Published On:Monday, January 5, 2015
Posted by Unknown

यसरी म यौनकर्मी भएँ

झमक्क साँझ पर्दा सुन्धाराको गल्लीमा भेटिएकी अधबैँसे महिला सहरको भिडमा बैग्लै पीडा लिएर बाँचेकी रहेछिन्  । भद्धा सृङ्गारका सामाग्रीहरु अनुहारमा पोतेकी उनी साँझ अवेर सम्म ग्राहकको प्रतिक्षामा आँखा लोलाउँदै गर्दा उनको अनुहारमा निराशा र दिक्दारीको रेखाहरु भेटिँदैनथ्यो । तथापी भद्धा मेकअप, आवश्यकता भन्दा बढी पोतिएका ओठका लालीमा कतै मुस्कानका रेखाहरु देखिँदैनथ्यो । सायद बुढ्यौलीले हुनुपर्छ अनुहार निबुवा निरोरिएझैँ देखिन्थो ।   अनेक व्यवसाय र पेशाको सम्भावना बोकेका सहरको भिडमा किन उनी सबैले घृणा गर्ने आफ्नो शरीर बेच्ने र अर्काको शारिरिक भोक मेटाइदिने पेशा अँगाल्न बाध्य छिन् ?
‘पापी पेट पाल्न ।’  
सहज रुपमा जवाफ फर्काउँछिन् ।
तर उनको जवाफ भित्र अनेक कथाव्यथा छन् ।
उनको कथा यसरी सुरु हुन्छ ।
मेरो जन्म बर्मामा भएको हो । बर्माबाट नेपाल आउँदा म ४ वर्षकी हुँदी हुँ । नेपालबाट काम गर्न बर्मा पुगेका नेपालको पूर्वी जिल्ला भोजपुरका एकजना राई थरको मानिससँग आमाले विवाह गरेर मलाई समेत लिएर नेपाल आउनु भएको थियो । मसँग मेरा तीन जना दाजुहरु पनि थिए । बुबा कामको सिलसिलामा भुटान जानु भएको थियो । खै ? कसरी भेट भएर आमाले ति मानिससँग पोइल आउनु भएछ । तर म सानी भएकाले मायाँ लागेर आमाले पनि मलाई साथै लिएर आउनु भएको रहेछ ।
आमासँग विहे गरेपछि ति बाऊलाई काम गर्ने कम्पनीबाट निकालिदिएछ । त्यसपछि उनले हामीलाई नेपालको विराटनगर भन्ने ठाममा ल्याए । उनले सिधै हामीलाई उनको घर लगेनन् । पछि उनको आफन्त मार्फत थाहा भयो उनको घरमा दुईवटी श्रीमती रहेछन् । जहाँ काम गर्न गयो त्यहीबाट श्रीमती लिएर आउने उनको बानी रहेछ ।
विराटनगरमा एकजना आफन्तको घरमा हामीलाई छोडेर उनी भोजपुर गए । गाऊँ गए पछि उनी झण्डै दुई महिना हराए । दुई महिनासम्म आफन्तले जेनतेनले हामीलाई पाले । पछि आफन्तसँग आमाले रोई कराई गरेपछि बल्ल उनी विराटनगर आए र हामीलाई छुट्टै कोठा खोजेर राखिदिए र थोरै दाल चामल र केही पैसा छोडिदिएर उनी फेरी गाउँ गए । त्यसपछि उनी कहिल्यै फर्केर आएनन् ।
बर्मामा हुर्के बढेको हामीलाई बिराटनगरको चर्को गमी खपिनसक्नुको थियो । उनले जोहो गरिदिएको चामल, दाल र पैसाले धेरै दिन चलनेवाला थिएन ।
त्यसपछि हाम्रो दुर्दिन सुरु भयो  । आमा कयौँ छाक भोक भोकै बसिन् । मलाई थाहा भएसम्म आमाले पानी मात्र उमालेर पनि खाईन् । त्यसबेला आमा मलाई काखि च्यापेर घण्टौँ रुन्थिन् । आफैँ सम्हालिएर कतै गएर केही खोजेर ल्याएर मलाई खुवाउँथिन् ।
