झोलाको दोस्रो प्रदर्शन कस्तो होला ? निर्देशक भट्टराईसँग नेपालीमाटोले गरेको कुराकानी(अडियो सहित)

Posted by Tekman Shakya | Wednesday, April 22, 2015 | Posted in ,

झोलाको दोस्रो प्रदर्शन कस्तो होला ? निर्देशक भट्टराईसँग नेपालीमाटोले गरेको कुराकानी
सती प्रथामा आधारित नेपाली कथानक चलचित्र झोला यहि बैशाख ११ गतेदेखि देशभर प्रदर्शन हुँदै छ । कृष्ण धाराबासीले लेखेको उपन्यास झोलालाई यादव प्रसाद भट्टराईले निर्देशन गरेका हुन् । धाराबासीसँग २०६३ सालमा फिल्म निर्माण गर्ने सहमति भएर केही वर्षपछि निर्माण भएको चलचित्र अघिल्लो वर्ष देशभर चल्यो । 

लाखौँ दर्शकले मन पराएको र अन्तराष्ट्रिय स्तरमा पनि यसले उत्कृष्ठता हाँसिल गरेसँगै चलचित्र देशभर प्रदर्शन हुन लागेको हो । चलचित्र प्रदर्शनको संघारमा नेपालीमाटो डटकमका टेकमान शाक्यले झोला चलचित्रका निर्देशक यादव भट्टराइसँग कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश ।...


१) सती प्रथामा आधारित चलचित्र झोला अघिल्लो वर्ष चल्यो । चलचित्रलाई हरेरे धेरै दर्शकले मन पराए, कत्तिले त आँखाबाट आँशु पनि चुहाए, अहिले फेरी दोस्रो पटक प्रदर्शन गदै हुनुहुन्छ । दोस्रो पटक देशव्यापी बनाउनुको उदेश्य के हो ?
–यो नेपालको ऐतिहासिक चलचित्र हो । झोला चलचित हेर्यो भने नेपाली चलचित्र हेर्ने एउटा एटेन्सन बन्छ भन्ने हेतुले राजधानीमा बैशाख ११ गतेदेखि यो फिल्म प्रदर्शन गर्न लागिएको हो । राजधानी बाहिरका केही हलहरुमा पनि प्रदर्शनका लागि कुरा भैरहेको छ । 

हल फाईनल हुँदै छ । अहिले धेरै फिल्महरु चलिरहेको हुनाले हलको समस्या भैरहेको छ । यो फिल्मले २०७१ सालमा अन्तराष्ट्रिय उपलब्धी हाँसिल गर्न सफल भएको छ । सबै सामु चलचित्र पुर्याउन नसकिएको भएर फेरी देशव्यापी रुपमा हामीले प्रदर्शन गर्न लागेका हौँ ।

२) यो फिल्म अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा समेत मनोनयन हुन सफल भयो । अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जाँदा तपाईको अनुभव कस्तो रह्यो ?
–अन्तराष्ट्रिय प्रतिष्पर्धामा गएर फर्कदाको अनुभवमा, हामी धेरै पछाडी छौँ जस्तो मलाई महसुस भयो । सबैभन्दा पहिले त हामी मेकिङमा नै कमजोर छौँ जस्तो लाग्छ । हाम्रो प्रडक्टप्रति त्यति विश्वास नै नगर्ने अवस्था रहेछ ।  नेपालको भन्ने वित्तिकै कुनै इन्टेन्सन नै नदेखाउने समस्या मैले देखेँ । तर, झोला फिल्मको पिक्चरले नेपालमा पनि राम्रो फिल्म बन्न सक्दोरहेछ भन्ने सन्देश चैँ प्रवाह भएको छ । 

अन्तराष्ट्रिय फेष्टिबलमा हाम्रो माग अहिले एकदमै बढिरहेको छ, यसैमा हामी सन्तुष्ट छौँ । हामीले यसलाई अन्तराष्ट्रिय स्तरमा विक्रि गर्ने सोँच पनि बनाईरहेका छौँ । मार्केटिङ गर्ने नेटवर्ककिङको अभावमा हामीले भनेजस्तो अन्तराष्ट्रिय स्तरमा लैजान सकिरहेका छैनौँ ।

३) अन्तराष्ट्रिय बजारमा नेपाली चलचित्र भिज्न नसक्नुका पछाडी के रहेछ ? तपाईले त्यसका कारणहरु के पहिल्याउनुभयो ?
–पहिलो कुरा त, हामी नेपालीहरु चलचित्र बनाउँछौँ तर नेपालीपनलाई ध्यान दिँदैनौँ । देशको अवस्था, सामाजिक, साँस्कृति लगायतलाई ध्यान दिएर राम्रा खालका फिल्महरु निरन्तर बनिरहने हो भने, नेपालको फिल्म ईन्टष्ट्रिलाई पनि विश्वले चिन्ने र मन पराउने करिब निश्चित छ । आगामी प्रडक्टहरु हामीले नेपालीपन र नेपाली मनलाई छुने खालका बनाउने जमर्को गर्नुपर्छ र गर्छौँ पनि ।

४) चलचित्र झोला निर्माणपछि दर्शकसम्म ल्याईसकेर पहिलो प्रदर्शन या भनौँ पहिलो यात्रा कस्तो रह्यो ? अनुभव बताईदिनुस् न ।
–हामीले २०७० साल माघमा झोला फिल्म रिलिज गरेका थियौँ । जुन फिल्म सोचिएभन्दा बढि दर्शकले मन पराईदिनुभयो । हाम्रो च्यारिटी नै यति धेरै भयो की, देशव्यापी रुपमा हामीले हल नभएको ठाउँमा पनि देखायौँ । 
रोल्पा, पाँचथरमा हामीले चौैरमा पनि चलचित्रलाई प्रदर्शन गर्यौँ । आधा नेपालमा नेपाली चलचित्रको व्यापार नै नहुने अवस्थामा पनि हामीले चलचित्र झोलालाई देशव्यापी बनायौँ ।


५) पछिल्ला समय नेपाली चलचित्र क्षेत्र संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको समयमा, सति प्रथा जस्तो सोच्न पनि कहालि लाग्ने कथामा आधारित चलचित्र निर्माण गर्ने सोँच चाँही तपाईलाई कहाँबाट आयो ?
–आजभन्दा १३–१४ वर्षअघि नै मैले कृष्ण धाराबासीले लेखेको समकालिन साहित्यमा आधारित यो कथा पढेको हुँ । कथा पढ्दापढ्दै यसलाई चित्रमा उतार्नुपर्छ भन्ने लाग्यो । त्यतिखेर म अडियो भिडियोमा काम गथेँ, टेलिभिजनमा भाका भन्ने लोकगीतको कार्यक्रम पनि चलाउथेँ । 

म्युजिक भिडियोमा काम गरिराख्ने मान्छे भएको मलाई यो विषयमा चलचित्र बनाउनुपर्छ भन्ने सोँच त्यहि दिननै आयो जहिले पढेँ मैले । २०६३ सालमा मैले लेखक धाराबासीसँग यो कथा लिएँ । 

स्व.दिपक आलोकले पटकथा संपादन गर्नुभयो । त्यसपछि मैले सती प्रथाको विषय र कथा बस्तुको विषयमा साँस्कृतीक देहि हरेक विषयमा धेरै अध्ययन गरेँ । अनि मात्र चलचित्र निर्माण गर्न तर्फ अग्रसर भएँ ।

६) सती प्रथामा आधारित झोला चलचित्रलाई सबैले मन पराएको अवस्थामा एउटा मात्रै गुनासो, अन्य फिल्महरुजस्तै बजारमा सहज रुपमा हेर्न पाईएन, यसलाई व्यवसायीक पाटोबाट मात्रै हेरियो भनिन्छ नी ?
हो, सबैले हेर्नुपर्छ भन्ने हेतुले नै हामीले दोस्रो चरणमा फिल्मलाई प्रदर्शन गर्दै छौँ । यस्ता खालका धेरै प्राक्टिसहरु छन् विश्वमा, जहाँ सिडी, भिसिडी, यूटुब र टीभिमा आउन सकेको छैन । सबैभन्दा बढि प्राथमिक पाटो एउटा व्यवसायीक पाटो हो । नेपाली चलचित्र क्षेत्र व्यवसायीक पाटोबाट नहेर्ने हो भने, धेरै धरासायी बन्ने अवस्थामा छ । 
व्यवसायीक पाटोबाट हेरिन्छ र त्यसको सफलता शिखरमा पर्याउन सकिन्छ नी हैन ? दर्शकको माग अनुसार हामीले स्थानीयदेखी अन्तर्राष्ट्रिय स्तरसम्म फिल्म प्रदर्शन गर्यौँ भने हामी फिल्म देखाउन त्यति समर्पीत छौँ ।
हामीलाई दर्शकले जति धेरै हेर्नुभयो, आर्थिक रुपमा पनि हामीलाई त्यो फाईदा हुन्छ, सीडी र भिसिडिमा लगियो भने तपाईमा त्यसको मुल्य पाउनुहुन्न । यो एउटा व्यवसायीक अभ्यास पनि हो । चोर्न पाउनुपर्छ भन्ने नेपाली समाजको धारणा भएकाले मेरो निर्देशनमा बनेको पहिलो फिल्मबाटै मैले त्यो धारणालाई चिर्न खोजेको हुँ ।

७) तपाईको पहिलो फिल्मले अधिक सफलता प्राप्त गरेसँगै, अवका दिनहरुमा कस्ता खालका फिल्म बनाउने योजनामा हुनुहुन्छ ?
–हेनुस् टेकमान जी, हाम्रो एउटा टीम छ । टीममा राज तिमल्सिना, राम गोपाल लगायत हुनुहुन्छ । चलचित्र झोलाले संकेत गरे अनुसार यो टीमले मौलिक विषयबस्तुमा यथार्थ परक चलचित्र बनाउने सोच बनाएको छ । 
एउटा कुरा स्पष्ट पारौँ की, १०० वर्षअघिको अथवा दौरा सुरुवाल र गाउँको कथा बनाउँदैमा हिट हुने भने चाँही होईन । 

हामीले अब आजको नेपालको चलचित्र बनाउने तयारी गर्दै छौँ । आज पनि नेपाल छ, नेपाली छन् र आज पनि नेपालीपन छ, देशभित्र के छन् र समाजका रित के छ भन्ने विषयमा चलचित्र बनाउने तयारीमा हामी अघि बढिरहेका छौँ । त्यसका लागि छलफल भैरहेको छ ।

८) पछिल्लो समय विदेशी नक्कल गर्ने, विभिन्न डाईलगहरु चोरी गर्ने, अश्लि दृश्यहरु देखाउने लगायत प्रवृत्ती हावी भएको नेपाली चलचित्रको बीचबाट जन्मिएको झोला फिल्मले के संकेत गराउँछ ?
–यो मेरो फष्ट फिल्म हो । अहो, सारा कलाकार तथा निर्देशकहरु यो क्षेत्रबाट मैले तड्पिएको देखेको थिएँ । फष्ट फिल्ममा नै मैले के अनुभव गरेँ भने, राम्रो पिक्चर बनाउने हो भने त सफलता खोज्न अन्त जानै पर्दैन भन्ने लाग्यो । 
यसले संकेत गरेको कुरा चाँही के हो भने, अस्तित्वमै प्रश्नचिन्ह खडा भैरहेको नेपाली चलचित्र क्षेत्रलाई एउटा सम्भावनातिर चाँही डोहोर्याएको छ । कथा बस्तु राम्रो भयो भने बनाउने र दर्शकलाई पनि आनन्द दिन्छ भन्ने नै हो ।

‘गैर जिम्मेवार र बदनियतपूर्ण संसोधन मान्दैनौँ’–पशुचिकित्सक

Posted by dadad | Monday, April 20, 2015 | Posted in ,

नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ अनुसार पशु चिकित्सा विज्ञानमा कम्तीमा स्नातक गरेका व्यतिm मात्र पशु चिकित्सा परिषदमा दर्ता हुने र दर्तावाल पशु चिकित्सकको नियमन गर्ने व्यवस्था छ । नेपाल सरकार, मन्त्रीपरिषद्ले यस ऐनको दफा ५ मा योग्यता नपुगेका व्यतिm पनि परिषदको सदस्य हुने गरि संशोधन विधेयक पारित गरि दर्तावाल पशु चिकित्सकहरुको उपहास गरेको भन्दै पशु चिकित्सकहरु अहिले आन्दोलनमा छन् । 

सरकारको निनर्णयलाई गैर जिम्मेवारी र वदनियतपूर्ण संशोधन भन्दै २०७१ चैत्र ९ गतेबाट चरणवद्ध रुपमा देशभरका सम्पूर्ण भेटेरिनरियनहरु आन्दोलनमा उत्रिएका छन् ।योग्यता पुगेको व्यक्तिलाई नियमनकारी भुमिकामा नियुक्ति गर्न भन्दै एक सुत्रिय माग सहित पशु चिकित्सकहरु आन्दोलनमा होमिएका हुन् । 

पढ्दै नपढेको व्यक्तिले पशु चिकित्सकहरुलाई नियमन गर्न नसक्ने भन्दै उनीहरुले दक्ष र योग्य व्यक्ति छनौट गर्न भनेको छ । नेपालीमाटो डटकमले नेपाल भेटेरेनरी एसोसियसनका महासचिव उमेश दाहालसँग यसै विषयमम कुराकानी गरेको छ । कुराकानीको संपादित अंश......


