Published On:Monday, January 5, 2015
Posted by dadad

हामी नेपाली एक ढिक्का, सहयोगको लागि एक सिक्का

काठमाडौं । धादिङ जील्लाका बिभिन्न ठाउमा रहेका आर्थिक रुपमा बिपन्न चेपाङ समुदायका बृद्धबृद्धा तथा बालबालिकाहरुलाई लत्ताकपडा बितरणका लागि सहयोग जुटाउने उद्देश्यले नबिनतम नेपालको समाज (Community Of Innovative Nepal -COIN )ले सिक्का सङ्कलन अभियान सुरु गरेको छ ।

‘हामी नेपाली एक ढिक्का, सहयोगको लागि एक सिक्का’ भन्ने मूल नारा सहित अभियानको थालनि गराएको हो । काठमाण्डौँका बिभिन्न चोक तथा गल्लिहरुमा सिक्का सङ्कलन लागि सँथाका प्रतिनिधिहरु खटिएका छन् ।

 आम सर्वसाधारण हरुले पनि दिल खोलेर अभियानमा सहयोग गरिरहेको संस्थाका डिपार्टमेन्ट कोअर्डिनेटर भोला दीप यात्रीले नेपालीमाटोलाई बताए । उनले भने–‘थोपा थोपा मिलेर समुन्द्र बन्छ । एक रुपैया तपाईका लागि सानो पैसा हो, यहि एक रुपैया यस अभियानमा सहयोग गर्नु भयो भने बिपन्न चेपाङ समुदायका बृद्धबृद्धा तथा बालबालिका न्यानोमा बस्न पाउछन । 

त्यसकारण दिल खोलेर सहयोग गरौँ ।’ अभियान राम्रो भएको तर्क गर्दै चलचित्र ‘द फेमस युनिट’ ले पनि दश हजार बराबरको लत्ता कपडा सहयोग गर्ने चलचित्रका निर्देशक समिर बलामीले गोँङ्गबुमा भएको सिक्का सङ्कलन अभियानमा घोषणा गरे । 

चर्चित सँगितकार दीपक सर्मा, गायक रुपक डोटेल, सञ्चारकर्मी टेकमान साक्य तथा मोडल दीपेश कार्कीले पनि अभियानमा साथ दिएको सँस्थाका सचिब प्रकाश धितालले बताए । सबैतिरबाट सहयोग र हौसला प्राप्त गर्ने क्रम चलिरहेको संस्थाका अध्यक्ष कृष्ण प्र पौडेलले बताए ।

0 comments for "हामी नेपाली एक ढिक्का, सहयोगको लागि एक सिक्का"

Leave a reply

    Popular Posts

    Blog Archive