प्रमोद खरेलले यसरी गाए मनछुने गित (भिडियोसहित)

Posted by dadad | Sunday, June 7, 2015 | Posted in

प्रमोद खरेलले यसरी गाए मनछुने गित (भिडियोसहित)

प्रमोद खरेलले यसरी गाए भूकम्पको मनछुने गित (भिडियोसहित)

Posted by dadad | | Posted in ,

गायक प्रमोद खरेलले विनाशकारी भूकम्पले गरेको क्षति र पारेको तहसनहसको घाउलाई गितमार्फत् मल्हम लगाउने प्रयास गरेका छन् । उनले गाएको ‘जब देश दुख्दैछ …’ बोलको गित केही दिनअघि मात्रै सार्वजनिक भएको छ ।
गितमार्फत् भूकम्पले निम्त्याएको विपत्तिसँगै देश निर्माणमा अग्रसर हुन युवाहरुलाई प्रेरित गरिएको छ । गितको लय खरेल आफैंको हो भने संगीत संयोजन मोहित मुनालले गरेका हुन् ।
 दिक्षा क्रियशनको प्रस्तुतीमा बनेको म्यूजीक भिडियोलाई गंगा थापाले खिचेका हुन् भने सम्पादन तथा निर्देशक मोक्ष प्रोडक्सनको रहेको छ ।

जो दुईवटा टाउको भएर पनि उसको दिनचर्या बितिरहेको छ । हेर्नुहोस् भिडियो...

Posted by dadad | Saturday, May 9, 2015 | Posted in


AMPUTADOS SUPERANDO LIMITES

Posted by dadad | Friday, May 8, 2015 | Posted in


नविन रानाले बनाए विनाशकारी भूकम्पबारे यस्तो गीत (भिडियो सहित)

Posted by dadad | Wednesday, May 6, 2015 | Posted in ,


भूकम्पमा यसरी हल्लियो राजधानी (भिडियोहरु)

Posted by dadad | Friday, May 1, 2015 | Posted in ,

काठमाडौ, वैशाख १८ ।  शनिबार नेपालको विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार नाघिसकेको छ । यसले हजारौं घर भत्काएको छ भने हजारौं घाइते छन् । यो विस १९९० सालपछि नेपालमा आएको सबैभन्दा ठूलो भूकम्प हो ।
पटक पटक गएको भूकम्पले त्रसित सर्वसाधारण आफ्नो घरमा समेत सुत्न सकेनन् । शनिबार रातिदेखि राजधानीसहित भूकम्प प्रभावित जिल्लाका जनताले घर बाहिर खुला स्थानमा रात बिताए । केहीले मोबाइल र क्यामेरामार्फत भूकम्पका दृश्य र भिडियो कैद गर्न भ्याए ।
 राजधानीका विभिन्न स्थानमा राखिएको सीसीटीभीमा पनि भूकम्पका दृश्यहरु कैद भएका थिए । नेपाल प्रहरीको पहुँचमा रहेका ति सीसीक्यामेरामा कैद भूकम्पका भिडियो यहाँ संकलन गरिएको छ । ईकान्तिपुरको
यूट्युब पेजमा गएर भूकम्पसँग सम्बन्धित अन्य भिडियोहरु हेर्न सकिन्छ ।

धेरै आमालाई रुवाए यम क्षेत्रीले

Posted by dadad | Sunday, January 11, 2015 | Posted in , ,

कृष्ण आचार्य,
लोक दोहोरी क्षेत्रमा केहि समय पहिला एउटा यस्तो नाम थियो जुन नाम सबैको मन मस्तिष्कमा बसिसकेको थियो । समय हो परिर्वतन भइरहन्छ । कहिले माथी कहिले तल सबै हुनै पर्छ ।

यस्तै लोक दोहोरी क्षेत्रमा केहि समय पहिला रामै्र नाम र दाम कमाएका गायक मध्येका यम क्षेत्री पछिल्लो समय गुमनाम जस्तो देखिएका थिए । विच विचमा केहि एल्वमहरु बजारमा आए पनि त्यो सबै स्रोताको मन जित्न सकिरहेको थिएन । 

