Published On:Tuesday, January 6, 2015
Posted by Unknown
त्यागेको पाँच दिनमै छोरी फिर्ता
२३ पौष, काठमाण्डौ-आठ महिनामा जन्मेकी छोरी नबाँच्ने र बाँचे आफैँलाई पिर्ने भन्दै अस्पताललाई जिम्मा लगाएर घर हिँडेका एक दम्पती ५ दिनपछि फेरि बच्चा खोज्दै आएका छन् । बच्चाविना आफूहरू बाँच्नै नसक्ने भन्दै उनीहरू फेरि अस्पताल पुगेका हुन् ।
नुवाकोट खरानीटार–२ की हीरादेवी श्रेष्ठले गत २५ मंसिरमा बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा एक किलो दुई सय ग्राम तौलकी छोरी जन्माएकी थिइन् । समय नपुगी जन्मिएकी ती शिशुको पेट र सानो आन्द्राको बीचको नलीसमेत जोडिएको थिएन । चिकित्सकले शिशु बचाउन अप्रेसनको विकल्प नभएको बताउँदै आएका थिए । तर, चार दिनसम्म एनआइसियुमा राखेर स्वास्थ्य अवस्था बुझेका बाबु रामकुमार श्रेष्ठलाई लाग्यो, ‘आखिर बाँच्ने होइन, अप्रेसन गरेर किन खर्च बढाउनु । फेरि बाँचे पनि आठ महिनाको सन्तानले बाबुआमालाई पिर्छ भन्छन् । त्यस्तै पो हुने हो कि ।’
शिशुका बाबु श्रेष्ठ २९ मंसिरका दिन सुत्केरी आमा र बच्चा डिस्चार्ज गर्ने निर्णयमा पुगे । यो कुरा अस्पताल प्रमुख लोकबहादुर टन्डनसम्म पुग्यो । अस्पतालमा जन्मेको बच्चा उपचार नै पूरा नगरी मर्छ भनेर घर लैजान लागेको थाहा पाएका टण्डनले श्रेष्ठ दम्पतीलाई तत्काल प्रस्ताव राखे, ‘मर्छ वा पिर्छ नै भन्ने लाग्छ भने बच्चा अस्पताललाई दिनुस्, हामी उपचार गर्छौं । तर, त्यसरी नलैजानुस् ।’
टण्डनको आग्रहलाई शिशुको बाबु श्रेष्ठले तत्कालै स्विकारे र बच्चा अस्पतालको जिम्मा लगाई सुत्केरी श्रीमती लिएर घरतिर लागे । टण्डनले तत्काल प्याडियाट्रिक सर्जन डा. गेहराज दाहाल र बालरोग विशेषज्ञ डा. सूर्यबहादुर थापासँग सल्लाह गरे । त्यसैअनुसार गत ३० पुसमा डा. दाहाल र थापाको टोलीले शिशुको शल्यक्रिया गर्यो । पेट र सानो आन्द्राबीचको खाली भाग (ड्युडेनल इन्ट्रेजिया) शल्यक्रिया गरी जोडिदियो । शल्यक्रिया गरेको चार दिनपछि बच्चाका आमाबाबु हस्याङफस्याङ गर्दै आएर अस्पतालसँग भने, ‘छोरी त हामीलाई चाहिन्छ, ऊविना हामी बाँच्नै सक्दैनौँ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।
अस्पतालका प्रमुख टण्डनले मर्छ र पिर्छ भन्दै छाडेर गएका आमाबाबु ऊविना बाँच्नै सक्दैनौँ भन्दै आएपछि बच्चा उनीहरूकै जिम्मा लगाएको बताए । बाबुआमाले छाडेर गएदेखिको सम्पूर्ण उपचारखर्च पनि अस्पतालले बेहोर्ने टण्डनले बताए । उनले २९ मंसिरदेखि २२ पुससम्म करिब १ लाख ७५ हजार खर्च भएको बताए ।