Published On:Saturday, January 10, 2015
Posted by Unknown

कांग्रेस-एमालेको साझा प्रस्तावलाई समर्थन नगर्ने सत्तारुढ ६ दलको चेतावनी

२६ पुस, काठमाडौं । नेपाली कांग्रेस र एमालेले दुई तिहाइले संविधान ल्याउने बताइरहेका बेला सरकारलाई समर्थन गरेका साना ६ दलले सत्तापक्षको नौबुँदे अवधारणालाई समर्थन नगर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालासहित सत्तारुढ ८ दलको बैठक शनिबार बालुवाटारमा बसेको थियो । बैठकमा राप्रपा, नेकपा माले, नेकपा संयुक्त, परिवार दलसहितका साना ६ दलले आफूहरुको माग सम्बोधन नगरे नौंबुँदे साझा प्रस्तावलाई समर्थन नगर्ने बताएका छन् ।
बैठकमा साना दलहरुले कांग्रेस र एमालेले अघि सारेको संघीयता र निर्वाचन प्रणालीसम्वन्धी प्रस्तावको विरोध गरेका छन् । ‘धेरैको मत हिमाल, पहाड र तराईलाई मिलाएर प्रदेश बनाउनुपर्छ भन्ने थियो’ परिवार दलका अध्यक्ष एकनाथ ढकालले  भने-‘मधेसको मात्र रहने गरी जनकपुर प्रदेश प्रस्ताव गरेकोमा हाम्रो आपत्ति छ ।’
माले महासचिव सीपी मैनालीले हिमाल, पहाड र तराईलाई मिलाएर प्रदेश बनाउनु पर्ने जातीय, क्षेत्रीय भावनालाई पनि सम्बोधन गर्नुपर्ने बताए ।
निर्वाचन प्रणालीमा पनि आपत्ति
बैठकमा साना दलहरुले निर्वाचन प्रणालीमा पनि आपत्ति जनाएका छन् । संविधानसभा निर्वाचनमा भए जस्तै मिश्रति निर्वाचन प्रणाली हुनु पर्ने साना दलहरुको माग छ ।
बैठकमा नौबुँदे प्रस्तावमा हस्ताक्षर गरेको राप्रपाले समेत विरोध गरेको छ । राप्रपाका नेता सूर्यबहादुर थापाले प्रस्ताव बनाउँदा निर्वाचन प्रणालीमा ध्यान नपुगेको र पार्टीमा समेत विरोध भएको भन्दै मिश्रति निर्वाचन प्रणालीमा जानु पर्नेमा जोड दिएका छन् ।
@onlinekhabar

0 comments for "कांग्रेस-एमालेको साझा प्रस्तावलाई समर्थन नगर्ने सत्तारुढ ६ दलको चेतावनी"

Leave a reply

    Popular Posts

    Blog Archive