Published On:Monday, January 5, 2015
Posted by Tekman Shakya

दुई थोपा आँसु झार्दापनि रन्जनले पाएन वर्षालाई

 काठमाडौं । यति बेला नेपाली सांगीतिक बजारमा म्युजिक भिडियो बन्ने क्रम बढेको छ ।

सम्भावना बोकेर एक प्रतिभाको आगमन भएको छ, उनी इश्वोर प्याकुरेल हुन् । 

इश्वोर प्याकुरेल कै स्वोर सब्द र संगीत रहेको दुइ थोपा आशु बोलको गीतको म्युजिक भिडियोको छायाँकन भर्खरै मात्र मात्र सकिएको छ । 

भिडियोमा रन्जन रिजाल र वर्षा राउतको जोडी देखिने भएको छ । भिडियोमा ललितपुर र चाबहिलका रमाइला स्थलमा भिडियोलाई शूट गरिएको छ । 

प्रेम प्राप्ति हुन नसकेको बेदनालाई भिडियोमा समेटीएको छ । भिडियोमा छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने निर्देशन विधान कार्कीको रहेको छ 
भिडियो आगामी हप्ता सार्बजनिक गरिने निर्देसक कार्कीले नेपालीमाटोलाई बताए ।

0 comments for "दुई थोपा आँसु झार्दापनि रन्जनले पाएन वर्षालाई"

Leave a reply

    Popular Posts

    Blog Archive