तपाईहरु दोस्रो चरणको आन्दोलन सम्म आउनुभयो, चैत २३ गतेपछिका दिनहरुमा तपाईहरुको माग स्थगन भएको छ । माग सम्बोधन हुन लागेको हो ?
–कृषि विकास मन्त्रालयले छलफल र वार्ता मार्फत समस्या समाधान गरौँ भनेर हामीलाई अनुरोध गर्यो । हामीले पनि वार्ताबाट समस्या सुल्झिने हो भने, ठिकै छ भन्यौँ । त्यसपछि २३ गतेपछि बैशाख ९ गतेसम्मका लागि हामीले आन्दोलन स्थगत गरेका छौँ । मन्त्री ज्यूले चाहने हो भने १ मिनेटमा समस्या सुल्झन्छ, तर कार्यकर्ता भर्ती गर्नका लागि पनि त्यो मान्न तयार छैनन् । कार्यकर्ता भर्ती गराउनकै लागि पारित भएको बिधेयकलाई हामी सफल हुन दिने छैनौँ ।

तपाईहरुले राख्नुभएको १ सुत्रिय माग बैशाख ९ गतेसम्ममा पनि सम्बोधन नभए त्यसको विकल्पमा के गर्नुहुन्छ ?
–हामीले लिखितदेखि मौखिक रुपमा बारम्बार माग सम्बोधन गरिदिन भनेर भनिरहेका छौँ । ९ गतेभित्र मागको सम्बोधन नभए तेस्रो चरणको आन्दोलनको विकल्प छैन । तेस्रो चरणको आन्दोलन देशव्यपि हुन्छ । त्यो कडाम पनि हुन्छ । देशभर भएका ८ सय भन्दा बढि पशुचिकित्सकहरु आन्दोलनमा उत्रनुको विकल्प छैन । त्यसको तयारीमा हामी छौँ ।

तपाईहरुको आन्दोलन कुन प्रकृतीको हुनेछ र आन्दोलनलाई कसरी व्यवस्थापन गर्ने सोँचमा हुनुहुन्छ ?
–विदेशबाट भित्रने पशुजन्य बस्तुहरु हामीले नै परिक्षण गर्नुपर्छ, हामी त्यो बन्द गछौँ । पशुहरुका लागि लगाईने विभिन्न भ्याक्सीनहरु हामीले नै बनाउँछौँ, त्यो बन्द गछौँ । विदेशबाट आउने प्रत्येक चल्लाका गाडीहरुमा भटरेनरी प्रमाणपत्र हुन्छ, त्यसको वास्था गर्न छाड्छौँ ।
यतिले पनि भएन भने अझै ससक्त ढंगले आन्दोलनका कार्यक्रम हामी अघि बढाउँछौ । आन्दोलनलाई ससक्त बनाउनका दागि एसोसियसनका अध्यइा रामकृष्ण खतिवडाको संयोजकत्वमा संघर्ष समिति बनेको छ । तेस्रो चरणको आन्दोलनका लागि छलफल गर्दै छौँ ।

तपाईहरुको आन्दोलनले सार्थकता पाउने सम्भावना कत्तिको देख्नुभएको छ ?
–हाम्रो नासायज माग छैन । जायज मागको पनि सम्बोधन हुँदैन भने, हामी पनि त्यतिकै चुप बस्नेवाला छैनौँ । पदकै लागी हो भने छुट्टै काउन्सिल गठन गरे हुन्छ, त्यसमा हाम्रो कुनै विरोध छैन । 

तपाईहरुले विभिन्न चरणका आन्दोलन गर्दै यहाँसम्म आउनुभएको छ । तपाईहरुले खास के माग लिएर आन्दोलनलाई अगाडी बढाउनुभएको हो ?
–हाम्रो सम्बोधन नै गर्न नसकिने त्यति ठूलो माग छैन । हाम्रो भनाई नियमन निकायमा दक्ष व्यक्तित्व आउनुपर्यो भन्ने हो । सामान्य लेखपढ गर्नेले टि.यू.को लेक्चरललाई नियमन गर्न सकिँदैन भन्ने हाम्रो स्पष्ट भनाई छ । यहि एक सुत्रिय माग लिएर हामी आन्दोलननमा होमिएका हौँ । आन्दोल दोस्रो चरणसम्मको भैसकेको छ । आन्दोलनका क्रममा प्रहरी दमन सम्मका घटनालाई हामीले सामना गरिसकेका छौँ बैशाख ९ पछि हामी चुप बस्दैनौँ ।

पशु चिकित्सकहरुलाई रेगुलेशन गर्ने संस्थाका रुपमा २०५७ पछि नियमाली बनेपछि पशु चिकित्सा परिषद रह्यो । परिषद कुन रुपमा हुनुपर्ने हो उसोभए ?
–अहिले सहायक स्तरका कर्मचारी, ग्रामिण स्तरका पशु स्वास्थ्यकर्मीहरुलाई पनि कार्यकारिणी समितिमा राख्न ऐन संसोधको प्रयास गरियो । कक्षा ८ पास गरेकाले टि.यू का लेक्चरललाई नियमन गर्न सक्छ र ? सक्दैन नी ? हाम्रो भनाई परिषदमा डाक्टर पढेर नै ढाक्टर बनेकाहरुभन्दा बढि सक्षम भएकाहरुलाई ल्याउनुपर्यो भन्ने हो  । 
हातमा गन्न सकिने साउथ अफ्रिका लगगायत देशहरुमा रहेको व्यवस्थालाई हामी नेपाल भित्रन दिँदैनौँ । पद नै चाहिएको भए छुट्टै काउन्सिल बनाए हुन्छ । योग्यता नपुगेकालाई हामी समान स्थानमा ल्याएर थपक्क राख्न सक्दैनौँ ।

अन्तराष्ट्रिय प्रतिष्पर्धाका लागि नेपालको सुनचाँदी बजारमा पूर्वाधारै छैन–शाक्य

Posted by Tekman Shakya | Monday, March 16, 2015 | Posted in ,

पछिल्लो समय छिटो छिटो उतार चढाव हुने बजारका रुपमा सुनचाँदीको बजारलाई लिईने गरिन्छ । सुनचाँदीको बजार स्थिर हुन नसकेसँगै यसमा लगानी गर्नेहरु पर्ख र हेरको अवस्थामा छ । सिजनल व्यापार हुने यो व्यवसायले मुख्य सिजनमा पनि राम्रो कारोबार गर्न सकेन ।
अर्को कुरा, नेपाली बजारमा अन्तराष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्नका लागि प्रविधिकै अभाव देखिएको छ । यसै विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यसँग कुराकानी गरिएको छ ।

नेपालको सुनचाँदी व्यवसाय पछिल्लो समय कुन रफ्तारमा कसरी अघि बढिरहेको छ ?
–अहिले नेपालाको सुनचाँदी व्यवसाय सुस्तको दिशामा छ । सोचेअनुसार व्यवसायलाई अघि बढाउन निक्कै कठिन परिस्थिति छ ।

सुस्त अवस्थामा रहेको नेपालको सुनचाँदी कारोबारलाई सक्रिय बनाउने कसरी ?
–अन्तर्राष्ट्रिय बजारको भाउले नेपालको सुनचाँदी व्यवसायमा पनि प्रत्यक्ष प्रभाव पार्ने हुन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा देखा परेको उतार चढावका कारण पनि हामी पिल्सिनुपर्ने बाध्यता छ । व्यवसायलाई अलिक सक्रिय बनाउन राज्यले केही नीति नियम सहित सुविधाहरुको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

कारोबार हुने विशेष समयमा पनि कारोबार सन्तोषजनक नभएको समयमा, यसलाई प्रभाव पार्ने अरु कुनै तत्व छ की ?
–सबैभन्दा ठूलो पक्ष भनेको आम उपभोक्ताको क्रयशक्ति हो । ग्राहको क्रयशक्तिले पनि कारोबारमा असर गरेको पाईन्छ । पहिले देखिको रितिरिवाज, संस्कृतीमा हाम्रो समाज आधारित छ ।
सुनचाँदी विवाह र ब्रतबन्धमा अत्ति नै आवश्यक पर्छ । तर, देशको परिस्थितीका कारण क्रय शक्तिमा गिरावट आएको र यसले सबैभन्दा ठूलो असर पारेको हामी पाउछौँ ।

सुनचाँदीको कारोबार गर्ने ग्राहकहरुको चित्त बुझाउन व्यवसायी नसक्नुले नसक्नुले पनि समस्या जकडिएका हो भनेर स्वीकार्न सकिन्छ की सकिँदैन ?
–विगतका दिनहरुमा त्यो एउटा समस्या थियो । तर, अहिले यहि कारणले समस्या भएको भने हैन । नीति बैज्ञानिक रुपमा कार्यन्वयन हुने वातावरण बन्न नसकेसम्म समस्याको समाधान नपहिल्लिने देखिन्छ । समय सापेक्ष नीति तथा नियमहरु बन्नुपर्यो भनेर महासंघले माग गरिरहेको अवस्था छ । राज्यले यसतर्फ ध्यान दिन नसक्दा समस्या भएको छ । त्यहि कारणले पनि आम उपभोक्ता अन्यौलमा छन् ।

अहिले यो क्षेत्रको कारोबार अन्य क्षेत्रको भन्दा छिटो छिटो उतार चढावको अवस्थामा छ । यसरी सुनचाँदीको मुल्य किन स्थिर हुन नसकेको ?
–अन्तर्राष्ट्रिय बजारमा १२ सय ४ डलर प्रतिऔँस कारोबार भैरहेको यो बजारमा २४ घण्टाभित्र ३५ डलरले गिरावट आयो ।
जसले गर्दा, प्रत्यक्ष प्रभाव हामीकहा पनि पर्यो र ११ सय रुपैयाँ प्रतितोला घट्यो । यो गिरावट पछिल्लो समयको सबैभन्दा ठूलो हो । यसरी घट्दाखेरी आम उपभोक्तामा अब फेरी पनि घट्ने हो की ? भन्ने किसिमले पर्ख र हेरको सिद्धान्त लागु हुन्छ । त्यसले गर्दा मानिसहरुले अत्ति आवश्यक भएको खण्डमा मात्रै यसको कारोबार गर्नाले पनि समस्या भएको हो । माग कम भएपछि व्यवसायीहरु चिन्तित त हुने नै भयो ।
यो पाली सबैभन्दा बढि कारोबार हुने फागुन महिनामा पनि हामीले निराशा बेहोर्नुपरेको छ । यसपाली यो सिजना ५० प्रतिशत कारोबार घटेको छ ।  हामी व्यवसायीहरु के गर्ने भन्ने बढा अन्यौलमा छौँ । यसमा सरकारले अलिक ध्यान दिनुपर्ने देखिन्छ ।

