Published On:Monday, January 5, 2015
Posted by dadad
मोडलिङ्गमा आभाषको पुनरागमन
काठमाडौं । कलाकारितालाई नै आफ्नो क्षेत्र ठानेर यो क्षेत्रमा प्रवेश गरेका आभाष कठायत केहि समय पारिवारिक कारण निष्किृय थिए ।
सुदुरपश्चिमबाट मोडलिङ क्षेत्रमा आफ्नो पहिचान बनाएका आभाष ९ महिनापछि फेरी यहि क्षेत्रमा आगमन हुने भएका छन् ।
करीब आधा दर्जन विज्ञापन, विभिन्न र्याम सो, मिष्टर नेपाल लगायत प्रतियोगीतामा सक्रिय उनी फेरी प्रवेश गर्न लागेका हुन् ।
नयाँ सोच सहित यो क्षेत्रमा प्रवेश गर्न लागेका उनले आफ्नो सक्रियता तिब्र रुपमा बढाउने नेपाली माटोलाई बताए ।
अग्लो र सलक्क परेको शरिर भएका कठायतको लुक्स पनि उत्तिकै लोभलाग्दो छ । अवसर पाए सक्रिय रुपमा मोडलिन र फिल्म क्षेत्रमा पनि आफ्नो योगदान रहने उनले बताए ।



