Published On:Friday, January 9, 2015
Posted by dadad
लौ न भ्रष्टाचार नै रोकिएनः प्रधानमन्त्री कोइराला
२५ पुस, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सरकारी कर्मचारीहरुको कार्यशैली प्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
मुलुकमा भ्रष्टाचार रोक्न कर्मचारीहरुलाई आग्रह गर्दै उनले ‘मिलेर खाने’ प्रवृत्ति रोक्नुपर्ने बताए ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार बिहान बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले आफू सरकारमा आएको करिब १ बर्ष भैसके पनि भ्रष्टाचार नरोकिएको दुखेसो पोखे ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सम्वन्धि तथ्यांकको चर्चा गर्दै उनले ठूला भ्रष्टाचारीलाई कारवाही नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले कर्मचारीहरुबाट समेत भ्रष्टाचार रोक्न सहयोग नपाएको गुनासो गरे । कर्मचारीहरुले कतिपय अवस्थामा भ्रष्टाचारीलाई नै साथ दिएको उनले आरोप लगाए ।
मुलुकलाई गलत मार्गमा जानबाट रोक्न कर्मचारीहरुको ठूलो हात हुने भन्दै उनले पार्टी(पार्टीमा विभक्त भएर काम गर्ने अवस्था अन्त गर्न कर्मचारीहरुलाई सुझाव दिए ।