सुरक्षाको हिसावले पनि कारोबारमा गिरावट आएको अवस्था हो ?
–सुनचाँदी बहुमुल्य धातु भएको हुनाले सुरक्षाका कारण पनि मानिसहरुमा यसको मोह घटेको पाईन्छ । मोल बढि पर्ने चिजमा सुरक्षित भएर काम गर्न नसक्ने भएपछि त, श्रीसम्पत्ती नै गुम्ने डर हुन्छ । त्यसैले महासंघले संधै सरकारसँग यो विषयलाई उठान गर्दै आएको छ । यसको सुरक्षाको सुनिश्चितताका लागि हामीले बारम्बार भनिरहेका छौँ । सरकारले यो पक्षमा ध्यान दिएको खण्डमा व्यवसाय फष्टाउने देखिन्छ । भाउ महंगो भएको कारणले पििन अपराधिक गिरोहको आँखा लाग्ने भएकाले यसमा हामी सुरक्षित हुनु जरुरी छ ।

सुनचाँदीको विक्रि तथा वितरणका लागि नेपाल राष्ट्र बैंकको पनि हात रहन्छ । पछिल्लो समय नीजी क्षेत्रले व्यवसायीलाई नै कारोबार गर्ने जिम्मा दिईनुपर्छ भनेर माग गरेको छ नी, यसको सबल पक्ष चाँही के रहन्छ ?
–सुनचाँदी भनेको संसारका जुनसुकै कुनाका मानिसहरुको पनि त्यसको फ्रि कन्भेटिब्लीटी हुन्छ ।
त्यो भएको हुनाले यसको कारोबार स्वतन्त्र छाड्नुपर्छ । यसलाई खुल्ला अर्थतन्त्र अनुसार छाड्नुपर्छ भन्ने नीजि क्षेत्र र महासंघको माग हो ।
नेपाल पनि खुल्ला अर्थतन्त्रमा नै बढिरहेको समयमा यसमा कुनै बन्देज लगाउनु जरुरी छैन । त्यतिखेरको अवस्थामा राष्ट्रबैंकले बैंकरहरुलाई जिम्मा दिने विषयमा महासंघले पनि सहयोग गरेकै हो । तर, अहिले त्यो अवस्था छैन । त्यसैले बैंकहरुलाई मात्रै होईन व्यवसायीहरुलाई पनि कारोबारको जिम्मा दिनुपर्ने अहिलेको आवश्यकता हो ।

समस्या कहाँ हो त उसो भए ? बैंकहरुबाट अब कारोबार हुनुहुँदैन भन्ने हो ?
–त्यसो होईन, बैंकलाई कारोबार गर्न दिएकोमा हाम्रो आपत्ती होईन । बैंकलाई मात्रै होईन, हामीजस्ता व्यवसायीलाई पनि कारोबारको जिम्मा दिनुुपर्छ भन्ने हो । विभेदकारी नीति परिवर्तन हुनुपर्यो भन्ने हाम्रो माग हो ।

तपाईहरुसँग भएका सुनचाँदीहरु नै विक्रि तथा वितरण हुन नसकेको अवस्थामा, बैंकको जिम्मेवारीमा रहेका सुनचाँदी कारोबार गर्न तपाईहरुले पाउनुभयो भने पनि समस्या त देखिन्छ नी हैन ?
–छैन छैन, त्यस्तो कुनै पनि समस्या छैन । फ्रि कम्पिटिशन मार्केटमा हामीले सुनको भाउ पाउनुपर्छ भन्ने मात्रै हो । आम उपभोक्ताले पनि त्यसो गरेमा न्याय पाउनेछ भन्ने नै हाम्रो भनाई हो ।

व्यवसायमा निर्यात समस्या पनि छ नी हैन ? कसरी समाधान गर्ने यसलाई चाँही ?
–निर्यातका विषयमा उद्योग र बाणिज्य नीतिका लागि हामीले बारम्बार सुधारका लागि सुझाव दिई नै रहेका छौँ । बजारको मागले पनि अहिले सबैभन्दा बढि चाँदीको निर्यात भैरहेको छ । यसमा ३५ प्रतिशत भ्यालु एडिसन पाईन्छ । मुनाफाका हिसावले पनि यसको मार्केट राम्रो छ । अहिलेको नीतिमा सुनमा १५ प्रतिशत मात्रै भ्यालु एडिसन छ । नीतिगत समस्याले नै यसमा समस्या पारेको हो ।

यो व्यवसायमा नेपाली बजारमा दक्ष जनशक्तिको उपलब्धता कस्तो छ ?
–बास्तविक रुपमा भन्ने हो भने, हामीले अन्तराष्ट्रिय बजार अनुसार प्रतिष्पर्धा गर्न सकिरहेको अवस्था छैन । हामीसँग त्यस्ता पूर्वाधारकै अभाव छ । त्यो टेक्नोलोजी विकासका लागि व्यवसायी एक्लैको प्रयासले हुँदैन । सरकारी सहयोग पनि चाहीने भएकाले पुँजीका हिसावले पनि त्यो प्रविधि नेपालमा भित्रन नसकेको हो । अर्को कुरा दक्ष जनशक्ति उत्पादनका लागि त, पहिले प्रविधिको विकास हुनु पर्यो नी हैन र ? त्यसैले यस विषयमा पनि राज्यको ध्यान जानुपर्यो भन्ने हाम्रो माग हो ।

तपाईले बारम्बार भन्नुभयो, नीति निर्माणमा सरकारले विशेष ध्यान दिएन भनेर । व्यवसायीका तर्फबाट नीति निर्माणका लागि कसरी सहयोग भैरहेको छ ?
महासंघको तर्फबाट नीति निर्माणका लागि सरोकारवाला व्यक्तित्वसँग छलफल गरिसकेको अवस्था छ । आवश्यक नीति बनाएर सरकारलाई बाणिज्य मन्त्रालयले पनि बुझाईसकेको छ । नीति बनाएस बुझाएपनि सरकारले त्यसमा गम्भिरता देखाएन । यस क्षेत्रबाट कसरी आम्दानी गर्न सकिन्छ भनेर अध्ययन गरेर सरकारले चासो देखाउन सकेन । सरकारो चासो जानस आवश्यक छ, हाम्रो तर्फबाट त सक्रिय सहयोग नै छ ।
सरकारले चासो नदेखाउनुमा, व्यवसायीमुखी पहल मात्रै तपाईहरुबाट भएर पो हो की ?
–होईन होईन, त्यो पूर्ण गलत हो । हामी व्यवसायीहरुले व्यवसायलाई मात्रै हेर्ने गरेको छैन । हाम्रा व्यवसायीहरुको व्यवसाय सस्टेन हुनुपर्यो, आम उपभोक्ताको ध्यानमा राखिदिनुपर्यो, देशको अर्थतन्त्रको विचार त्यहाँ राखिदिनुपर्यो भन्न्ने हाम्रो भनाई हो ।

प्रकाशले पुसमै जन्ती लिएर आए (भिडियो सहित)

Posted by Tekman Shakya | Monday, January 5, 2015 | Posted in , , ,

 कृष्ण आचार्य,
गीत संगीतको क्षेत्रमा बहुप्रतिभाशाली व्यक्तिहरु कम मात्र भेटिन्छन । त्यस्तै कम मात्र भेटिने व्यक्तिहरुमा प्रकाश शपुतको नाम पनि एक हो ।

विगतमा दुई बर्ष जति सञ्चार क्षेत्रमा काम गरिसकेका प्रकाशको स्थायी घर बागलुङ हो । 

गीतको लय तथा शव्द संकलन गर्न होस् या म्युजिक भिडियोमा छम–छम नाच्न होस जुनसुकै विधामा पनि उनी राम्रो प्रतिभा भएको व्यक्तिमा पर्छन् । स्रोता दर्शकले पनि उनका सिर्जना रुचाइरहेका छन ।

राष्ट्रिय तथा स्थानीय स्तरमा हुने लोकदोहोरी प्रतियोगितामा समेत प्रकाशले थुप्रै पुरस्कार जितिसकेका छन ।
महिलाहरुको महान चाड हरितालीका जितका गितमा पनि प्रकाशले कम्मर मर्काइ–मर्काई नाचेका थिए ।

सांगितीक क्षेत्रमा आशा लाग्दो प्रतिभा भएका प्रकाशले आफ्नै शव्द, लय र स्वर साथै अभिनय समेत भएका आधा दर्जन गित बजारमा ल्याई सकेका छन ।

हँसिलो र सबै सँग मिल्ने स्वभाव भएका प्रकाश आज भोलि देश विदेशमा हुने कार्यक्रममा समेत राम्रो स्थान पाउन थालेका छन ।

विगत तिन बर्ष यता गित संगितमा लगातार आफ्ना कोशेली प्रस्तुत गर्दै आएका प्रकाशले छोटो समयमानै आफ्ना चर्चा बटुल्न सफल भएका छन ।

बागलुङ जिल्ला बाट राजधानी काठमाण्डौ आइ यो क्षेत्रमा संघर्षरत उनै प्रकाश सँग नेपालीमाटोकर्मी कृष्ण आचायले कुराकानी गरेका छन् ।

प्रकाश जी, तपाई विशेष गरि लोक दोहोरीको क्षेत्रमा सबै विधामा अव्वल देखिनु हुन्छ, तर पनि तलाईलाई विशेष मन पर्ने विधा कुन हो ? शव्द, लय, गायन या नृत्य, अभिनय ?
मैले विगतमा धेरै लोकदोहोरी प्रतियोगितामा भाग लिइ विजेता पनि भएको छु, साथै जव हामीले पहिलो गिति एल्वम मुसुमुसु नहास बजारमा ल्याउन सफल भएउ, त्यस पछि सबैको राम्रो प्रतिक्रिया पनि मिल्यो त्यसैले मलाई मन पर्ने गायन क्षेत्रनै हो । तर पनि मैले सबै विधामा काम गर्ने अवसर पाएको छु ।

यो क्षेत्रमा लाग्ने कतिपय कलाकार विस्तापित भए, विदेश पलायन भए भन्छन तपाईले के देख्नु भो त्यस्तो यो क्षेत्रमा ?
हो कतिपय कलाकार विदेश पलायन भए होलान त्यो सहि कुरा हो । मेरो विचारमा कति साथीहरु यो क्षेत्रमा रहरले लाग्नु भएको छ आफ्नो रहर पुरा भए पछि छाडिदिनुहुन्छ । अनि कतिपय साथीहरु यस्तो हुनुहुन्छ जोे तन मन सबै यहि पेशामा लगाउनु भएको छ । जो तनमन दिएर यो पेशामा लाग्नु भएको छ उहाँहरुको लागि अब यो क्षेत्र नशा जस्तै भएको छ म पनि यहि भित्र पर्छु म सबै यो क्षेत्रको लागि सुम्पीएको छु र यो क्षेत्र मेरो लागि नशा र पेशा दुवै भएको छ । 

अझ अर्को कुरा के भने आज पनि कला विकिरहेको छ तर उत्पादन विकिरहेको छैन । विगतमा भन्दा अहिले संगितको क्षेत्र विकास भएको छ दैनिक जसो कलाकार साथी विदेशको कार्यक्रम तथा देशमा हुने मेला महोत्सवमा गइरहनु भएको छ त्यसैले त्यति चिन्ताजनक अबस्था छैन तर व्यवसायिक पाटो अल्ली धरापमा परेको छ त्यसलाई सुधार गर्न तर्फ हामी सबै लागि पर्नु पर्छ ।

यो क्षेत्रमा नयाँ अनुहारलाई त अग्रजहरुले अलि हेप्ने र खुट्टा तान्ने काम गर्छन् भन्छन नी खास कुरो के रहेछ ?
मेरो हकमा भन्नु पर्दा मैले अग्रज साथीहरुलाई यस्तो गर्दैछु के हुन्छ कस्तो हुन्छ भनि सरसल्लाह लिँदा मैले सकरात्मक प्रतिक्रिया पाएको छु । तिम्रो काम राम्रो छ अझै अगाडि जानु पर्छ भन्नुहुन्छ । आफुले माया पाँउनको लागि आँफु भन्दा अग्रजलाई सम्मान गर्नु पर्छ ।

मैले आज सम्म सबैको माया पाएको छु र पाउने छु भन्ने आशा लिएको छु । साथै यस क्षेत्रमा पनि प्रतिस्पर्धा छ र त्यो प्रतिस्पर्धा स्वच्छ हुनु पर्छ भन्ने मलाई लाग्छ । मान्छे प्रतिस्पर्धाकै लागि एक अर्काको विरुद्धमा लाग्छन तर स्वच्छ प्रतिस्पर्धा भयो भने यसले केहि असर पार्दैन ।

प्रकाश जी अब स्रोताहरुको लागि नयाँ के छ कोशेली ?
मेरो आफ्नै लय र शव्द सिर्जना रहेको साथै आँफैले आवाज दिएको कोपिला गुरुङ र मेरो संयुक्त प्रस्तुति सनाइको पेपे बजारमा आएको छ । यो गितमा अभिनय पनि म आँफैले गरेको छु । म आशाबादी छु स्रोताहरुले विगतमा जस्तै माया गर्नुहुने छ यो गितलाई पनि ।

तपाई त यो क्षेत्रमा अझै पनि नयाँ अनुहार नै हो यो क्षेत्रको विकासको लागि तपाईको तर्फबाट योगदान के हुन सक्ला ?

