Published On:Wednesday, January 7, 2015
Posted by Unknown

अचम्मः २० वर्षमै महिनावारी रोकिएकी महिलाले जन्माइन् १५ वर्षपछि छोरी

गर्भवती भएको थाहा पाएको १२ दिनपछि सुत्केरी





आफू २० वर्षको हुँदा नै महिनावारी रोकिएपछि एलिसन नोइसलाई प्राकृतिक रुपमा कहिले पनि सन्तानलाई जन्म दिन नसक्ने बताइयो । त्यसको १५ वर्षपछि पेटको समस्या लिएर डाक्टरकोमा उपचारको लागि जाँदा आफू गर्भवती भएको र केहि दिनमा नै बच्चालाई जन्म दिने खबर पाउँदा उनको खुसीको सिमा रहेन । ३६ वर्षीय उनले आफ्नो पेटमा बढिरहेको मासुको डल्लो र पिडाका कारण क्यान्सर भएको आशंका गरेकी थिइन् । निकै भयभित अवस्थामा अस्पताल पुगेकी उनलाई डाक्टरहरुले उनी आठ महिनाकी गर्भवती भएको बताए । गर्भवती भएको थाहा पाएको १२ दिनपछि उनले सोफी नामकी निकै स्वस्थ छोरीलाई जन्म दिइन् । मिसेज न्वइस भन्छिन्, ‘सोफी एउटा जादुको रुपमा हाम्रो जीवनमा आइन् । म गर्भवती मात्र होइन् बच्चाको चाँडै नै जन्म हुँदैछ भन्ने खबर सुन्न पाउँदा हामी निकै नै खुसी भएका थियौँ ।’ ती फिटनेस इन्स्ट्रक्टरले आफू केहि क्षणमा नै थकित हुने हुँदा यस विषयमा सजक हुन थालेको बताउँछिन् । उनी भन्छिन्, ‘केहि काम गर्दा नै म चाँडै नै थाकिहाल्थेँ । त्यति नै बेला मैले मेरो पेटमा मासुको डल्लो बढिरहेको पनि महसुस गरेँ । निकै नै सशंकित भएर मैले मेरो डाक्टरसँग समय मागेँ ।’ उनको डाक्टरले पनि उक्त मासुको डल्लो क्यान्सरको सूचक हुनसक्ने बताउँदै हस्पिटलका लागि रिफर गरिदिए । उनी आफू कहिले पनि गर्भवती नहुने कुरामा विश्वस्त थिइन् । रिचार्डसँग विवाह भइसकेपछि प्राकृतिक रुपमा गर्भवती हुने कुरामा उनीहरुले थुप्रै डाक्टरहरुसँग परामर्श लिइएको तर कसैले पनि यसमा सकारात्मक उत्तर नदिएको डेली मेललाई बताइन् । उनले सम्झिइन्, ‘केहि भयानक भएको होला भनेर रिचार्ड र म निकै आत्तिएका थियाँै । उपचारको क्रममा अल्ट्रासाउन्ड गर्दा म आठ महिनाको गर्भवती भएको थाहा पाएँ । केहि भयानक भएको छैन भन्ने थाहा पाउँदा हामी निकै खुसी थियौँ, त्योभन्दा बढि खुसी त म गर्भवती भएको थाहा पाउँदा भयौँ । @ratopati.com





0 comments for "अचम्मः २० वर्षमै महिनावारी रोकिएकी महिलाले जन्माइन् १५ वर्षपछि छोरी "

Leave a reply

    Popular Posts

    Blog Archive