Published On:Saturday, December 13, 2014
Posted by Unknown
पर्यटकलाई कुर्दैछु ।
ढोला गा.वि.सको वडा नम्बर २ मा अबस्थित यस ढुङ्गाको ऐतिहासिक महत्व रहेको छ ।
यो ढुङ्गालाई कसैले सात दिनको सुत्केरीले गाडेको भन्छन् भने कसैले पहिले त्यहाँ राज्य गरेका घले राजाले आफ्नो सिपाइलाई तिर हान्ने तालिम दिन गाड्न लगाएको भन्ने गर्दछन् ।
हामीले गरेको अध्ययन अनुसार पनि सिपाइलाई तिर हान्ने तालिम दिने उद्देश्यले गाड्न लगाएको भन्ने तथ्य फेला पारेका छौ ।
करिब १० टन जतिको उक्त ढुङ्गा १०० जना मानिस घटिले बोक्न नसक्ने खालको छ ।
अहिले सो ढुङ्गा जमिनबाट ८ फिट अग्लो छ भने त्यतीनै मात्रामा गाडिएको वुढापाका बताउछन् ।
सो ढुङ्गा कहाँबाट ल्याइएको हो भनेर अहिले सम्म कुनै प्रमाण फेला पार्न सकिएको छैन । त्यहाँ पुग्ने जो कोहिले पनि एक पटक यो ढुङ्गा अबलोकन गर्न छुटाउन नमिल्ने खालको छ ।
यस क्षेत्रबाट विभिन्न हिमाली,र टाढा टाढाका मनोरम दृश्य देख्न सकिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्रयाई आम्दानीको नयाँ विकल्प खोज्न सकिने छ ।



