Published On:Saturday, December 13, 2014
Posted by Unknown

आमाले बिहे पुर्व सेक्स गरेमा पूर्व प्रेमी जस्तै बच्चा जन्मने

तपाईंको बच्चाको रङ, रुपमा तपाईंको पूर्व प्रेमी अथवा सेक्स पार्टनरको झलक देखिन सक्ने एक रिपोर्टले बताएको छ ।

रिपोर्टका अनुसार कुनै पनि महिलाले पूर्व सेक्स पार्टनरको झलक अर्को पुरुषबाट जन्माएको बच्चामा देख्न सक्छिन् । 

न्यू साउथ वेल्स विश्वविद्यालयका वैज्ञानिकहरुद्वारा गरिएको एक शोधका अनुसार जब एक महिला कुनैपनि पुरुषसँग पहिलो पटक सम्भोग गर्दछिन् त्यतिबेला ती महिलाको अपरिपक्क अण्डाले शुक्राणुको केहि अणुहरुलाई अवशोषित गर्ने भएका कारण त्यसको प्रभाव केहि वर्ष पछि देखिने गर्दछ । 

त्यहि महिलाले फेरी अर्को पुरुषबाट बच्चा जन्माउँछिन् भने ती महिलाको अण्डामा भएको पूर्व प्रेमी अथवा पूर्व सेक्स पार्टनरको शुक्राणुको अंशले जन्मिने बच्चालाई प्रभावित गर्न सक्दछ । 

जन्मिने बच्चाको उचाई, रुप, रंग पूर्व प्रेमी वा सेक्स पार्टनरसँग ठ्याक्कै मिल्न सक्ने उक्त अनुसन्धानले बताएको छ । 

अनुसन्धानको क्रममा शोधकर्ताहरुले महिलाहरुको पहिलो बच्चाको अनुहार अथवा कद, त्यो बच्चाको बुवासँग नभई अर्को पुरुषसँग मिलेको पाए जससँग ती महिलाले विवाहभन्दा पहिले सम्भोग गरेकी थिइन् । 

यो शोधलाई इकोलोजी जर्नलमा प्रकाशित गरिएको छ । उक्त अनुसन्धान अरु थुप्रै नयाँ अनुसन्धानको आधार बन्न सक्ने वैज्ञानिकहरुले विश्वास गरेका छन् । (एजेन्सी)

0 comments for "आमाले बिहे पुर्व सेक्स गरेमा पूर्व प्रेमी जस्तै बच्चा जन्मने"

Leave a reply

    Popular Posts

    Blog Archive