ः म लोकदोहोरी क्षेत्रमै लागि परेको हुँदा पनि म विभिन्न संघ संस्थामा आवद्ध छु । ति संघ संस्थाको माध्यमबाट पनि हाम्रो सांगितक क्षेत्रको सुधार र विकासको लागि म सँधै लागि पर्ने छु । 

सिआरविटि व्यवस्थीत गर्न साथै पाइरेसि रोक्न त्यसका साथै गितको रोयल्टी सम्बन्धमा हामी सबै कलाक्षेत्रमा लागेका साथीहरु एक जुट भएर काम गर्नु पर्ने देखिएको छ । 

त्यसमा मेरो पनि सकरात्मक सहयोग हुने छ । साथै हाम्रो संगित क्षेत्रलाई प्राविधिक रुपले विकास गर्नको लागि पनि हामी आफ्नो ठाँउ बाट सक्दो सहयोग गर्न लागि परेका छौ. ।


प्रकाशको अभिनय स्वर लय र शव्द रहेको सनाइको पेपे गितको म्युजिक भिडियो


संविधानसभा साध्य होइन, साधन हो

Posted by dadad | Friday, November 28, 2014 | Posted in ,

-    एमाओवादी, कांग्रेस, एमाले र मधेसीबीच सहमति हुँदैन भने संविधानसभा भंग हुन्छ । 

-     अहिले केपी ओलीलाई प्रधानमन्त्री हुने हतारो, सुशील कोइरालालाई राष्ट्रपति हुने हतारो छ । 

-    कांग्रेस-एमालेले ल्याएको प्रस्ताव भौगोलिक विभाजन र विकेन्द्रीकरणको हो, जसलाई संघीयता भनिँदैन ।

-    यदि उहाँहरूले बहुमत लगाउन खोज्नुभयो भने हामी संविधानसभा छाडेर सडकमा जान्छौं ।
-     त्यसबेला जनतालाई आफ्नो प्रदेश आफैं घोषणा गर्ने अधिकार प्राप्त हुन्छ । त्यसबेला प्रतिपक्षलाई सरकार चलाउने अधिकार हुन्छ ।
..................
सत्तारुढ कांग्रेस-एमालेले सात प्रदेशीय संघीय संरचनासहितको प्रस्ताव ल्याएपछि एमाओवादी, मधेसी दलहरुसहित विपक्षी त्यसको विरोधमा उत्रिएका छन् । यससँगै सुरू भएको राजनीतिक गतिरोध कायमै छ । यस्तो अवस्थामा सहमतिको बिन्दु के हुन सक्छ भन्नेबारे प्रमुख प्रतिपक्षी नेता एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसित सुधीर शर्मागंगा बीसीले  गरेको कुराकानी :
..................
कांग्रेस-एमालेको सात प्रदेशको प्रस्ताव आएपछि तपाईं आवश्यकताभन्दा बढी आक्रोशित देखिनुभयो, यति आक्रोशित हुनुपर्ने अवस्था हो र ?
अवस्था त्यस्तै हो । सामान्य रूपमा हेर्दा दुई पार्टी मिलेर छलफलका लागि एउटा प्रस्ताव ल्याएजस्तो लाग्न सक्छ । तर, हाम्रो पार्टी र परिवर्तनको पृष्ठभूमिबाट आएका शक्तिहरूले १२ बुँदे समझदारी, शान्ति सम्झौता, अन्तरिम संविधानसँग दाँजेर हेर्दा यो प्रस्ताव निकै घातक छ ।

 उनीहरूको प्रस्तावले हिजोका सहमति-सम्झौतालाई छाड्ने र इतिहासलाई पछाडि फर्काएर झन्डै २०४८ साल वरिपरि पुर्‍याउने उद्देश्य राखेको देखिन्छ । सतही रूपमा हेर्दा त्यो नदेखिन सक्छ । तर, यो सम्पूर्ण प्रक्रियालाई उल्ट्याउने नियतले आएको छ । त्यसैले यसप्रति हाम्रो तीव्र असहमति हो ।


तपाईंहरूको मुख्य असहमतिचाहिं केकेमा हो ?
सबै विषयमा असहमति छ । संघीयताकै कुरा गरौं, त्यसको मोडल संसारभरि फरकफरक हुन्छ, तर समान विशेषता के हुन्छ भने उत्पीडितहरूलाई पहिचान दिने आधारसहित त्यो आएको हुन्छ । तर, कांग्रेस-एमालेले ल्याएको प्रस्ताव भौगोलिक विभाजन र विकेन्द्रीकरणको हो, जसलाई संघीयता भनिँदैन ।

उनीहरूले जनतालाई झुक्याउन खोज्नु अर्को कुरा हो, तर हामीलाई झुक्याउन सक्दैनन् । हामीले भनेको संघीयता त्यो हुँदै होइन । समानुपातिक, समावेशी लोकतन्त्र हामीले ल्याएको परिवर्तनको आधारभूत चरित्र हो । उनीहरूले समानुपातिक समावेशी सिद्धान्तलाई पनि उल्ट्याएका छन् । जब कि यो सिद्धान्तमा अन्तरिम संविधान, अघिल्लो संविधानसभा र अहिलेको संविधानसभामा पनि सहमति भइसकेको कुरा थियो । उनीहरूले प्रत्यक्ष निर्वाचनबाट मात्रै जाने भनेपछि सहमति उल्टियो । 

शासकीय स्वरूपमा विभिन्न धारणा भए पनि अघिल्लोपटक भएको सहमतिमा मिश्रति प्रणालीमा जाने भन्ने भएको थियो । राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने, प्रधानमन्त्री संसद्बाट हुने सहमति भएको हो । त्यसलाई पनि उनीहरूले उल्ट्याए । संघीयतामा जाने भइसकेपछि केही समयलाई संवैधानिक अदालत चाहिन्छ भन्ने सहमति भइसकेको थियो । यो पनि उल्ट्याए । समग्रमा हेर्दा अहिलेसम्म भएका सबै सहमति र सम्झौताविपरीत उनीहरूको प्रस्ताव आयो ।


संविधानसभामा बहुमत हुनुको पनि त अर्थ हुन्छ होला नि ?
यसका लागि संविधानसभाको पृष्ठभूमि बुझ्नुपर्छ । नेपालमा यो मुख्य रूपमा माओवादी, कांग्रेस, एमाले र मधेसी दलहरूबीच सम्झौता भएपछि आएको हो । अझ त्यसमा पनि माओवादी र तत्कालीन सात दलबीचको समझदारी हो, संविधानसभा । 

त्यही समझदारीको परिणाम हो, राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा । अब माओवादी र मधेसवादी दललाई छाडेर एकलौटी ढंगले संविधान बनाउने कुरा कसरी सम्भव हुन्छ ? कांग्रेस र एमालेका नेताहरूले यो कुरा नबुझेर गर्न खोजेका हुन् कि नाडी छाम्न चाहेका हुन् ? जे कारणले गरेका भए पनि यस्तो कदमले देशलाई बर्बादीको दिशामा लैजान्छ । 

गिरिजाबाबु हुँदाखेरि जातीय, वर्गीय, लैंगिक रूपले राज्यको अग्रगामी पुनः संरचना गर्ने, संविधानसभाको चुनाव गर्ने, गणतन्त्रमा जाने, संघीयतामा जाने सहमति भएको हो । शान्ति सम्झौतामा यी सबै कुरा छन् । गिरिजाबाबुले मधेसीसँग सम्झौता गर्दा स्वायत्त शक्तिशाली अधिकारसम्पन्न मधेस प्रदेश हुने छ भनेर आफैंले हस्ताक्षर गर्नुभएको छ ।

आदिवासी, जनजातिसँग पनि सहमति भएको छ । त्यहीअनुसार अन्तरिम संविधान संशोधन भएको छ । अहिले कांग्रेसीहरूले त्यो बिर्सेका हुन् कि संसारभरिको नियमविपरीत गएर के गर्न खोजेका हुन् ? ००७ सालदेखि नै नेपाली कांग्रेस राजनीतिक शक्तिका रूपमा छ । ०४६ सालपछि देखापरेको राजनीतिक शक्ति एमाले हो । 

२०५२ बाट ०६२-६३ सम्म आउँदा देखा परेको शक्ति माओवादी हो । अहिले संख्या धेरै-थोरै हुनु बेग्लै कुरा हो । अघिल्लो संविधानसभामा कांग्रेस-एमाले पनि त सानो भएका थिए । हामीले त्यतिबेला जबरजस्ती संविधान बनाउन खोजेको भए सायद सकिन्थ्यो होला । तर, हामीले संसारभरिको मूल्यमान्यता हेर्दा त्यसो गरेर हुँदैन भन्यौं । जोसँग ऐतिहासिक सहमति भएको हो, त्यो पक्षलाई लिएर जानुपर्छ । तर कांग्रेस-एमालेको प्रस्ताव जताबाट हेर्दा पनि दुर्घटनामा लाने किसिमको छ । 


दलहरूबीच कहिल्यै सहमति नहुने हो भने त मतदानको प्रक्रियाबाट नगई हुन्छ र ?
पहिलो कुरा, यदि एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसीबीच सहमति हुँदैन भने संविधानसभा भंग हुन्छ । बहुमतले संविधान बनाउन मिल्दैन । संविधानसभा सहमतिका कारण आएको हो । संविधानसभा साध्य होइन, साधन हो । यसको काम १२ बुँदे, अन्तरिम संविधान, शान्ति सम्झौता, मधेससँगको सम्झौता, अरू पक्षसँग भएका सम्झौता कार्यान्वयन गर्ने हो । 

यदि ती सम्झौताका पक्षधरहरू, जसका कारण संविधानसभा आएको हो, ती छुट्छन् भने संविधानसभाको अर्थ रहँदैन । संविधानसभा भंग हुन्छ । या जबरजस्ती गर्न खोजे अर्को द्वन्द्व सुरु हुन्छ । त्यसले समस्याको समाधान गर्दैन ।
मैले संसारभरिको अध्ययन गरेको इतिहासका आधारमा भन्दै छु । म प्रस्ट भन्न चाहन्छु कि यदि उहाँहरूले बहुमत लगाउन खोज्नुभयो भने हामी संविधानसभा छाडेर सडकमा जान्छौं । उहाँहरूको बहुमतको संविधान मान्न हामी बाध्य छैनौं ।

 हामी त्यसरी आएको संविधान मान्दैनौं, त्यो संविधानसभा मान्दैनौं । त्यसबेला हामी कहाँ पुग्नुपर्ने हुन्छ भने यो संविधानसभाले शान्ति सम्झौता तोड्यो, अन्तरिम संविधानको मूल भावना तोड्यो, यो संविधानसभा अब सबैको शान्तिको साधन नबनेर एउटा वर्ग, समुदाय, राजनीति र पार्टीको हतियार बनेको हुनाले जनताको आस्थाको केन्द्र रहेन भनेर हामी छाडेर निक्लनुपर्ने अवस्था आउँछ । उनीहरू यसरी नै पेलेर आउन खोज्छन् भने हामी संविधानसभा छोडेर हिंड्नुपर्ने अवस्था आउँछ । मैले हिजो राष्ट्रसंघका प्रतिनिधि, अमेरिकी, बेलायती राजदूतसँग भनें- यस्तो अवस्थामा तपाईंहरूले हामीलाई समर्थन गर्नुपर्छ ।

