Published On:Tuesday, January 6, 2015
Posted by Unknown

आज सहमति नभए प्रक्रियामा


२३ पौष, काठमाण्डौ-प्रमुख दलहरूबीच संविधानका विवादित विषयमा बुधबार पनि सहमति नभए प्रक्रियामा जाने निर्णय कांग्रेस र एमालेले गरेका छन् ।  मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई दलका नेताहरूको बैठकले लचिलो हुन सकिनेसम्मको प्रस्ताव राखेर बुधबार नै टुंग्याउने र नभए प्रक्रियामा अघि बढ्ने निर्णय लिएको हो ।


बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादीसहितको ३० दलीय मोर्चासँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए । दुवै दलले पछिल्ला चार दिनमा दलहरूबीच भएका वार्ताबारे समीक्षा गरेका थिए । बुधबार प्रमुख चार पक्ष कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाबीचको बैठकमा आफ्नो साझा धारणाबाट लचिलो हुन सकिने विषयसहित सहमतिका लागि निर्णायक प्रयास गर्ने निष्कर्षमा दुई दल पुगेका छन् ।

स्रोतका अनुसार उनीहरू प्रदेशहरूको नामकरण प्रदेश सभाले गर्नेगरी ६ प्रदेशको प्रस्ताव प्रस्तुत गरिने, शासकीय स्वरूपमा सुधारिएको संसदीय प्रणाली, निर्वाचन प्रणाली र न्याय प्रणालीमा लचिलो हुनेगरी प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् । तर, अब सहमतिका नाममा प्रक्रिया अल्झाएर नबस्ने उनीहरूको निष्कर्ष छ । ‘सधैँ वार्ता र सहमति भनेर अल्झिरहने अब गर्नु हुँदैन,’ एमाले वरिष्ठ नेता झलनाथ खनालले भने, ‘निर्णायक वार्ता गरौँ, मिले मिल्छ, नमिले मिल्दैन, बुधबार नै गरौँ भन्ने निर्णय भएको छ ।’

खनालले राष्ट्रिय हितमा सम्झौता नगर्ने गरी सहमतिको कोसिस गरिने र आवश्यक परे निर्वाचन प्रणाली र न्यायप्रणालीमा लचिलो हुन सकिने बताए ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments for "आज सहमति नभए प्रक्रियामा"

Leave a reply

    Popular Posts

    Blog Archive