूहरूले आग्रह गरेको बताउनुभयो ।

0 comments for "त्रिविले सेमेस्टर प्रणाली कार्यन्वयनका लागि कार्यदल गठन गर्ने"

Leave a reply

    Popular Posts

    Blog Archive