बहुमत भनेर समर्थन गर्ने होइन, यहाँ बहुमतको कुरा होइन । यहाँ त शान्ति सम्झौता र हिजो ऐतिहासिक रूपले भएका सहमतिहरू, जसले यो प्रक्रिया सुरु गरे, उनीहरूबीचको राजनीतिक समझदारीको कुरा हो । यदि कांग्रेस-एमाले शान्ति सम्झौता र अन्तरिम संविधानको भावना विपरीत जान खोजे भने हामी मान्दैनौं । मैले राजदूतहरूलाई भनें- तपाईंहरू शान्ति सम्झौताका पक्षमा उभिने कि कांग्रेस-एमालेका पक्षमा ? त्यसबेला अन्तर्राष्ट्रिय समुदाय शान्ति सम्झौताका पक्षमा उभिनुपर्ने हुन्छ ।
यसको अर्थ सयका सय सहमति हुनुपर्छ भनेको होइन ।

अहिले संविधानसभामा ३१ दल छन् । हामीले आधारभूत रूपमा सहमति हुनुपर्छ भन्नुको अर्थ कांग्रेस, एमाले, माओवादी, मधेसीबीच सयका सय सहमति हुनुपर्छ भन्ने होइन । आधारभूत विषयहरू, जुन शान्ति सम्झौता, अन्तरिम संविधानसभामा भनियो, त्यो कुरा त्यहाँ सम्बोधन हुनुपर्‍यो । बाँकी विषयमा संविधानसभामा मतदान हुनुपर्छ । तर जे सम्झौता भएको हो, त्यो भएन भने संविधानसभा मानिराख्नुपर्छ भन्ने छैन ।

सहमति जुट्दै नजुटेको अवस्थामा चाहिं के गर्ने त ? मतदानको प्रक्रियामा जाँदै नजाने ?
मेरो भनाइ त के हो भने कांग्रेस-एमालेले सहमति चाहेकै छैनन् । अस्ति कांग्रेस-एमालेले प्रस्ताव पेस गर्नुभन्दा पहिले जति पनि छलफल भएको थियो, हामीले पहिचानसहितको १० प्रदेश भनेका थियौं, त्यसमा पनि अझ लचिलो हुन तयार छौं समेत भनेका थियौं । 

शासकीय स्वरूपमा लचिलो हुन्छौं पनि भन्यौं । न्याय प्रणालीमा पनि करिब कुरा मिलेकै थियो । समानुपातिक समावेशीमा पहिले सहमति भएकै हो । त्यसकारण हामी सहमतिका लागि टाढा थिएनौं । सहमति चाहने हो भने अझै टाढा छैनौं । तर कांग्रेस-एमालेले जबरजस्ती गर्न खोजेका छन् । 

विगतलाई फर्केर हेर्नुभयो भने म र बाबुराम भट्टराई संविधानमा वार्ता र सहमति गर्न जति लागेका छौं, कांग्रेस-एमालेका नेताहरूले चाहिं को कहिले कहाँ जाने, बैठकमा नआउने, वास्ता नगर्ने गरेका छन् । अहिले अन्तिम अवस्थामा आएर माघ ८ आउन लाग्यो, प्रक्रियामा जाने भनेर जबरजस्ती गर्न खोजेको देखिन्छ । 

आपसमा लुकेर बैठक गरी, सहमतिबाट संविधान नबनाउने गरी प्रस्ताव ल्याएको मेरो निष्कर्ष हो ।
अर्को कुरा, अघिल्लोचोटि दुई वर्षको संविधानसभा थियो, हामी ठूलो पार्टी थियौं । मैले सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्दा केपी ओलीले एक वर्ष थपौं भनेर राति संविधानसभा भवनमा प्रस्ताव राखेकै हो । संविधान संशोधन गर्नुपथ्र्यो एक वर्ष थप्नलाई । त्यसबेला संविधान संशोधन गर्न तयार हुने, जेठ १४ गतेसम्म पनि उनीहरूले सहमतिबाटै संविधान बनाउने कुरा गरे । त्यसबेला मेरो हातमा दुई तिहाइ सभासदको हस्ताक्षर भएको फाइल आइसकेको थियो ।

 त्यसबेला सहमतिकै आधारमा संविधान बनाउनुपर्छ भन्ने उनीहरू नै हो । अहिलेचाहिं हामीसँग सहमति गर्दा परिवर्तनका मुद्दालाई केही न केही सम्बोधन गर्नुपर्ने भएकाले आफूसँग दुई तिहाइ छ भन्दै माओवादी-मधेसीलाई किन महत्त्व दिने भन्ने अहंकार उनीहरूमा पलाएको छ । उनीहरूले देशको समस्याको प्रकृति बुझेनन् । संविधानसभालाई अर्थहीन बनाउने षड्यन्त्रमा गए । 

तपाईंहरूले २२ दलको मोर्चा बनाएर दबाब दिन थालेपछि कांग्रेस-एमाले एक ठाउँमा आउन बाध्य भएजस्तो लाग्दैन ?
पहिलो कुरा, मोर्चाबन्दीको सुरुवात उनीहरूले गरेका हुन् । कांग्रेस, एमाले, माले, राप्रपा मिलेर सरकार बनाए । यो मोर्चाको सरकार हो । मोर्चाबन्दी त्यहाँबाट भएको हो, माओवादीबाट होइन । हामीलाई झस्काउने काम उनीहरूले चारबुँदे सहमति कार्यान्वयन गर्न नमानेर गरे ।

 राजनीतिक समिति बनाउनै ८-९ महिना लाग्यो । भएको सहमति कार्यान्वयन नगर्ने र हामीलाई साँघुरोतिर धकेल्न खोजेर सोच्न बाध्य बनाएका हुन् । हामीले उनीहरूलाई सहमतिबाट संविधान बनाउने कुरा गर्‍यौं । 

संविधानसभाको पहिलो बैठकमा सुशील कोइराला, केपी ओलीले सहमतिको प्रयास हुन्छ, भएन भने प्रक्रियाबाट संविधान बनाउने भन्दिनुभयो । तर सहमति बनाउनेमा ध्यानै थिएन । यस्ता कारणले प्रतिवाद गर्न समान मुद्दा लिएका पार्टीहरू एक ठाउँमा नउभिने हो भने हेपेर लाने भए भन्ने भयो । त्यसैले हाम्रो बाध्यात्मक मोर्चा हो । 

मधेसी, जनजातिसँग तपाईंहरूको गठबन्धन कति लामो जान्छ ?
पहिचानसहितको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तमा हामी एक छौं । यी चार कुरामा सैद्धान्तिक रूपमा समानता छ । यसका आधारमा गठबन्धन बनेको हो । यी कुरा प्राप्त नभएसम्म गठबन्धन टुट्दैन । सहमतिबाट संविधान बनाएर यी चार कुरा त्यसमा राखेपछि मात्र २२ दलीय गठबन्धनको औचित्य सिद्धिन्छ । 

कांग्रेस, एमालेले मधेसवादी नेतालाई बोलाउँदै, भेट्दै 'किन माओवादीको पछि लागेको' भनेको सुनेका छौं । विजय गच्छदार र उपेन्द्र यादवलाई बोलाएर 'कुन मन्त्रालय चाहियो' भनेका छन् । यता हामीलाई 'मधेसी बोकेर हिंड्दै छौ, कुन दिन मधेसी दलले तिमीहरूलाई बीच बाटामा छाड्छन्' भन्छन् । यो मोर्चा फुटाउने प्रयास जारी छ ।

 मुद्दामा आधारित भएको हुनाले अहिल्यै त मोर्चा फुटाउन सक्दैनन् । तर एमाओवादी र खासगरी प्रचण्डलाई कसरी कमजोर पार्ने भन्नेमा सबैको ध्यान छ । त्यसैले हाम्रो गठबन्धन धेरै लामो समयसम्म रहिरहन्छ भन्नेमा विश्वस्त छैन । मैले साथीहरूलाई 'दह्रोसँग खुट्टा टेक्नुस्' भनिरहेको छु ।
तपाईंले २२ दलीय सभामा २२ दलले छुट्टै सरकार बनाउने कुरासमेत गर्नुभयो । रोल्पा गएर बंकरमा सुत्ने, विद्रोह गर्ने पनि भन्नुभयो । तपाईं यस्ता चर्का अभिव्यक्ति किन दिनुहुन्छ ?
तपाईंहरूले मेरो भनाइ पुरै सुन्नुपर्‍यो, एउटा-दुइटा वाक्य सुन्यो भने त जता अर्थ लगाए पनि हुन्छ । मैले केही गलत बोलेको छैन । 'कांग्रेस-एमालेले गलत बाटो लिएका छन्, उनीहरूले सहमतिको प्रक्रिया तोड्दै छन्' भनेको छु । मैले जोड दिएर भनेको छु, शान्ति प्रक्रियाबाट बाहिर जाने कुरा हुन सक्दैन । 

लोकतान्त्रिक विधि प्रक्रियाबाट बाहिर जाने कुरा हुन सक्दैन भनेर मैले पाँचथर, जनकपुर, धनगढी र रोल्पामा भनेको छु । कांग्रेस-एमालेले प्रस्ताव ल्यापछि मैले भनेकै हो- उनीहरू शान्ति सम्झौता तोड्नेतिर गए । यो सरकार र संविधानसभा हिजोकै सहमतिका परिणाम हुन् । उनीहरूले सहमति र सम्झौता तोड्ने हो भने सरकारमा बस्ने राजनीतिक, वैधानिक र नैतिक अधिकार हुँदैन मैले भनेकै हो ।

 यदि शान्ति सम्झौतालगायत अन्य सहमति तोड्ने काम गरिरहने, जनतालाई अपमान गरिरहने हो भने हामी सरकार बनाउन स्वतन्त्र हुन्छौं भनेको हो । त्यसबेला जनतालाई आफ्नो प्रदेश आफैं घोषणा गर्ने अधिकार प्राप्त हुन्छ । त्यसबेला प्रतिपक्षलाई सरकार चलाउने अधिकार हुन्छ । त्यसबेला कांग्रेस-एमालेसँग राजनीतिक र नैतिक रूपमा सरकार चलाउने अधिकार रहन्न । त्यसैले कांग्रेस-एमालेले बेलैमा सोचून् ।
अहिले सत्ता बाँडफाँडको कुराले पनि दलहरूबीच झगडा बढाएको भनिन्छ नि ? तपाईंहरू पनि सरकारको दौडमै हुनुहुन्छ, हैन र ?
हाम्रो होइन, कांग्रेस-एमालेको ध्यान जहिले पनि सरकारमा छ । यो कुरा जनताले बुझ्न जरुरी छ । अहिले केपी ओलीलाई प्रधानमन्त्री हुने हतारो, सुशील कोइरालालाई राष्ट्रपति हुने हतारो छ । आफ्नो पालामा संविधान बन्यो भने त्यसपछि राष्ट्रपति भएर आरामसँग बस्ने हतारोले देशलाई दुर्घटनाबाट बचाउनेतिर ध्यान गएको छैन । प्रक्रियामा जाने हतार गर्नुको कारण यही हो । 

हामीले सरकारमा जाने सोचेका छौं भन्नु बिल्कुल गलत हो । गएको चुनावमा हामीलाई जेजे गरेर भए पनि संविधानसभामा तेस्रो बनाइयो, यस्तो अवस्थामा हामी सरकारमा जानु गलत हुन्छ, संविधान बनाउनमै केन्दि्रत हुनुपर्छ भनेर केन्द्रीय समिति बैठकबाट निर्णय गरेका छौं । एकपटक मैले यो कुरा अलिकति गरेको के थिएँ, माओवादी सरकारतिर लाग्यो भने ।