तर पछिल्ले समय उनका सूरुवाती साथीहरु सँगको सहकार्यले यम क्षेत्री अझै पनि सांगितक क्षेत्रमा छन भन्ने सबैलाई महसुज गराएको छ । त्यो पनि सामाजिक यर्थाथ परक गित बाट ।

चर्चित शव्द सिर्जना गर्ने प्रल्हाद सुवेदीको शव्दमा अहिलेका चर्चित लय संकलक बसन्त थापाको लयमा मेरी आमा एल्वम बजारमा आए सँगै सबैको मन जित्न सफल भएको छ । यम क्षेत्रीले गायको सो गितले गाँउघरमा आमा बुवाको आँशुनै झारेको कतिपयले बताएका छन । गितमा आमाले भोग्नु परेको समस्याको र दुखको बयान गरिएको छ । साथै बुहारीले समेत आमालाई हेला गरेको कुरा उठाइएको छ । 

क्षेत्रीका अनुसार आफुले फरक शैलीको गित प्रस्तुत गर्ने गरेको र यो गित गाउने बेलमा आमाको मायालाई सम्झेर गित गाएको हुँदा पनि गित विगतमा आफुले गाएको गित भन्दा अझ धेरै राम्रो भएको जानकारी दिनु भयो । तर गितमा भएको कुरा आफ्नो कथा भने नभएको बताउनु भयो । गितको म्युजिक भिडियो बनाउदा समेत आमाहरु गित सुनेर रोएको उहाको भनाइ छ । सम्पुर्ण छोरा छोरीले आमाबाबुलाई धेरै माया गर्नु पर्ने सन्देश दिन गितले खोजेको क्षेत्रीको भनाइ छ ।

गितको म्युजिक भिडियोमा समेत यम ले आफ्नी आमालाई अभिनय गराएका छन । गितले पछिल्लो समय सबै तिर चर्चा कमाउने सफल भइरहेको छ । हेरौ यो गितले यम क्षेत्रीलाई कुन ठाउमा पुराउछ । क्षेत्रीको सागितीक यात्राको सफलताको कामना नेपाली माटो परिवारको तर्फबाट ।

बसन्त थापाको लय प्रल्हाद सुवेदीको शव्द र यम क्षेत्रको स्वरमा रहेको गितको म्युजिक भिडियो ।

प्रकाशले पुसमै जन्ती लिएर आए (भिडियो सहित)

Posted by Tekman Shakya | Monday, January 5, 2015 | Posted in , , ,

 कृष्ण आचार्य,
गीत संगीतको क्षेत्रमा बहुप्रतिभाशाली व्यक्तिहरु कम मात्र भेटिन्छन । त्यस्तै कम मात्र भेटिने व्यक्तिहरुमा प्रकाश शपुतको नाम पनि एक हो ।

विगतमा दुई बर्ष जति सञ्चार क्षेत्रमा काम गरिसकेका प्रकाशको स्थायी घर बागलुङ हो । 

गीतको लय तथा शव्द संकलन गर्न होस् या म्युजिक भिडियोमा छम–छम नाच्न होस जुनसुकै विधामा पनि उनी राम्रो प्रतिभा भएको व्यक्तिमा पर्छन् । स्रोता दर्शकले पनि उनका सिर्जना रुचाइरहेका छन ।

राष्ट्रिय तथा स्थानीय स्तरमा हुने लोकदोहोरी प्रतियोगितामा समेत प्रकाशले थुप्रै पुरस्कार जितिसकेका छन ।
महिलाहरुको महान चाड हरितालीका जितका गितमा पनि प्रकाशले कम्मर मर्काइ–मर्काई नाचेका थिए ।

सांगितीक क्षेत्रमा आशा लाग्दो प्रतिभा भएका प्रकाशले आफ्नै शव्द, लय र स्वर साथै अभिनय समेत भएका आधा दर्जन गित बजारमा ल्याई सकेका छन ।

