Published On:Monday, January 12, 2015
Posted by Unknown
यस्ता पनि सभासद,प्रमुख अतिथि नबनाएको भन्दै तोडफोड
२९ पौष, म्याग्दी-प्रमुख अतिथि नबनाएको भन्दै सभासद रेशमबहादुर बानियाँ नेतृत्वको कांग्रेस कार्यकर्ताले बेनी नगरपालिकाको दोस्रो परिषदमा माइक तथा कुर्सी तोडफोड गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
मनोनीत सभासद एवं कांग्रेस जिल्ला सभापति बानियाँले सोमबार सुरु परिषद्मा आफूलाई प्रमुख अतिथि बनाउनुपर्ने भन्दै दलबलसहित कार्यक्रममा प्रवेश गरी ड्यासको माइक उठाएर फालेका थिए । उनीहरूले नगर कार्यकारी प्रमुखलाई हातपात प्रयाससमेत गरे ।
नगरपालिका सदस्यको भूमिकामा रहेका दलका प्रतिनिधि रहेको नगरस्तरीय सल्लाहकार समितिले जिल्लाबाट प्रत्यक्ष निर्वाचित सभासद नवराज शर्मालाई प्रमुख अतिथि र समानुपातिकका नरदेवी पुन र मनोनीत बानियाँलाई विशिष्ट अतिथि बनाउने निर्णय गरेको थियो ।