त्यसबेला सुशीलजी क्यान्सर भएर दोस्रोपटक उपचार गर्न अमेरिका जानुभएको थियो । त्यसबेला हल्ला ठूलो चल्यो । दुर्घटना भयो भने राष्ट्रिय सरकार बनाउनु उचित हुन्छ, त्यसो भयो भने सहमतिले संविधान बनाउन सकिन्छ भन्ने तर्क त्यसबेला मैले गरेको हो । तर, सुशीलजी त हिरो भएर आउनुभयो । यो हामीलाई खुसीको कुरा हो । त्यसपछि हाम्रो ध्यान सरकारतिर बिल्कुल छैन ।
नेताहरू बैठक कोठामा एउटा र बाहिर अर्को भाषण गर्छन् भन्ने आरोप छ नि ?
कांग्रेस-एमालेले संवाद समितिको बैठकमा प्रस्ताव पेस गरेपछि मैले 'तपाईंहरूले धोका, विश्वासघात गर्नुभयो, शान्ति सम्झौता तोड्नुभयो' भनें । त्यही कुरा मैले बाहिर पनि भनेको छु । हाम्रो विशेषता के छ भने हामी (नेताहरू) झगडा गर्दागर्दै पनि बसेर कुरा गर्न सक्छौं ।

छलफल गर्ने तर सहमति नहुने नराम्रो पक्ष पनि छ । हामीले ठूल्ठूला परिवर्तनको नेतृत्व गरेको कुरा पनि जनताले बिर्सेका छैनन् । गणतन्त्र, शान्ति प्रक्रियामा ठूला सहमतिहरू हामीबाटै सम्भव भएको पनि भुलेका छैनन् । त्यसैले केही गुनासो भए पनि नेताहरूप्रति जनताको विश्वास मरेजस्तो लाग्दैन ।
अहिले दलहरूबीच सहमति हुन सक्ने आधार के हुन सक्छ ?
भर्खरै भन्ने हो भने संवाद समितिमा जे अवरोध भएको छ, त्यो हट्नुपर्छ । कांग्रेस-एमालेले ४३ जनाको हस्ताक्षर फिर्ता गर्नुपर्छ । त्यो हस्ताक्षरले सहमतिको प्रक्रिया भाँड्दै छ । हस्ताक्षर गरेर बहुमत देखाउने प्रावधान न नियमावलीमा छ, न त संविधान र विधानमा । उहाँहरूलाई प्रधानमन्त्री र राष्ट्रपति बन्ने हतारोले गर्दा हस्ताक्षर आएको हो । उहाँहरूले पेस गरेको नौबुँदे प्रस्ताव विगतमा अन्य दलले पेस गरेजस्तै प्रतिवेदनको अनुसूचीमा राखेर संविधानसभामा पठाउन सकिन्छ । 

नियमावलीले झ्यालबाट आएको प्रस्तावलाई पठाउनुपर्छ भन्ने छुट दिएको छैन । उहाँहरूले नमानी सुख पाउनुहुन्न । नमाने रोकिरहन्छ । कांग्रेस-एमालेले संघीयतालाई संघीयताकै रूपमा बुझ्नुपर्छ । सवाल सात, आठ, दस प्रदेशको होइन, पहिचानअनुसारको संघीयता हो कि होइन भन्ने हो । प्रदेशको संख्या तलमाथि हुन सक्छ । नेपालले कति धान्ला भन्ने कुरा पनि छ । 

पहिचानमा आधारित संघीयता नभई कुरा मिल्दै मिल्दैन । समानुपातिक समावेशी हटाउने कुराले ठूलो मुठभेड ल्याउँछ जस्तो लाग्छ । उनीहरू नराम्रोसँग जनताको घेरामा पर्ने छन् । कांग्रेस-एमालेलाई भनेका छौं, संविधानसभामा प्रस्ताव राख्नुस्, दुई तिहाइ छ भने संविधानसभाबाटै गर्नुस् । हामी मानौंला-नमानांैला अर्कै कुरा हो, संवाद समितिमा किन बल गर्नुहुन्छ भनेको हो । खासमा संवाद समितिबाट प्रस्ताव नपठाए मतदान हुँदो रहेनछ । कांग्रेस नेताहरूले मतदान गर्न खोजेको होइन भन्छन्, तर व्यवहारमा त्यही देखिन्छ । 

हामी संवाद समितिबाट पठाउन बैठक बसेका थियांै, कांग्रेस-एमालेको प्रस्तावलाई अनुसूचीमा राखेर पठाउने कुरा भयो । प्रधानमन्त्रीजीले यो 'एनेक्स' भनेको के हो भन्दा मैले मोबाइल डिक्सनरी खोलेर देखाएँ । उहाँले त्यसरी पठाउन मान्नु पनि भएको थियो । 

कांग्रेसका केही सभासदले पनि ठिकै छ भनेका थिए । त्यसपछि सभापतिले गएर यसरी पठाउने कुरा राख्ने, कांग्रेस नेता रामचन्द्रजीले अलिकति कुरा राख्ने सल्लाह भयो । तर, रामचन्द्रजीले बोल्दा त गोजीबाट कागज निकालेर सुशीलजीसहित ४३ जनाको हस्ताक्षर पेस गर्नुभयो । त्यसपछि स्थिति नाटकीय ढंगले अर्को ठाउँमा गयो । 

त्यसपछि बाबुरामजीले आफूविरुद्ध हस्ताक्षर आइसकेपछि कानुनविदसँग सल्लाह गरेर मात्र अघि बढ्ने भनेपछि बैठक अवरुद्ध भयो । अहिले प्रधानमन्त्रीजी पनि 'रामचन्द्रले के गरे, के गरे' भन्नुहुन्छ । तर यो रामचन्द्रजीको मात्र काम भने होइन ।
तपाईंहरू, नेता र दलहरू, को किचलोले परिवर्तनविरोधी दक्षिणपन्थी धार सशक्त हुँदै आएको जस्तो लाग्दैन ?
संविधान बनाउन ढिलाइ हुँदा त्यो शक्तिले प्रश्रय पाउँछ । तर, मलाई त्यो शक्ति ठुलै भएर आएर उत्पात भइहाल्छ भन्ने लाग्दैन । जनता सचेत छन् । तर समस्या के छ भने कांग्रेस-एमालेभित्रै प्रतिगामी सोच भएका मान्छे छन् । मैले पटकपटक गिरिजाबाबुलाई सम्झनुपर्ने कारण यही हो । गिरिजाबाबु धेरै ठक्कर खाएर, हामीसँग सहमति गरेर गणतन्त्रमा आउनुभएको हो ।

 यो कुराबाट हालका कांग्रेस सभापति र एमाले अध्यक्ष खुसी थिएनन् । बैठकमा कुरा गर्दा कांग्रेस-एमालेका नेताहरूले भन्न थालेका छन्, 'संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता हाम्रो होइन ।' त्यसकारण हामीले यी कुरा छाडे हुन्छ भनेर खुलेआम भन्न थालेका छन् । 

अहिले नेकपा-माओवादीका नेता नेत्रविक्रम चन्दले पनि विद्रोहको कुरा गर्दै छन्, तपाईं पनि यस्तो कुरा गर्नुहुन्छ । कतै तपाईंहरूबीच त तालमेल छैन ?
मैले शान्ति सम्झौतालाई दृढतापूर्वक कार्यान्वयन गरौं, अन्तरिम संविधानलाई कार्यान्वयन गरौं भनेको छु, सहमतिबाट संविधान बनाऔं भनेको छु । 

उहाँहरू 'संविधानसभाको कामै छैन' भन्दै त्यो बहिष्कारै गर्नुभयो । चुनावका बेला ममाथि बम हान्ने र मेरो अहिले एउटै कुरा होला भनेर सोच्नेहरूलाई के भन्ने ? हामीलाई संविधानसभा तोडिन्छ भन्ने चिन्ता छ, उहाँहरू संविधानसभा नै चाहिँदैन भन्दै हुनुहुन्छ । कसरी हामीबीच तालमेल हुन सक्छ ? 

दुई माओवादीबीच पार्टी एकताको कुराचाहिं कहाँ पुग्यो ?
वैद्य र विप्लवसँग पनि मेरो कुरा त भइरहेको छ तर तत्कालै एकता हुने देखेको छैन । संविधान बनाउने कुरामै हाम्रो मतभेद छ । वैचारिक-राजनीतिक आधार बनिसकेको छैन ।

ईकान्तिपुरबाट

नेपालमा संसदवादीबाट राजनैतिक बेइमानी र धोका भयो

Posted by dadad | Wednesday, November 26, 2014 | Posted in

नेत्रविक्रम चन्द ‘विप्लव‘, सचिव, नेकपा-माओवादी
अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङकन गर्नुभएको छ ? 
नेपाली राजनीति यतिबेला क्रान्ति र प्रतिक्रान्तिमा केन्द्रीत भइरहेको छ । परिस्थिति दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । 

शान्तिकालको प्रारम्भमा सहकार्यमा आएको एउटा संसदवादी पुँजीवादी शक्ति दलाल पुँजीवादी शक्तिमा नाङ्गोरुपले पतन हुँदै राज्यमा प्रतिक्रान्ति गर्नेतर्फ गईरहेको छ ।

अर्को, नेपाली जनता र माओवादी पार्टी शान्तिकालमा आउँदा भएका सहमति र अग्रगामि राजनैतिक निकास अर्थात् जनयुद्धकालका जनताका मागहरुलाई पूरा गर्दै राज्यलाई नयाँ बनाउँदै जनताको संविधान दिनुपर्दछ भन्ने पक्षमा खडा भएका छन् । यी दुई प्रवृत्ति बीचको संघर्षमा देश तानिँदै गएको छ ।

यहाँनेर ध्यान दिनुपर्ने मामिला यो छ कि जतिसुकै षड्यन्त्रका बावजुद क्रान्तिमाथि प्रतिक्रान्ति हावी हुने संभावना देखिँदैन । भविष्य क्रान्तिको नै उज्यालो छ ।



माघ ८ मा संविधान जारी गर्ने कुरा संविधानसभा भित्रका दलहरुले उठाइरहेकाछन्, तपाईहरुले संविधानसभाको चुनाव बहिस्कार गर्नुभयो सविधान जारी हुने स्थितीमा तपाईहरु के गर्नुहुन्छ ?
केही दल र दलका मान्छेहरुले माघ ८ मा संविधान बन्ने अझ माओवादीबिना पनि बन्ने प्रचार गर्दै हिँडेका छन् । तर ति मान्छेहरु भित्तामा टाउको ठोकिएपछि बुद्धि आउने खालका मान्छे हुन् जस्तो लाग्छ । उनीहरुलाई के कुरा थाहा होला भने संविधानसभाको माग गर्ने अनि पछिल्लो समयमा राष्ट्रिय राजनैतिकसभाको माग गर्ने माओवादी पार्टी र श्रमिक जनता संविधानसभा भन्दा बाहिरै छन् ।



माओवादी जो शान्ति प्रकृयाको मुख्य हिस्सेदार शक्ति हो, त्यसको असहभागितामा संविधान बन्ला या बने पनि समस्या हल होला भनेर विश्वास गर्ने को छ ? 