बिराटनगर बस्दा आमा दाइहरुलाई सम्झिएर रुन्थिन् । भुटानमा रहेका अर्का बाउलाई सम्झिन्थिन् र कत्तिपल्ट भित्तामा टाउको ठोक्काउँथिन् ।  भदौको महिना थियो, बाउ भनाउँदोले छोडेर वेपत्ता भएको बर्ष दिन बढी भैसकेको थियो । अवला आमाछोरीले के खाए के गरे होला भन्ने उसमा कुनै दया आएनछ । ऊ फर्किएर आएन । आमाले म निदाएको मौका पारेर पासो लगाएर आत्म हत्या गर्न खोजिछिन् । तर उनको पनि दिन आइपुगेको रहेनछ । भुइँतलाको घरको काठमा उनले लगाएको पासो चुँडिएर पछारिन पुगिछिन् । उनी लडेको आवाजले म बिउँझिए पछि उनले फेरी आत्महत्या गर्ने हिम्मत गरिनछिन् ।
यस्तैमा एक दिन हाम्रो दुःख देखेर एकजना मनकारीले आमालाई होटलमा भाँडा माझ्ने काममा लगाइदिएछन् । होटल मालिककले हामीलाई उनकै होटलमा खाने बस्ने बन्दोवस्त गदिएको थियो । होटलमा काम गर्न थालेपछि भने हाम्रो अवस्था अलि सुध्रन थालेको थियो ।
म पनि बुझ्ने भैसेकेकी थिएँ । होटलमा आमालाई म पनि सघाउँथे र नजिकैको स्कूल भर्ना पनि भएकी थिए्ँ । मेरो जीवनमा विस्तारै खुसी प्रवेश गर्दै थियो । तर त्यो खुसी धेरै समय रहन पाएन । होटलमा काम गर्न थालेको वर्ष दिन के भएको थियो आमाले होटलमा खाना खान आउने पश्चिमतिरको एक जना ड्राइभरसँग विवाह गरेर  गइन् ।
त्यसपछि म अनाथ भएँ । भर्खरै आठ वर्ष लागेकी थिएँ । होटलको भएभरको काम मैले नै गर्नुपर्ने थियो ।  विहान उदायचल देखि अस्ताए चलसम्म मलाई फुर्सद हुँदैनथ्यो । कामले गर्दा स्कूल जान पाउने कुरै थिएन । यतिकैमा एक दिन काठमाडौँ–बिराटनगर रुटको गाडी चलाउने ड्राइभरले मलाई काठमाडौँको राम्रो होटलमा काममा लगाइदिन्छु भनेर मलाई लिएर आयो र अहिले पुरानो बागबजार भएको ठाउँको एउटा होटलमा काममा लगाई दियो ।
सुरुमा  त ती होटल मालिकले राम्रै गरे । पछि विस्तारै मलाई  दुःख हुन थाल्यो । रातभरी जाँड रक्सि खाएर मानिसहरु होहल्ला गर्थे । तिनले खाएका जुठा भाँडाहरु माझेर सुत्दा  रात छिप्पि सकेको हुन्थ्यो फेरी उज्यालो नहुँदै पानी  भर्नुपर्ने, दुःखको बयान गरेर  साध्य थिएन ।
होटलका साहु खराव थिए । बेलाबेलामा  म माथी गिद्धे नजर लगाउँथे । तर पनि म वेवास्ता गर्दै आफ्नो काम गर्थेँ । एकदिन श्रीमती नभएको मौका आफ्नो कोठामा लगेर जवरजस्ती गर्यो ।  म सानी थिएँ । नछुने समेत नभएकी मलाई उसले रातभरी गरयो । मलाई दुखेर खपि नसक्नु भयो । तर उनमा कुनै दया पलाएन । उल्टै कसैलाई भनेमा मारिदिने धम्कि दियो ।

