Published On:Monday, January 5, 2015
Posted by Tekman Shakya
प्रकाशले पुसमै जन्ती लिएर आए (भिडियो सहित)
कृष्ण आचार्य, गीत संगीतको क्षेत्रमा बहुप्रतिभाशाली व्यक्तिहरु कम मात्र भेटिन्छन । त्यस्तै कम मात्र भेटिने व्यक्तिहरुमा प्रकाश शपुतको नाम पनि एक हो ।
विगतमा दुई बर्ष जति सञ्चार क्षेत्रमा काम गरिसकेका प्रकाशको स्थायी घर बागलुङ हो ।
गीतको लय तथा शव्द संकलन गर्न होस् या म्युजिक भिडियोमा छम–छम नाच्न होस जुनसुकै विधामा पनि उनी राम्रो प्रतिभा भएको व्यक्तिमा पर्छन् । स्रोता दर्शकले पनि उनका सिर्जना रुचाइरहेका छन ।
राष्ट्रिय तथा स्थानीय स्तरमा हुने लोकदोहोरी प्रतियोगितामा समेत प्रकाशले थुप्रै पुरस्कार जितिसकेका छन ।
महिलाहरुको महान चाड हरितालीका जितका गितमा पनि प्रकाशले कम्मर मर्काइ–मर्काई नाचेका थिए ।
सांगितीक क्षेत्रमा आशा लाग्दो प्रतिभा भएका प्रकाशले आफ्नै शव्द, लय र स्वर साथै अभिनय समेत भएका आधा दर्जन गित बजारमा ल्याई सकेका छन ।
हँसिलो र सबै सँग मिल्ने स्वभाव भएका प्रकाश आज भोलि देश विदेशमा हुने कार्यक्रममा समेत राम्रो स्थान पाउन थालेका छन ।
विगत तिन बर्ष यता गित संगितमा लगातार आफ्ना कोशेली प्रस्तुत गर्दै आएका प्रकाशले छोटो समयमानै आफ्ना चर्चा बटुल्न सफल भएका छन ।
बागलुङ जिल्ला बाट राजधानी काठमाण्डौ आइ यो क्षेत्रमा संघर्षरत उनै प्रकाश सँग नेपालीमाटोकर्मी कृष्ण आचायले कुराकानी गरेका छन् ।
प्रकाश जी, तपाई विशेष गरि लोक दोहोरीको क्षेत्रमा सबै विधामा अव्वल देखिनु हुन्छ, तर पनि तलाईलाई विशेष मन पर्ने विधा कुन हो ? शव्द, लय, गायन या नृत्य, अभिनय ?
मैले विगतमा धेरै लोकदोहोरी प्रतियोगितामा भाग लिइ विजेता पनि भएको छु, साथै जव हामीले पहिलो गिति एल्वम मुसुमुसु नहास बजारमा ल्याउन सफल भएउ, त्यस पछि सबैको राम्रो प्रतिक्रिया पनि मिल्यो त्यसैले मलाई मन पर्ने गायन क्षेत्रनै हो । तर पनि मैले सबै विधामा काम गर्ने अवसर पाएको छु ।
यो क्षेत्रमा लाग्ने कतिपय कलाकार विस्तापित भए, विदेश पलायन भए भन्छन तपाईले के देख्नु भो त्यस्तो यो क्षेत्रमा ?
हो कतिपय कलाकार विदेश पलायन भए होलान त्यो सहि कुरा हो । मेरो विचारमा कति साथीहरु यो क्षेत्रमा रहरले लाग्नु भएको छ आफ्नो रहर पुरा भए पछि छाडिदिनुहुन्छ । अनि कतिपय साथीहरु यस्तो हुनुहुन्छ जोे तन मन सबै यहि पेशामा लगाउनु भएको छ । जो तनमन दिएर यो पेशामा लाग्नु भएको छ उहाँहरुको लागि अब यो क्षेत्र नशा जस्तै भएको छ म पनि यहि भित्र पर्छु म सबै यो क्षेत्रको लागि सुम्पीएको छु र यो क्षेत्र मेरो लागि नशा र पेशा दुवै भएको छ ।
प्रकाश जी, तपाई विशेष गरि लोक दोहोरीको क्षेत्रमा सबै विधामा अव्वल देखिनु हुन्छ, तर पनि तलाईलाई विशेष मन पर्ने विधा कुन हो ? शव्द, लय, गायन या नृत्य, अभिनय ?मैले विगतमा धेरै लोकदोहोरी प्रतियोगितामा भाग लिइ विजेता पनि भएको छु, साथै जव हामीले पहिलो गिति एल्वम मुसुमुसु नहास बजारमा ल्याउन सफल भएउ, त्यस पछि सबैको राम्रो प्रतिक्रिया पनि मिल्यो त्यसैले मलाई मन पर्ने गायन क्षेत्रनै हो । तर पनि मैले सबै विधामा काम गर्ने अवसर पाएको छु ।
यो क्षेत्रमा लाग्ने कतिपय कलाकार विस्तापित भए, विदेश पलायन भए भन्छन तपाईले के देख्नु भो त्यस्तो यो क्षेत्रमा ?