म त माओवादीबिनाको राज्य, माओवादीबिनाको संविधान अकल्पनीय कुरा हो भन्ने ठान्छु । कथम् बनाई हालेछन् भने पनि त्यसको औचित्य रहनेछैन ।

यसो भन्दाभन्दै पनि संविधान कसैबाट फुक्न लगाइन सक्छ, तर सबैले हेक्का राखे हुन्छ त्यो चाल कदापि सफल हुने छैन । हामी संसदीय संविधान र संसदीय व्यवस्थाको विरुद्ध प्रतिरोध संघर्ष अगाडि बढाउने छौं  ।
एकीकृत माओवादी र नेकपा—माओवादीबीच पार्टी एकताको चर्चा चलिरहेको छ, वास्तविकता के हो ?
वास्तवमा क्रान्तिकारीहरुबीचको एकता निकै महत्वपूर्ण र आवश्यक कुरा हो । अपसोच् एमाओवादी र हाम्राबीचमा केही निकै फरक राजनीतिक नीति र कार्यक्रमहरु छन् ।

जस्तो कि उहाँहरु राजनैतिक क्रान्ति पूरा भइसक्यो अब आर्थिक क्रान्ति मात्र बाँकी छ भन्नुहुन्छ । हामी नेपालमा राजनैतिक सत्तानै परिवर्तन भएको छैन, पहिले जनताको राज्य निमार्ण गर्नुपर्दछ भन्छौं ।



उहाँहरु सत्ता परिवर्तनको संघर्षलाई सहायक वनाउनु हुन्छ ,हामीले राजनैतिक सत्ता परिवर्तन गर्ने संघर्ष नै मुख्य हो भन्छौ । उहाँहरु एकथान संविधान बनाउनेतिर हुनुहुन्छ, हामी त्यो तरिकाले हुँदैन जनताको संविधान नबन्ने भएपछि अर्को अधिकारसम्पन्न राजनैतिक सभा निर्माण गरौं भन्छौं । उहाँहरु गाईभैसी पाल्ने संघर्ष मुख्य हो भन्नु हुन्छ, हामी जनताको सेवा गर्ने गरी कार्यकर्ता परिचालित हुनु पर्दछ भन्छौं ।



उहाँहरु राष्ट्रिय स्वाधिनतालाई सहायक बनाउनुहुन्छ, हामी मुख्य समस्या मध्ये हो भन्छौं । यी यस्ता अन्तरहरु हुन्, जसको अन्त्य नभए या यी कुराहरु एकरुपतामा नआई एकता संभव छैन ।



यसलाई हामीले गन्तव्य सहितको एकता भनेका छौं । गन्तव्य सहितको एकता मात्र वास्तविक एकता र सफतासम्म पुगाउने एकता हुन्छ । गन्तव्यबिनाको एकता चोकको जमघट जस्तो हुन्छ । बाटो आफनै, उद्देश्य आफ्नै चोक भएकोले मान्छेको भिड देखिने मात्र । यस्तो एकता गर्नुहुँदैन । वास्तविक एकता मात्र गर्नुपर्दछ ।



यसको मतलव सधैंलाई एकता सम्भव छैन या गर्नुहुँदैन भन्ने चाहिँ होइन । हाम्रो विचारमा माओवादीहरुको बीचमा एकता हुन्छ । तर नयाँ प्रक्रियामा त्यो पूरा हुने देखिन्छ ।

नेकपा—माओवादीभित्रको अन्तरविरोध विभाजनको तहसम्म पुगेको प्रचारमा आएको छ त्यसको सत्यता के हो ? 
हाम्रो पार्टीमा क्रान्तिको कार्यदिशाको बहस भइरहेको साँचो कुरा हो । त्यो सामान्य होइन निकै गंभीर र गहनखालको भएको पनि सत्य हो । यसको उद्देश्य एक मात्र छ, त्यो हो नेपालमा जुनखालको राजनैतिक बेइमानी र धोका संसदवादी दलहरुबाट भयो साथै जबरजस्ती पुरानो राज्यसत्तालाई जनतामाथि लाद्ने खेल चल्दैछ, त्यसलाई परास्त गर्ने र जनताको राज्य सत्ता निर्माण गर्ने ।



यसका लागि पहिले त पार्टीलाई सही राजनैतिक कार्यदिशा या क्रान्तिकारी कार्यदिशा चाहियो । क्रान्ति सम्पन्न गर्नका लागि यो अनिवार्यरुपले पूरा गर्नुपर्ने आधार हो । हामी त्यसैको लागि यो बहस गरिरहेका छौं । यो कुनै पार्टी फुट र एकताको कुरा नै होइन । अझ यो संगठनात्मक कुरा त हुँदै होइन । यो त निकै नै गम्भीर राजनैतिक लाइनको कुरा हो ।



यहाँ एकदमै गलत कुरा छ कि पार्टीमा सही विचार, नीति, कार्यक्रमको बहस हुँदासाथ फुट र एकताको प्रचार सुरु भइहाल्छ । अझ त्यसमा पनि फुटकै बढी प्रचार गरिन्छ । यसको पछाडि प्रतिक्रियावादीहरुको जनतालाई गलत सन्देश दिने र निरास बनाउने जाल अनि अवसरवादीहरुको बहसलाई मुख्य मर्मबाट विषयान्तरण गर्ने, भ्रम फैलाउने, आफनो अवसरवादी अनुहार लुकाउने र अवसरवादी राजनीति लाद्ने नियत दोषी देखिन्छन् । अर्थात् यस्तो प्रचार क्रान्तिकारीलाई कमजोर बनाउने र जनतालाई निरास बनाउने जाल हो । यसमा कोही पनि भ्रममा पर्नुहुँदैन । जब कि माओले नै भन्नु भएको छ कि ‘राजनैतिक कार्यदिशाले नै सबै कुराको फैसला गर्दछ ।’

पार्टीमा भइरहेको बहसलाई कसरी सुल्झाउने भन्नेबारेमा अध्यक्ष कमरेड किरणसँग गम्भिर छलफल चलिरहेको छ । हामीले भनेका छौं, मिल्छ एकमतका साथ क्रान्तिकारी कार्यदिशा निमार्ण गरेर जाउँ । मिल्दैन, छिट्टै विशेष विधि र नीतिको प्रयोग गरेर पार्टीलाई एउटै धारमा जाने बनाऔं । आशा छ, हामी एउटा सार्थक निस्कर्षमा पुग्नेछौं ।

साथै हामीलाई पूर्णरुपले के विश्वास छ भने नेपाली क्रान्तिमा आइलागेको कठिन राजनैतिक मोडलाई सुल्झाएर अगाडि बढ्नेछौं ।  जब कि माओले भनेको या हामीले मानेको सच्चाइ त एकताको मुख्य आधार भनेको राजनैतिक विचार कार्यदिशा हो । यदि सही कार्यदिशा छ र बनाइन्छ भने एकता हुँदै जान्छ । गलत बन्न गयो भने फुट र पराजय हुँदै जान्छ ।

 स्रोत: लाल मजदुर डटकम

म सबैसँग बोल्छु, गर्लफ्रेण्डसँग मात्रै मस्किने काम गर्दिन

Posted by dadad | Sunday, November 23, 2014 | Posted in , , ,

बाग्लुङ जिल्ला अमलाचौर गाविसमा जन्मीएर कलाकारीता र सञ्चार क्षेत्र दुवैमा राम्रो नाम कमाउन सफल व्यक्ती हुन् कृष्ण अखेली । सञ्चार क्षेत्रमा लागेर राम्रो प्रभाव बनाउन सफल कृष्ण हिजो आज देशमा हुने मेला महोत्सवका कार्यक्रममा समेत पनि व्यस्त देखिन्छन् ।

पर्वत जिल्ला सदरमुकाममा रहेको रेडियो कुशुममा कार्यक्रम संयोजकको जिम्मेवारी सम्हालिरहेका कृष्ण यस अगाडि पर्वतकै रेडियो पर्वतमा पनि लामो समय काम गरिसकेका छन ।
२०६६ साल देखि रेडियोमा आफ्नो बोली घन्काउन थालेका उनले कलाकारीता भने २०६३ सालबाट शुरु गरेका हुन् ।

आजको दिन सम्म आइपुग्दा उनले दुई दर्जन भन्दा बढि एल्बम्हरुमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । कलाकारीता र सञ्चार क्षेत्रमा लाग्न आफ्नो दाजु शिव अखेलीको महत्वपुर्ण हात रहेको बताउने कृष्णमा आफ्नो बोलीबाटै धेरैलाई प्रभाव पार्न सक्ने खुवि रहेको छ ।
गायन, लेखन र सञ्चार क्षेत्रमा सयम व्यवस्थापन राम्रो गरिरहेका अखेलीले आज सम्म एक सय जति कलाकारको अन्तर्वार्ता समेत प्रस्तुत गरिसकेका छन । उनै कृष्ण अखेली सँग नेपालीमाटोकर्मी कृष्ण आचार्यले कुराकानी गरेका छन् ।

कृष्ण जी, सञ्चार क्षेत्रमा लागेर कलाकारीता गर्नेहरु मध्ये तपाई पनि पर्नुहुन्छ । सञ्चार क्षेत्रामा लागेको भएर कलाकारीता गरेको कि, कलाकारीता गर्ने भएर सञ्चार क्षेत्रमा लागेको ?


म सानै देखि कला क्षेत्रमा निकै चासो राख्थें । त्यसैले होला शुरुमा त म कलाकार नै बनेँ, त्यस पछाडी मलाई मेरो दाजु शिव अखेलीले सञ्चार क्षेत्रमा पनि लाग्न प्रेरित गर्नुभयो । अनि मात्र यो क्षेत्रमा आएँ । छोटो समयमानै श्रोताको धेरै माया पाउन सफल भएँ । त्यसैले अहिले सञ्चार र कला दुवै क्षेत्र लाई  संगसंगै अगाडी बढाइरहेको छु ।

सञ्चारकर्मीहरु आज भोलि भटा भट कलाकार बनिरहेका छन । आफ्नो गित एकलौटि रेडियोमा बजाउन पाइन्छ भनेर हो ?

कुरा अलि गंभिर छ, आज भोली न कला क्षेत्र आर्थिक हिसाबले समृद्ध छ, न त सञ्चार नै । फेरी कला र सञ्चार दुवै एक अर्काका परिपुरक जस्तै हुन त्यो अर्थमा सञ्चार क्षेत्रबाट कला क्षेत्रमा र कला क्षेत्रबाट सञ्चारमा आउने जाने क्रम चलेको छ । तर गीत नै बजाउन भनेर चाँही होईन । राम्रो र गुणस्तरीय  गीत संगीत सिर्जना गर्न सके गित वजाउन रेडियो मै काम गर्नु पर्छ भन्ने छैन ।

तपाइलाई आफ्नो गीत रेडियो बाट अत्याधिक बजाउ छ, भन्ने आरोप छ नी कुरो के हो ?
खै कसरी यो प्रश्न आयो मलाई त त्यस्तो लाग्दैन, अव मैले लोक संगीतका कार्यक्रमहरु सञ्चालन गर्ने भएपछि आफ्नो गित नवजाउने कुरा भएन बजायो यस्तै कुरा आउँछ । तर यहाँले भन्या जस्तो चाँही होइन, पालो अनुसार नै बज्ने गरेको छ, अव भने श्रोतालाई भन्नु पर्ला मेरो गीत बजाउदिन है भनेर ।

सञ्चार क्षेत्रमा काम गर्ने र कलाकारीता गर्ने व्यक्तिहरुको त धेरै गलफ्रेन्ड हुन्छन् भन्नछन् तपाईको कत्तीको छन् नी ?

साथि नहुने त प्रश्नै भएन, धेरै छन् । मलाई स्वभाविक लाग्छ कला क्षेत्रमा भए पछि केटा केटि उत्तिकै साथि हुन्छन तर कुरा संवन्धको हो । म सबै संग बोल्न हाँस्न रुचाउँछु तर यहाँले सोध्न खोज्या जस्तो गलफेन्डलाई रेस्पोन्स गर्ने अनि अरु साथिलाई वेवास्ता गर्ने चाँहि गर्दिन । म सबैलाई समान ब्यवाहर गर्छु ।

विगतको तुलनामा सञ्चार क्षेत्रमा काम गर्नेहरुको भ्यालु घटिरहेको छ भन्न् छन हो ?
त्यस्तो होइन, नराम्रो काम गर्ने, मेहेनत नगर्ने को हिजो पनि भ्यालु थिएन र आज पनि छैन । तर मेहेनत गर्ने अनि सञ्चार क्षेत्रलाई बुझेर राम्रो काम गर्ने हरुको झन आज धेरै महत्व छ । धेरै चर्चा हुन्छ धेरै खोजी हुन्छ धेरै सम्भावना हरु थपिएका छन । कुरा मेहेनत लगनशिलता र निरन्तरताको हो ।
सञ्चार कर्मीहरुले त गित बजाउन अन्तरवार्ता गर्न पनि कलाकारहरु सँग पैसा माग्छन रे नी ?

खै मैले त त्यस्तो सुनेको छैन, तर यहाँले भनेजस्तो गित बजाउनका लागि सञ्चारकर्मी लाई दिने पैसा आजभोली कलाकार संग छैन, पहिले जस्तो एल्बम् निकालेर लाखौ कमाउने दिन गए, थियो होला कुनै समय त्यो पनि । तर आज भोली पैसा भए गीत प्रोमोसन गर्ने कलाकारका अन्य धेरै  तरिकाहरु छन ।

तपाईले त रेडियो फेरी फेरी काम गर्नु भा छ, पैसा नदिएर हो कि अबसर ले ? त्यस माथी सञ्चार क्षेत्रमा काम गर्नेको गोजी खाली हुन्छ भन्छन !

