Published On:Saturday, January 10, 2015
Posted by Unknown
साना किसान कृषि सहकारी संस्था ढोलाको नवौ साधारण सभा सम्पन्न
२५ पौष, धादिङ, साना किसान कृषि सहकारी संस्था ढोलाको नवौ साधारण सभा आज (शनिबार) ढोला स्वस्थ्या चौकी भवन, रानाको चौतारामा सम्पन्न सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७०-०७१ को आय व्यय प्रस्तुत गरेको थियो । गत आर्थिक २०७०-०७१ वर्षमा कुल २ करोड १७ लाख ९१ हजार ५ सय ९६ रुपयाँको कारोवार गरेको संस्थाले ८ लाख ६४ हजार ७२ रुपयाँ खुद नाफा कमाउन सफल भएको छ । १०० वटा समुह संख्या रहेको संस्थामा ४०१ जना महिला र १८० जना पुरुष गरि जम्मा ५८१ जना सेयर सदस्य रहेका छन् । संस्थाको असुली दर ९५% रहेको छ । सभाको अवसरमा सहकारीलाई जग्गा दान दिने ढोला –५ का कृष्ण भट्ट र ढोला –८ का डम्वर बहादुर श्रेष्ठलाई विशेष सम्मान गर्नुका साथै, पूर्व संचालक समितिका पधादिकारी, अन्तर समुह र उत्कृष्ट अंक सहित कक्षा उत्तिर्ण हुने सेयर सदस्यका छोरा छोरीलाई समेत सम्मान गरिएको थियो । साधारण सभामा साना किसान विकास बैकका प्रतिनिधि महेश्वर पण्डितको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस धादिङ–२ का सभापति विनोद तिमल्सेना, साना किसान जिल्ला संघका प्रतिनिधि श्याम बजगाँईको बिशेष आतिथ्यता रहेको थियो । साधारण सभा साना किसान कृषि सहकारी संस्था ढोलाका अध्यक्ष कृष्णलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सभाको, संचालन संस्थाका प्रबन्धक विष्णु थपोलियाले संचालन गर्नुभएको सह–प्रबन्धक सुनिता तिमल्सेनाले जानकारी दिनुभयो ।




