Published On:Saturday, January 10, 2015
Posted by dadad

विप्लवलाई महासचिव बनाउँदै माओवादी सम्मेलन सम्पन्न


दाङ,  । ६५ सदस्यीय केन्द्रीय समिति नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । 

दाङको तुलसीपुरमा तीन दिनसम्म चलेको सम्मेलनले नेत्रविक्रम चन्द विप्लवलाई महासचिवमा चयन गरेको छ ।

 सम्मेलनमा यसअघि सम्मेलन आयोजक समितिका संयोजक रहेका नेता विप्लवले राजनैतिक प्रतिवेदन र नेता तिलक परियारले पार्टीको विधान प्रस्तुत गरेका थिए ।

सोही प्रतिवेदन र विधानमाथि १२३ जना प्रतिनिधिहरुले सुझाव र टिप्पणी राखेपछि नेता विप्लवले त्यसबारे शनिवार दिउसो प्रस्ट पारेका थिए । त्यसपछि प्रतिवेदन र विधान गडगडाहट तालिका साथ एक मतले पारित भएको थियो ।


पार्टीको विधान र एकीकृत जनक्रान्ति नाम दिइएको राजनैतिक कार्यदिशा पारित भएपछि केन्द्रीय समितिको नामावली प्रस्ताव गरिएको थियो । यसअघि ड्यास माओवादीबाट सम्बन्ध विच्छेद गरेर आउँदा ८० जनाको केन्द्रीय समितिलाई घटाएर पार्टीलाई चुस्त बनाउन ६५ सदस्यीय बनाइएको हलमा जानकारी गराइएको थियो । सोही प्रस्तावलाई प्रतिनिधिहरुले एक मतले पारित गरेका हुन् । ६५ सदस्यीय केन्द्रीय समितिमा अहिलेका लागि ५८ जना मात्र राखिएको छ । बाँकी सदस्यहरु पछि थप्ने जानकारी गराइएको छ ।

प्रतिनिधिहरुले केन्द्रीय समितिको नामावली प्रस्ताव पारित गरेपछि बसेको बैठकले नेता विप्लवलाई महासचिवमा चयन गरेको थियो । नवनिर्वाचित महासचिव विप्लवले आफ््नो प्रतिवद्धता मन्तव्य राख्दै नेपाली जनताको परिवर्तनको चाहनालाई पूरा गरेरै छाड्ने मन्तव्य राखेका थिए । उनले आफूहरुको नेपालमा जनताको नयाँ व्यवस्था स्थापना गर्ने र आम जनतालाई सुखी र अधिकार सम्पन्न बनाउने बाहेक अरु कुनै स्वार्थ नरहेको बताए ।

सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता प्रकाण्डले त्यसबारे जानकारी दिँदै अब आफुहरुले विदेशीको आडमा नेपाल राज्यलाई भित्रभित्रै सिध्याउन लागेका दलालहरुका विरुद्ध आफूहरुले आन्दोलन गर्ने बताए । 

साथै उनले आफ्नो आन्दोलनको निशानामा अब भ्रष्ट, सुदखोर र तस्करहरु पनि पर्ने बताए । दाङको ओम शान्ति चलचित्र हलमा सम्पन्न भएको सम्मेलनमा ५८ जना केन्द्रीय समितिले पार्टीको विधान वमोजिम सपथ पनि लिएका थिए ।

0 comments for "विप्लवलाई महासचिव बनाउँदै माओवादी सम्मेलन सम्पन्न"

Leave a reply

    Popular Posts

    Blog Archive