Published On:Sunday, January 11, 2015
Posted by dadad

१ सय २० नेपाली कामदार मलेसियामा पक्राउ

क्वालालम्पुर । मलेसियाको नेपाली बहुल बजारबाट १ सय २० नेपाली कामदार पक्राउ परेका छन् । 

क्वालालम्पुरस्थित बजार क्षेत्रमा मलेसिया अध्यागमन बिभाग र प्रहरीको संयुक्त टोलीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

आइतबार कोताराया बजारमा धरपकड गरेको थियो ।
सो क्रममा १ हजार १ सय ९८ जना बिदेशीलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये २१५ जना अबैधानिक भएको र तीमध्ये १२० जना नेपाली रहेको मलेसियाको द स्टार दैनिकले जनाएको छ ।

मलेसिया सरकारले दिएको आममाफीको अबसर गत डिसेम्बर ३१ तारिखमा सकिएपछि त्यहाँ धरपकड तिब्र बनाइएको छ ।

0 comments for "१ सय २० नेपाली कामदार मलेसियामा पक्राउ"

Leave a reply

    Popular Posts

    Blog Archive