हँसिलो र सबै सँग मिल्ने स्वभाव भएका प्रकाश आज भोलि देश विदेशमा हुने कार्यक्रममा समेत राम्रो स्थान पाउन थालेका छन ।

विगत तिन बर्ष यता गित संगितमा लगातार आफ्ना कोशेली प्रस्तुत गर्दै आएका प्रकाशले छोटो समयमानै आफ्ना चर्चा बटुल्न सफल भएका छन ।

बागलुङ जिल्ला बाट राजधानी काठमाण्डौ आइ यो क्षेत्रमा संघर्षरत उनै प्रकाश सँग नेपालीमाटोकर्मी कृष्ण आचायले कुराकानी गरेका छन् ।

प्रकाश जी, तपाई विशेष गरि लोक दोहोरीको क्षेत्रमा सबै विधामा अव्वल देखिनु हुन्छ, तर पनि तलाईलाई विशेष मन पर्ने विधा कुन हो ? शव्द, लय, गायन या नृत्य, अभिनय ?
मैले विगतमा धेरै लोकदोहोरी प्रतियोगितामा भाग लिइ विजेता पनि भएको छु, साथै जव हामीले पहिलो गिति एल्वम मुसुमुसु नहास बजारमा ल्याउन सफल भएउ, त्यस पछि सबैको राम्रो प्रतिक्रिया पनि मिल्यो त्यसैले मलाई मन पर्ने गायन क्षेत्रनै हो । तर पनि मैले सबै विधामा काम गर्ने अवसर पाएको छु ।

यो क्षेत्रमा लाग्ने कतिपय कलाकार विस्तापित भए, विदेश पलायन भए भन्छन तपाईले के देख्नु भो त्यस्तो यो क्षेत्रमा ?
हो कतिपय कलाकार विदेश पलायन भए होलान त्यो सहि कुरा हो । मेरो विचारमा कति साथीहरु यो क्षेत्रमा रहरले लाग्नु भएको छ आफ्नो रहर पुरा भए पछि छाडिदिनुहुन्छ । अनि कतिपय साथीहरु यस्तो हुनुहुन्छ जोे तन मन सबै यहि पेशामा लगाउनु भएको छ । जो तनमन दिएर यो पेशामा लाग्नु भएको छ उहाँहरुको लागि अब यो क्षेत्र नशा जस्तै भएको छ म पनि यहि भित्र पर्छु म सबै यो क्षेत्रको लागि सुम्पीएको छु र यो क्षेत्र मेरो लागि नशा र पेशा दुवै भएको छ । 

अझ अर्को कुरा के भने आज पनि कला विकिरहेको छ तर उत्पादन विकिरहेको छैन । विगतमा भन्दा अहिले संगितको क्षेत्र विकास भएको छ दैनिक जसो कलाकार साथी विदेशको कार्यक्रम तथा देशमा हुने मेला महोत्सवमा गइरहनु भएको छ त्यसैले त्यति चिन्ताजनक अबस्था छैन तर व्यवसायिक पाटो अल्ली धरापमा परेको छ त्यसलाई सुधार गर्न तर्फ हामी सबै लागि पर्नु पर्छ ।

यो क्षेत्रमा नयाँ अनुहारलाई त अग्रजहरुले अलि हेप्ने र खुट्टा तान्ने काम गर्छन् भन्छन नी खास कुरो के रहेछ ?
मेरो हकमा भन्नु पर्दा मैले अग्रज साथीहरुलाई यस्तो गर्दैछु के हुन्छ कस्तो हुन्छ भनि सरसल्लाह लिँदा मैले सकरात्मक प्रतिक्रिया पाएको छु । तिम्रो काम राम्रो छ अझै अगाडि जानु पर्छ भन्नुहुन्छ । आफुले माया पाँउनको लागि आँफु भन्दा अग्रजलाई सम्मान गर्नु पर्छ ।

