Published On:Friday, January 9, 2015
Posted by dadad

अस्वभाविक चाँदी आयात रोक्नुपर्योः महासंघ

काठमाडौं । नेपाली बजारमा अस्वभाविक रुपमा चाँदीको आयात बढेको छ । 

राष्ट्रबैंकले पछिल्लो ५ महिनमा मात्रै २ लाख २४ हजार १ सय ११ किलो चाँदी आयात भएको तथ्याङ्क सार्वजनिक गरेपछि व्यवसायीहरु ससंकित बनेका छन् ।

जस अनुसार अनुपातमा प्रत्येक दिन करीब १४ सय ९५ किलो चादी आयात हुने गर्दछ । अघिल्लो २ वर्षको तथ्यांक अनुसार हरेक दिन १ सय किलो चाँदी मात्र नेपाली बजारले धान्न सक्छ । अस्वभाविक रुपमा चाँदीको आयात बढ्नुले नेपालको व्यापारघाटा झन बढाउने भएकाले यसलाई तत्काल रोक्नुपर्ने नेपाल सुनचाँदी व्वसायी महासंघले जनाएको छ ।

आयातमा कमी गर्नका लागि भारतबाट चाँदी आयात हुँदा लाग्ने ट्याक्स रकममा बृद्धि गर्नुपर्ने र यसले न्युनिकरणका लागि सहयोग गर्ने महासंघका अध्यक्ष मरिणत्न शाक्यले नेपालीमाटोलाई बताए ।

चाँदीको मुल्य भारतमा प्रतिकिलो ४८ सय नेपाली रुपैयाँ पर्ने भएपनि नेपालमा ४६ सय रुपैयाँ मै पाईन्छ । यसले पनि आयातमा बृद्धि गरेको महासंघका अध्यक्ष शाक्यले बताए । चाँदी आयातमा ट्याक्स बढाएको खण्डमा लिकेजको सम्भावना कम हुने शाक्यको भनाई छ । 


बजारमा सुनको कारोबार भने सुस्त रहेको छ । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ५१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै चाँदी शुक्रबार प्रतितोला १० रुपैयाँले घटेर ७ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार ७ सय १० रुपैयाँमा कारोबार भएको छ । बजारमा अहिले गरगहनाको माग कम भएको र आपूर्ती स्रोत धेरै भएको महासंघका अध्यक्ष शाक्यले जानकारी दिए ।

0 comments for "अस्वभाविक चाँदी आयात रोक्नुपर्योः महासंघ"

Leave a reply

    Popular Posts

    Blog Archive