Published On:Friday, January 9, 2015
Posted by Unknown

३ देखि १३ मिनेटको सेक्स पर्याप्त


घण्टौंसम्मको सेक्सभन्दा ३ देखि १३ मिनेटको सेक्समै अधिकतम सन्तुष्टि मिल्ने अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि गरेका हुन् । शोधकर्ता एरिक कोर्टीले भनेका छन्– ‘आजकलका स्त्री–पुरुष पूरै रात सेक्स गरेर बिताउने कल्पना गर्छन् तर यो असम्भव कुरा हो ।’ उनको शोधमा सामेल स्त्री–पुरुषले आधा घण्टाभन्दा बढी नै समय सेक्स गर्न चाहने गरेको पाइयो । तर यसले निराशा र असन्तुष्टि पैदा गर्ने शोधकर्ता कोर्टी बताउँछन् ।

शोधकर्ताहरूले सेक्स थेरापी र अनुसन्धानमा छ० जना विशेषज्ञलाई सामेल गराएका थिए । यस समूहमा मनोवैज्ञानिक डाक्टर, सामाजिक कार्यकर्ता, पारिवारिक मामिलासम्बन्धी विशेषज्ञहरू थिए । यीमध्ये अधिकांश शोधकर्ताले यौनबाट सन्तोषजनक सुख लिनका लागि पर्याप्त अवधि ३ देखि १३ मिनेट र वाञ्छनीय अवधि ७ देखि १३ मिनेट हुने बताए । यी विशेषज्ञका अनुसार १ देखि २ मिनेटको समय सेक्सका लागि धेरै कम र १० देखि ३० मिनेटको समय धेरै लामो हो ।

सेक्सका लागि उचित समयः जहिले पनि रातिको समयमा मात्रै सेक्स गर्नु स्वास्थ्यका लागि हितकर हुन्छ । बिहान उज्यालो हुनुभन्दा केही समयअगाडिदेखि बेलुका घाम नअस्ताउन्जेलसम्म सेक्स गर्नुहुँदैन । अझ बिहानको सेक्स त स्वास्थ्यका दृष्टिले झनै हानिकारक हुने बताइएको छ । बेलुका खाना खाएको सरदर २ घण्टापछिको सेक्स हितकारी हुन्छ । जो व्यक्ति राति १०–११ बजे खाना खान्छन्, उनीहरूले आधारातपछि मात्र सेक्स गर्नु राम्रो हुन्छ ।

सुत्ने बेलामा दूध पिउनुहुँदैन । दुई घण्टाअघि नै पिइसक्नुपर्छ अनि मात्र सेक्सका लागि उचित हुन्छ । त्यस्तै मिन्स भएको समयमा पनि सेक्सलाई वर्जित मानिएको छ । यद्यपि त्यस बेला कन्डम लगाएर पनि सेक्स गर्नुहुँदैन । त्यस समयको सेक्सले रोग निम्त्याउन सक्छ । यदि पार्टनरबीचमा क्रोध, चिन्ता, दुःख, अविश्वास छ र मानसिक समस्या छ भने सेक्स गर्नु उचित हुँदैन । दुवै जना प्रसन्न भए मात्र सेक्स आनन्ददायक हुन्छ । रोमान्टिक कुराकानी गरेर दुवै जनामा सेक्स जागृत गराएपछिको सेक्सले आनन्द र सन्तुष्टि दिने हुनाले यसतर्फ पनि ध्यान पुर्याउनुपर्छ ।

0 comments for "३ देखि १३ मिनेटको सेक्स पर्याप्त"

Leave a reply

    Popular Posts

    Blog Archive