मैले आज सम्म सबैको माया पाएको छु र पाउने छु भन्ने आशा लिएको छु । साथै यस क्षेत्रमा पनि प्रतिस्पर्धा छ र त्यो प्रतिस्पर्धा स्वच्छ हुनु पर्छ भन्ने मलाई लाग्छ । मान्छे प्रतिस्पर्धाकै लागि एक अर्काको विरुद्धमा लाग्छन तर स्वच्छ प्रतिस्पर्धा भयो भने यसले केहि असर पार्दैन ।

प्रकाश जी अब स्रोताहरुको लागि नयाँ के छ कोशेली ?
मेरो आफ्नै लय र शव्द सिर्जना रहेको साथै आँफैले आवाज दिएको कोपिला गुरुङ र मेरो संयुक्त प्रस्तुति सनाइको पेपे बजारमा आएको छ । यो गितमा अभिनय पनि म आँफैले गरेको छु । म आशाबादी छु स्रोताहरुले विगतमा जस्तै माया गर्नुहुने छ यो गितलाई पनि ।

तपाई त यो क्षेत्रमा अझै पनि नयाँ अनुहार नै हो यो क्षेत्रको विकासको लागि तपाईको तर्फबाट योगदान के हुन सक्ला ?

ः म लोकदोहोरी क्षेत्रमै लागि परेको हुँदा पनि म विभिन्न संघ संस्थामा आवद्ध छु । ति संघ संस्थाको माध्यमबाट पनि हाम्रो सांगितक क्षेत्रको सुधार र विकासको लागि म सँधै लागि पर्ने छु । 

सिआरविटि व्यवस्थीत गर्न साथै पाइरेसि रोक्न त्यसका साथै गितको रोयल्टी सम्बन्धमा हामी सबै कलाक्षेत्रमा लागेका साथीहरु एक जुट भएर काम गर्नु पर्ने देखिएको छ । 

त्यसमा मेरो पनि सकरात्मक सहयोग हुने छ । साथै हाम्रो संगित क्षेत्रलाई प्राविधिक रुपले विकास गर्नको लागि पनि हामी आफ्नो ठाँउ बाट सक्दो सहयोग गर्न लागि परेका छौ. ।


प्रकाशको अभिनय स्वर लय र शव्द रहेको सनाइको पेपे गितको म्युजिक भिडियो


लौ सुनौ हाम्रो राष्ट्रिय गान

Posted by Unknown | Tuesday, December 23, 2014 | Posted in

लौ सुनौ हाम्रो राष्ट्रिय गान



Timi Chhau ra Jeevan - Namrata Kafle Kharel | New Nepali Lok-Pop Song 2014

Posted by dadad | Thursday, December 18, 2014 | Posted in


Thyo Rato Ghagar By Shyam Sital || Full Official Video || Genius Music ||

Posted by dadad | Friday, November 28, 2014 | Posted in


विश्वका होचा चन्द्रबहादुर र अग्ला सुल्तानको अनौठो भेट (हेर्नुहोस भिडियो )

Posted by dadad | Saturday, November 15, 2014 | Posted in

K Kura Kasle | Nepali Movie AJHAI PANI | Ft.Sudarshan Thapa - Puza Sharm...

Posted by dadad | Sunday, November 9, 2014 | Posted in

Kids At The Zoo: Compilation

Posted by dadad | Thursday, November 6, 2014 | Posted in

व्यक्तित्व परिचर्चाको प्रोमो

Posted by dadad | | Posted in

New Trailer of ' Black In Beauty- a documentary Film' By Kailash Neupane ( Kailash Kailash)

Posted by dadad | | Posted in

कमेडी भिडियो सेरेको सुर

Posted by dadad | | Posted in

Funny comedy video HALKA RAMAILO

Posted by dadad | | Posted in

Media Coordinator Sangam Mahat speaking after Rally

Posted by dadad | | Posted in

YouTube Challenge - I Told My Kids I Ate All Their Halloween Candy 2014

Posted by dadad | | Posted in


    Popular Posts