त्यस दिन ऊ रक्सिले मातिएको थियो । जवरजस्ती गर्दा मेरो योनी च्यातिएर पिसाव फेर्न समेत नहुने भएको थियो । म तीन दिन उठ्न सकिन । पछि उसकी श्रीमती माइतबाट आएपछि म विरामी भएको देखेर उनले सोधिन् । मैले पनि नढाटी सवै कर्तुत भनिदिएँ । इज्जत जाने डरले उनले पुलिसलाई चाँही खवर गरिनन् । होटल साहुले पनि आफैले रक्सिको नशामा  गल्ति गरेको भन्दै श्रीमतीसँग हात जोडेर उम्किए ।
तर उनको दुव्र्यवहार रोकिएन । श्रीमती नभएको मौका पारेर उसले कयौँ पल्ट म माथी शोषण गरिरह्यो । मलाई जवरजस्ती गर्न थाले देखि उनले होटलको काम कम लगाउने, राम्रा राम्रा कपडा किनिदिने गरेर फकाउन पनि थालेको थियो । मेरो कर्म यस्तै रहेछ  छोडेर पनि कहाँ जाउँ भन्दै चुपचाप सहँदै म त्यही होटलमा काम गरेँ ।
यस्तै दुःख सहँदै र उनको दुव्र्यवहार भोग्दै मैले ६ सात वर्ष त्यही होटलमा विताएँ । उसको दुव्र्यवहारको सिमा नाघ्न थालेको थियो । त्यस्तैमा एक दिन होटलमा एउटा देशी आएको थियो । होटल साहुले रातभरी त्यस देशीको सेवा गर्नुपर्छ भन्दै मलाई उसको कोठामा लगेर छाडिदियो र बाहिरबाट चुकुल लगाइ दियो । त्यसपछि त्यो देशिले मलाइ जवरजस्ती गर्न थाल्यो । म उम्किएर भाग्न सक्ने अवस्था थिएन । उसले जे जसो गरेपनि चुपचाप सहनु पर्ने मेरो बाध्यता थियो । त्यस रात उसले मलाई तीन पटक गर्यो ।
यसरी त्यहीँबाट म पेशवेर यौनकर्मी भएँ । त्यसपछी म चाहेर पनि म त्यो नरकबाट बाहिर आउन सकिन । त्यही होटलमा अरु पाँच बर्ष विताएँ । त्यसपछी म ठमेल सुन्धारा लगायतका होटलहरुका त्यही काम गरेँ । जीविकोपार्जनको माध्यम बनाएँ । मेरा ग्राहकहरु अधिकांश ड्राइभर, आर्मी पुलिस देखि  ठूला घरानीया सम्मका थिए । ठमेलमा काम गर्दा म सँगै अरु ४–५ जना केटीहरु पनि थिए । उनीहरु पनि त्यस्तै थिए । कोही सौतेनी आमाको हेलाँ सहन नसकेर घर छोडेका, कोहीलाई श्रीमान्ले छाडेका यस्तै थिए । उनीहरु भेटेपछि मेरो पनि मन हल्का भएको थियो ।
ग्राहकलाई हामीले विभिन्न हिसावले सन्तुष्टी दिनु पर्दथ्यो । प्राकृतिक अप्राकृतिक, मुख मैथुन, गुद मैथुन सवै गराउँथे । यसो भनौँ उनीहरु आफ्ना पार्टनरहरुसँग असन्तुष्ट भएर हामी कहाँ आउँथे । कति त लामो समय श्रीमतीहरुबाट टाढिएर बस्नु पर्दा नियमित सम्पर्कको माध्यम हामीलाई नै बनाएका थिए ।
एक घण्टा देखि पुरै रात विताउने ग्राहकहरु हाम्रो सम्पर्कमा थिए । तिनलाई लिएर होटलमा आउने, खुवाउने पियाउने र यौन सन्तुष्टी दिलाएर पठाउने नै हाम्रो काम हुन्थ्यो । हामी कहिले ठमेलको सञ्चयकोष भवन वरपर ग्राहक खोज्थ्यौँ त कोही आफैँ सम्पर्क गर्दै हामीकहाँ आइपुग्थे ।
थरी थरीका ग्राहक भेटिन्थे । युवकहरु नशामा लठ्एिर आउने हुँदा लामो समय सक्रिय हुन्थे भने बुढाहरुलाई त उनीहरुको यौनाङ्ग चलाएरै भए पनि सन्तुष्ट पार्नु पर्दथ्यो । तर युवकहरुको तुलनामा भने बुढाहरुले मनग्य पैसा दिन्थे ।
त्यसरी दर्जन बढी होटल चहार्दा र थुप्रै ग्राहकलाई सन्तुष्ट पार्दा पार्दै बैँस सिद्धियो । यो ढल्कँदो उमेरमा अझैँ पनि ३–४ जना नियमित ग्राहकलाई सन्तुष्ट पार्नु पर्दछ
