Published On:Monday, January 5, 2015
Posted by Unknown

मनकामनामा अपहरण,पोखरामा उद्दार

२२ पुस, पोखरा– नयाँ वर्ष मनाउन पोखरा आएका भारतीय पर्यटकलाई बन्धक बनाई ५० लाख रुपैयाँ फिरौती माग्ने ६ जना भारतीय तथा नेपाली अपहरणकारीलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ ।
लेकसाइडको हङकङ होटलमा बन्धक बनाइएका दुई भारतीय पर्यटकलाई सोमबार मध्याह्न १२ बजे प्रहरीले उद्दार गरेको हो । अपहरणकारी त्यही होटलबाट समातिएका हुन् ।
झन्डै सयको संख्यामा गएका प्रहरीले होटल घेराउ गरी भारतीय पर्यटकलाई अपहरणमुक्त गराएका थिए । होटलको छल,बरन्डा र वरिपरि चारैतिर प्रहरीले घेराउ गर्दा स्थानीय बासिन्दा द्वन्द्वकालमा समेत अनभूत नगरेको प्रहरी अपरेशनको साक्षी बनेका थिए ।
भैरहवानजिकको भारतीय सीमा सहर नौतनवहावाका अमृतपाल सिंह र गुरुदीपपाल सिंहलाई होटलमा बन्धक बनाएर अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । उनीहरु अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पोखरा घुम्न आएका थिए । यही थाहा पाएर पछिपछि आएका नौतनहवाका राजेन्द्र कसोधन,महाजन गुप्ता र राजेश कसोधनले नेपाली लगाएर सिंह दाजुभाइका अपहरण गरेका हुन्,आजको नागरिक दैनिकमा खबर छ ।

0 comments for "मनकामनामा अपहरण,पोखरामा उद्दार"

Leave a reply

    Popular Posts

    Blog Archive