Published On:Wednesday, January 7, 2015
Posted by Unknown
बिहे भएको ७० वर्षपछि घाटमा पति भेटिए
विवाह भएको राम्रोसँग थाहा छैन उनलाई। करकापमा बुबाआमाले १० वर्षमै विवाह गरी पतिको घर पठाइदिए। विवाह पछि बेहुलीलाई माइतीघरमा छाड्न आएकाहरू फेरि लिन आएनन्।
पतिको निधन भएको खबर सुनेर दागबत्ती दिन आएकी छु,तेह्रथुमकी ८१ वर्षीया वृद्धा भूमिमाया लम्साल बुधबार निधन भएका ८२ वर्षीय मजदुरनेता छविलाल लम्सालको सुनसरीको चतराघाटस्थित सप्तकोसी नदी किनारमा राखिएको शव छेउमा आएर यसो भन्दा मलामीहरू आश्चर्यमा परे।
लम्सालको शव अन्तिम संस्कारका लागि कोसी किनारमा राखिएको अवस्थामा टुप्लुक्क वृद्धा महिला शवको छेउमा आएर म छविलालकी पत्नी हुँ भनेपछि मलामीमा खैलाबैला मच्चिएको थियो।
२००० सालमा विवाह गरी माइत पुर्याएका थिए, दाहसंस्कारस्थलमा आएकी भूमिमायाले भनिन्, त्यसपछि मेरा पति लिनै आएनन्। पत्लिे लिन नआए पनि आफू छविलालकै सत्यमा बसेको छु। पतिलाई दागबत्ती दिन यहाँ आएको हुँ।
पतिले आफूलाई सँगै नराखे पनि उनकै घरमा क्रिया सकेर माइतीघर फर्कन्छु,भूमिमायाले भनिन्। बुबाआमाले सानैमा विवाह गरिदिएकाले बुबाआमाको सपना पूरा गरी आफू अहिलेसम्म सत्यतामै बसेको भूमिमायाले बताइन्।
भूमिमायाले सप्तकोसीघाटमा छविलाललाई दागबत्ती दिएर आफूले लगाएको पोते पनि पतिकै शवसँगै जलाइन्। उनले दाहसंस्कारस्थलमै कपाल काटी पतिको काम थालेकी छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