विहेको आश्वासन धेरैले दिए
सम्बन्ध राख्ने क्रममा धेरैले विहे गर्ने आश्वासन पनि दिए । तर आफ्नो पेशानै त्यस्तो भएकाले बिहे दिगो हुने विश्वास थिएन । त्यसैले कसैसँग पनि विहे गरिएन । ड्राइभर देखि उपल्लो तहका मानिसहरुले पनि विहे गर्ने आश्वासन दिएका थिए । धादिङ घर भएका एक युवकले पनि धेरै कर गरेका थिए । उसँग पनि सम्वन्ध राख्ने क्रममा नै भेट भएको थियो । उसँग म पनि आकर्षित भएको थिएँ तर पनि उ आफैँ गायब भयो ।
कमाइ भए पनि बचत छैन
ठमेलमा अखडा बनाए पछि कमाई राम्रै हुन थालेको थियो । दैनिक दुई हजार देखी पाँच हजार सम्म कमाइ हुने भएता पनि खर्च त्यही स्तरमा हुने भएकाले कमाएको पैसा बचाँउन सकिएन । राम्रो लुगा लगाएर हिँड्नु पर्ने, मेकअप त्यस्तै गर्नु पर्ने र मोज मस्ती गर्नु पर्ने हुनाले पैसा बचाउन सकिएन । तर पनि काठमाडौँमा जग्गा भने जोड्न सकेकी छु । जमानामा कमाई भएको बेलामा बचाउन सकेकी भए घर बनाउन सक्ने रहेछु । अहिले पश्चाताप लागिरहेको छ ।
कलेज पढ्ने देखि उच्च सरकारी कर्मचारीसम्म नियमित ग्राहक
अहिले मसँग नियमित ३–४ जना ग्राहक छन् । तर ति ग्राहकहरु कलेज पढ्ने केटा देखि माथिल्लो तहका व्यक्तिहरु समेत छन् । कोही भर्खरै स्कूल कलेज पढेका केटाहरु पनि आउँछन् । कोही त पहिलो पल्ट  हो भन्छन् । कण्डम नलगाइकन सम्पर्क गर्दिन भन्छन् । पहिलो पल्ट आएकाहरुलाई भने सबै आफूले नै सिकाई दिनु पर्छ । पहिलो पल्ट सम्पर्क राख्नेहरु धेरैबेर सक्रिय हुन सक्दैनन् र चाँडै स्खलित हुन्छन् । तर पनि नियमित जसो आउने उनीहरु भनेजति रकम दिन्छन् । सम्पर्क गर्न बुढाहरु पनि  आउँछन् । घरमा श्रीमती र नाती नातिना समेत भएका उनीहरुलाई सन्तुष्ट पार्न भने गाह्रो हुन्छ । सम्वन्ध राख्न आउने आर्मी पुलिसका मानिसहरु भने राम्रा नियतका हुँदैनन् । भनेजति पैसा पनि नदिने र अनावश्यक दुःख दिने र ठाउँ पर्यो भने थुनाउन समेत पछि नपर्ने हुँदा उनीहरुसँग परै बसिन्छ ।
धैरै छन् यौन अखडा
मैले काम सुरु गर्दा यो नौलो धन्दा थियो । तर आज भोली धेरै नै यस्ता अखडाहरु बनिसकेका छन् । काम गर्दै जाँदा म यस्तो ठाउँमा पुगेकीँ थिएँ कि त्यस ठाउँको होटल मालिक्नीले आफ्नी छोरीलाई समेत त्यस्तो काममा लगाएकी थिइन् ।  पछि ती आईमाई कता पुगिन्  थाहा हुन सकेन ।
समाजले हामीलाई यौनकर्मीको रुपमा बुझ्छ । यो सम्बन्धमा पनि हामी महिलाहरुलाई तल पारिएको छ ।  हामीसँग सम्बन्ध गाँस्न आउने पुरुषहरुचाँही के हुन् त ? धेरै जनासँग सम्बन्ध राखे वापत हामी बेश्या हुने तर ती पुरुषहरु चाँही चोखिएर हिड्न मिल्छ ? हामी रहरले  यो पेशामा आएका होइनौँ । समाजले नै हामीलाई यो स्तर दिएको हो । मलाई लाग्छ रहर वा इच्छााले कोही पनि यो पेशामा लाग्दैन । परिवन्धले गर्दा नै मानिस यस्तो नरकमा फस्न पुग्छ हामी त्यस्तै भएका हौँ । राम्रो काम पाए यस्तो कुकर्ममा को लाग्थ्यो र ?
प्रस्तुतिः रामनाथ खनाल  @nepalpati.com





0 comments for "यसरी म यौनकर्मी भएँ"

Leave a reply

    Popular Posts

    Blog Archive