हो कतिपय कलाकार विदेश पलायन भए होलान त्यो सहि कुरा हो । मेरो विचारमा कति साथीहरु यो क्षेत्रमा रहरले लाग्नु भएको छ आफ्नो रहर पुरा भए पछि छाडिदिनुहुन्छ । अनि कतिपय साथीहरु यस्तो हुनुहुन्छ जोे तन मन सबै यहि पेशामा लगाउनु भएको छ । जो तनमन दिएर यो पेशामा लाग्नु भएको छ उहाँहरुको लागि अब यो क्षेत्र नशा जस्तै भएको छ म पनि यहि भित्र पर्छु म सबै यो क्षेत्रको लागि सुम्पीएको छु र यो क्षेत्र मेरो लागि नशा र पेशा दुवै भएको छ ।
अझ अर्को कुरा के भने आज पनि कला विकिरहेको छ तर उत्पादन विकिरहेको छैन । विगतमा भन्दा अहिले संगितको क्षेत्र विकास भएको छ दैनिक जसो कलाकार साथी विदेशको कार्यक्रम तथा देशमा हुने मेला महोत्सवमा गइरहनु भएको छ त्यसैले त्यति चिन्ताजनक अबस्था छैन तर व्यवसायिक पाटो अल्ली धरापमा परेको छ त्यसलाई सुधार गर्न तर्फ हामी सबै लागि पर्नु पर्छ ।
यो क्षेत्रमा नयाँ अनुहारलाई त अग्रजहरुले अलि हेप्ने र खुट्टा तान्ने काम गर्छन् भन्छन नी खास कुरो के रहेछ ?
मेरो हकमा भन्नु पर्दा मैले अग्रज साथीहरुलाई यस्तो गर्दैछु के हुन्छ कस्तो हुन्छ भनि सरसल्लाह लिँदा मैले सकरात्मक प्रतिक्रिया पाएको छु । तिम्रो काम राम्रो छ अझै अगाडि जानु पर्छ भन्नुहुन्छ । आफुले माया पाँउनको लागि आँफु भन्दा अग्रजलाई सम्मान गर्नु पर्छ ।

मैले आज सम्म सबैको माया पाएको छु र पाउने छु भन्ने आशा लिएको छु । साथै यस क्षेत्रमा पनि प्रतिस्पर्धा छ र त्यो प्रतिस्पर्धा स्वच्छ हुनु पर्छ भन्ने मलाई लाग्छ । मान्छे प्रतिस्पर्धाकै लागि एक अर्काको विरुद्धमा लाग्छन तर स्वच्छ प्रतिस्पर्धा भयो भने यसले केहि असर पार्दैन ।
प्रकाश जी अब स्रोताहरुको लागि नयाँ के छ कोशेली ?
मेरो आफ्नै लय र शव्द सिर्जना रहेको साथै आँफैले आवाज दिएको कोपिला गुरुङ र मेरो संयुक्त प्रस्तुति सनाइको पेपे बजारमा आएको छ । यो गितमा अभिनय पनि म आँफैले गरेको छु । म आशाबादी छु स्रोताहरुले विगतमा जस्तै माया गर्नुहुने छ यो गितलाई पनि ।

तपाई त यो क्षेत्रमा अझै पनि नयाँ अनुहार नै हो यो क्षेत्रको विकासको लागि तपाईको तर्फबाट योगदान के हुन सक्ला ?
ः म लोकदोहोरी क्षेत्रमै लागि परेको हुँदा पनि म विभिन्न संघ संस्थामा आवद्ध छु । ति संघ संस्थाको
माध्यमबाट पनि हाम्रो सांगितक क्षेत्रको सुधार र विकासको लागि म सँधै लागि पर्ने छु ।
सिआरविटि व्यवस्थीत गर्न साथै पाइरेसि रोक्न त्यसका साथै गितको रोयल्टी सम्बन्धमा हामी सबै कलाक्षेत्रमा लागेका साथीहरु एक जुट भएर काम गर्नु पर्ने देखिएको छ ।
त्यसमा मेरो पनि सकरात्मक सहयोग हुने छ । साथै हाम्रो संगित क्षेत्रलाई प्राविधिक रुपले विकास गर्नको लागि पनि हामी आफ्नो ठाँउ बाट सक्दो सहयोग गर्न लागि परेका छौ. ।
प्रकाशको अभिनय स्वर लय र शव्द रहेको सनाइको पेपे गितको म्युजिक भिडियो
प्रकाशको अभिनय स्वर लय र शव्द रहेको सनाइको पेपे गितको म्युजिक भिडियो