Published On:Wednesday, January 7, 2015
Posted by Unknown

साँचो प्रेमसँग यसरी झुक्यो संसार,

                  गृहमन्त्रालयदेखि आइजी सम्मको प्रयास विफल  

                                                                            तेज बन विश्वासी
२३ पुस, सुनसरी – साचो प्रेमको अगाडी स्वयम भगवानहरु पनि झुक्छन् भन्ने कुरा सुन्नमा पाइन्थ्यो तर सुनसरीमा यस्तै घटना देख्न पाइयो । साँचो प्रेमलाई छुटाउन गृहमन्त्रालय देखी आइजीसम्मको सोर्स फोर्स लगाएपनि अन्ततः जित प्रेमकै भयो । घटना मंगलवारको हो । विगत ३ वर्षदेखी एक अर्काबीचकोे प्रेमलाई १० दिन अघीमात्र बिवाहमा परिणत गरेका एक जोडीलाई छुटाउन माथिल्लो निकायका शक्ति केन्द्रहरु बिफल बनेका छन् ।


इटहरी ८ का २१ वर्षीय रोसन बुढाथोकी र फत्तेपुरकी २२ वर्षीया बिन्दु कटुवालबीचको प्रेम विवाह छुटाउन लागी परेका केटी पक्षका नातेदारहरु असफल भएका हुन् । केटी पक्षका नातेदारले प्रेम जोडी छुटाउनको निमित्त गृहमन्त्रालयदेखि आइजी सम्मको फोर्स लगाए । ठूला हाकीमहरुको निर्देशन आए लगत्तै प्रहरीले दुवैलाई पक्राउ गरी तीन दिन सम्म हिरासतमा राखेका थिए । सोर्सफेर्सकै कारण तीन रात यि जोडीले प्रहरीको सास्ती समेत खेप्नुपरेको पिडित जोडीले बताए ।
केटी पक्षको उजुरीको अधारमा तीन दिन अघी शनिवार काठमाडौंबाट इटहरी आउना साथ प्रहरीले दुवैलाई पक्राउ गरी ३ दिनसम्म हिरासतमा राखेको थियो । विवाह तोड्न र जोडी छुटाउन युवती पक्षका नातेदारले केटालाई केटी बेच्ने दलाल समेत बनाइदिए र अनेकौं यातना दिन लगाए । यो गर्दा पनि युवतीले रोशनविना आफु एकपल पनि रहन नसक्ने अडान कायमै राखेपछि इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी बिनोद कुमार शर्माले साँचो जोडी रैछ भन्दै प्रहरी कार्यालय भित्रै फुलमाला लगाएर दाम्पत्य जीवन सुखमयको कामना सहित बिदाइ गरीदिए ।
यता उमेर पुगेर राजी खुसी भएका प्रेमी जोडीलाई छुटाउन युवती पक्षका नातेदार लागि परेको सुइको पाएपछि सोही जोडीलाई मिलाउन इटहरी र सुनसरी भरिका महिला अधिकारकर्मीहरु समेत कम्मर कसेर लागेपछि मंगलवार साँझसम्म प्रहरी कार्यालयमा केही तनाव उत्पन्न भएको थियो । अन्ततः प्रेमी जोडीलाई छुटाउने भन्दा मिलाउने तिर महिला अधिकारकर्मीहरु लागे पछि घटना साम्य बनेको थियो ।
तर नव दुलाहा र दुलहीलाई आशिर्वाद दिन प्रहरीले निम्तो गरेको दुवै पक्षका अभिभावकहरु मध्ये युवती पक्षका अभिभावकहरु भने अनुपस्थित बनेका थिए । केटी पक्षका आफन्तहरु सहमतीमा आउन नमानेपछि प्रेमी जोडीलाई महिला अधिकारकर्मीहरुको रोहबरमा इलाका प्रहरी कार्यालय इटहरीले जिम्मा दिएर छाडेको छ ।
यता प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुन्दन देवले समेत माथिल्लो निकायको सोर्स फोर्सका कारण नव जोडी रोशन र बिन्दुले तीन दिन सम्म प्रहरीको अनावश्यक झन्झट बेहोर्नु परेको बताउँछन् । जोडी छुटाउनको निमित्त आइजी तह देखी गृहन्त्रालयबाट समेत चर्को दबाब आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक कुन्दनले बताए ।@ratopati.com

0 comments for "साँचो प्रेमसँग यसरी झुक्यो संसार, "

Leave a reply

    Popular Posts

    Blog Archive