Published On:Tuesday, January 6, 2015
Posted by Tekman Shakya
पछिल्लो ५ महिनामा मात्रै २ लाख २४ हजार किलो चाँदी आयात
काठमाडौं । नेपाल राष्ट्रबैंको तथ्यांक अनुसार पछिल्लो ४ महिनामा मात्रै २ लाख २४ हजार १ सय ११ किलो चाँदि आयत भएको छ ।
यति धेरै परिणाममा चाँदी आयात हुनु गम्भिर विषय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपालको अर्थतन्त्रले धान्न नसक्ने किसिमले चाँदी आयात हुनु चिन्ताको विषय भएको भन्दै महासंघले यस विषयमा छानविन गर्नुपर्ने बताएको छ ।
नेपाली बजारमा यति ठूलो परिणाममा चाँदीको आयात हुनुका कारणबारे अनुसन्धान गर्नुपर्ने महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।
यस्तै, नेपालका ३० प्रतिशत सुनचाँदी व्यवसायीहरु करको दायरा बाहिर रहेको पाईएको छ ।
१२ हजार सुनचाँदी व्यवसायीले मात्र स्थायी लेखा नम्बर लिएको र साना पसलबाट धेरै आम्दानी गर्ने परिपाटी हाबी भएको महासंघका अध्यक्ष शाक्यले बताए ।