म हिजो सञ्चार क्षेत्रमा लाग्दा मेरो ब्यस्तता अलि कम थियो । अहिले धेरै ब्यस्त छु । कला र सञ्चार दुबै क्षेत्रलाई सहज हिसाबले अगाडी बढाउन मिल्ने अवसर आयो त्यसैले अहिले यहाँ छु । म धेरै सन्तुष्ट छु । अहिले सञ्चार बाट पनि उचित पारिश्रमिक समयमै पाएको छु भने यसका कारण मेरो गीत संगीतको काम पनि राम्रो भएको छ । तर हिजो जस्तो गोजी खालि गरेर हिडनुपर्ने अवस्था आज छैन ।

कृष्णले लय सृजना गरेको र उनै प्रस्तुति रहेको कलाकारले देखे गितको म्युजिक भिडियो यस्तो रहेको छ ।


दश पटक सोचेर मात्र कलाकारीता

Posted by dadad | Monday, November 3, 2014 | Posted in ,


विगत लामो सयम देखि सुनिदै आएको लोक दोहोरी गायकको नाम मध्ये कुलेन्द्र विश्वकर्मा को नाम पनि एक हो । दश उत्कृष्ट गायम भित्र उनको नाम सजिलै राख्न सकिन्छ । 

आर्थिक रुपले होस या चर्चाको हिसावले होस सफल गायकको रुपमा कुलेन्द्र विश्वकर्माको पनि नाम आँउछ । धौलागिरी अञ्चल पर्वत जिल्लाको फलामखानी गाविसमा जन्मीएका विश्वकर्मा कडा मेहनत र संघर्षले नै आफु लोक संगित क्षेत्रमा सबैले चिन्ने भएको र  टिकिरहेको बताउछन । 

जस्तो सुकै गितलाई पनि न्याय गरेर गाउन सक्ने खुबी भएका कुलेन्द्र विश्वकर्मा वि.सं.२०६२ सालमा कलाकार हुने सपना बोकेर काठमाण्डौ छिरेका थिए । उनी आफ्ना सुरुका दिनहरु निक्कै नै कष्टकर भएको बताउछन । 

स्वर परिक्षा दिनकै लागि आफुले सिंहदरवार बाहिर खुल्ला आकाशमा धेरै दिनहरु काटेको सम्झन्छन । विगतमा चाउचाउको भरमा धेरै दिनहरु काटेको सम्झदै त्यही कठिन यात्राले आफुलाई यो स्थान सम्म ल्याइपुराएको उनको भनाई छ ।

संघर्ष र मेहनत नुहुने हो भने आजको जस्तो गित संगितको संकटकालिन अवस्थामा टिक्न नसक्ने उनको धारणा छ । देश विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त भइरहने कलाकार विश्वकर्मा आफुले गित संगितमा अझै धेरै सिक्न बाँकी रहेको धारण व्यक्त गर्छन् । आज उनै कलाकार विश्वकर्मा सँग नेपाली माटोका लागि कृष्ण आचार्यले कुराकानी गरेका छन् ।


कुलेन्द्र जी, गित संगितको यात्रा कस्तो चलिरहको छ ?
विगतको अवस्था र अहिलको अवस्था हेर्ने हो भने, गित संगितले धेरै फड््को मारिसकेको छ । विगतमा एल्वम्को विक्रि विरण हुथ्यो । हामीहरुलाई पनि राम्रो थियो सर्जक र लगानी गर्नेहरुलाई पनि राम्रो थियो तर आज भोलि व्यापार प्राय घाटामा छ । हामीले त गित गाउन पाएका छौं तर सर्जक र लगानीकर्ता घाटामा छन् । यस्तो अवस्थामा पनि सर्जकहरु थपिने क्रम त रोकिएको छैन, तर व्यवसायिक पाटो दयनीय छ ।

अब आफै पनि तपाईले अनुमान लगाउन सक्नुहुन्छ, यस्तो अबस्थामा हाम्रो यात्रा कत्तिको कठिन छ भन्ने कुरा । यो क्षेत्रमा हामीले गित गाईरहन पाउनको लागि सर्जकको पनि लगानी सुरक्षाको पाटो महत्वपुर्ण हुन्छ । जुन आज भोलि हुन सकिरहेको छैन ।

कलाकार बन्नकै लागि २०६२ सालमा काठमाण्डौ आउनु भएको हो ?
गाँउघरमा हुने कार्यक्रममा गित गाँउदा सबैको स्यावासी पाइन्थ्यो । सबैले ‘तँ राम्रो कलाकार बन्छस, स्वर राम्रो छ’ भन्ने गर्थे । त्यही आधार र आफुलाई पनि लोक गित गाँउन मन पर्ने भएको हुँदा कलाकार बन्नकै लागि काठमाण्डौ आउने निधो गरेको हुँ । 

तर यहाँ आएपछि थाहा भो, हामीले सोचेजस्तो रैन रहेछ वातावरण । जिउनकै लागि र स्थापित हुनकै लागि कडा मेहनत र संघर्ष गर्नु पर्ने रहेछ । नयाँ कलाकार भने पछि सबैले हेला गर्ने र खुट्टा तान्ने प्रवृत्ती छ । त्यसैले सुरुका दिन त कठिन भ । विस्तारै म केहि स्थापित हुन थाले पछि मलाई सबैले मायाँ गरे । र आज यो स्थानमा आईपुगेँ । 

अनि तपाईको गित गाउने सपना कसरी साकार भयो  ?
हामी सँगै बस्ने मेरा मित्र जिवि गहतराजले मेरो मेहनत र स्वर सुनेर मलाई पहिलो पटक गिति एल्वम  ‘के छ हालचाल’  मा गित गाउने अवसर दिनु भो । उहाँ सँगको भेट मेरो लागि जीवनमा सांगितिक क्षेत्रको सुनौलो भेट भयो । त्यस पछि बसन्त थापा, प्रहल्लाद सुवेदी लगायत धेरै साथीहरुको मायाँले मलाई गित संगितमा स्थापित गराउन सहयोग पुर्याएको छ । 
तर, मलाई गित गाँउने गायककै रुपमा चिनाउने काम भने बसन्त थापा र प्रहल्लाद सुवेदीको गितीएल्वम ‘नजाउ है सानु पँधेरीमा’ले गरेको हो । पछिल्लो समयमा एकनारायण भण्डारी, शिव सुवेदी, शिव हमाल, नवराज पौडेल लगायत धेरै सर्जकहरुको मायाँ पाएको छु ।

साथै हाम्रो लागि सबै भन्दा ठुला भगवान स्रोता हुन् । उहाँहरुले पनि आजको दिन सम्म मायाँ गरिरहनु भएको छ । कुलेन्द्र विश्वकर्मा को स्वर मन पराईदिने र गित सुनिदिनु भएको छ । त्यही मायाले हामीलाई सबै थोक दिएको छ ।

गायन क्षेत्रमै टिकिरहन त कठिन छ हैन र ?
पक्कै पनि हो । विगतमा जस्तो सहज छैन । त्यस माथी आज भोलि सबै जना कालाकार बन्ने र नाम कमाउने लहैलहैमा लागेका छन् । त्यसले गर्दा पनि व्यवसायीक रुपमा गित गाउने कलाकारका लागि असर परिरहेको छ । यसको अर्थ यो नलागोस की, अरुले गित गाँउनै हुँदैन । 

तर आज भोलि लोकदोहोरी प्रेमी स्रोताहरुले पनि गुनासो गर्न थाल्नु भएको छ, ‘हाम्रो गित संगित भद्रगोल भो यसरी हुँदैन ।’ यही अवस्था रहिरहने हो भने हामी कलाकारहरुलाई यो क्षेत्रले धान्न सक्दैन र नयाँ अनुहारलाई पनि सम्मान दिन सक्दैन ।

कलाकारीतामा त एक पटक चम्कने अनि अस्ताउने क्रम चलिरहन्छ, तर तपाई विगत दश बर्ष देखि समान देखिनु भएको छ नि ? यसको खास राज के हो ?
यो सबै स्रोताहरुको हातको कुरा हो । मैले गाएको गितहरु मन नपराइदिएको भए म आज यो स्थानमा हुने थिइन । विगतमा लक्ष्मी न्यौपाने दिदीसँग पनि मैले गित गाएको हुँ । त्यस्तै विमाकुमारी दुरा, शर्मिला गुरुङ हुँदै आजका टिका पुन, देवि घर्ति लगायत पुर्णकला विसिसँग पनि गाउने अवसर मलाई मिलेको छ । मलाई अझ आशा छ, आगामी दिनमा अझ नयाँ अनुहारसँग पनि गित गाउने अवसर मलाई मिल्ने छ । 

आगामी दिनमा स्रोताको लागि नयाँ कोशेलीहरु के के छन तपाईका ?
शिव अखेली भाईको मुस्ताङको काखबाट, मलाई मायाँमा हाल उजुरी, पिरती नै गाँस मेरो पिरथीनै भोक लगायत धेरै गितहरु मैले गाएको छु । बजारमा छिट्टै आँउदैछन् । तपाईहरुको माया पाउने छु भन्ने आशा गरेको छु ।

अन्तमा यस क्षेत्रमा लाग्न चाहने प्रतिभाशाली युवा युवतिहरुका लागि तपाईको सल्लाह सुझाव के हुन सक्ला ?
पक्कै पनि आजको दिनमा गित संगितको व्यापार दयनी छ । आफैँले लगानी गरेर सामान्य गित र म्युजिक भिडियो बनाउदा कम्तीमा पनि एक लाख रुपैँया जति खर्च लाग्छ । त्यति खर्च गरेर आम्दानी केहि हजार रुपैया मात्रै हुन्छ । त्यसैले जसको प्रतिभा छ, उहाँहरुले यो क्षेत्रमा आउनु भन्दा पहिले दश पटक सोच्नु पर्छ । यदि तपाईमा राम्रो गला र कला छ भने सफल हनु सक्नुहुन्छ । 

तर बाटो कठिन छ । संघर्ष विना जीवनमा उपलव्धी हाँसिल गर्न सकिदैन । यदि अहिलेको अवस्थामा पनि म केहि गर्छु भन्ने विश्वास तपाईमा छ भने यो क्षेत्रमा पनि भविश्य उज्वल छ । नाम र दाम कमाउन सकिन्छ । यदि हावाको भरमा लागियो भने वितारा पर्न पनि सकिन्छ । त्यसैले मैले नयाँ साथीहरुलाई दश पटक सोचेर यो क्षेत्रमा लाग्न अनुरोध गरको हुँ ।






एक वर्षको कामबाट सन्तुष्ट र उत्साहित छु

Posted by dadad | Friday, October 24, 2014 | Posted in

shesh-ghale
अष्ट्रेलियामा सफल उद्यमीको छवि बनाएका शेष घले विगत एक वर्षदेखि गैरआवासीय नेपाली संघको अध्यक्ष छन् । निर्वाचनमार्फत् नेतृत्वमा पुगेका उनी एक वर्षको अवधिमा गैरआवासीय नेपाली संघलाई दीगो र विश्वासिलो संस्थाका रुपमा स्थापित गर्न लागिरहेका छन् । 

संघमा पूर्णकालीन प्रमुख कार्यकारीका रुपमा काम गरिरहेका घलेसँग एक वर्षको अनुभव र भावी योजनाबारे गरिएको कुराकानी ।


एनआरएनको अध्यक्षको रुपमा कार्यकालको आधा समय पूरा गर्नुभएको छ, यो एक वर्षलाईकसरी समीक्षा गर्नुहुन्छ ?

मैले जे वाचा गरेर एनआरएनको नेतृत्व लिएको थिएँ, र एनआरएनको छै्रठौं ग्लोबल सम्मेलनले मलाई जे म्याण्डेट दिएको थियो, ती लक्ष्य हाँसिल गर्न यो एक बर्षको छोटो समयमा पनि निकै द्रुत गतिमा काम अगाडि बढाइएको छ । यहाँलाई थाहा छ, स्रोत साधनको कमी र संस्थाको प्रकृतिका कारण धेरै सीमितता छन् । त्यसका बाबजुद पनि म एक पूर्णकालीन अध्यक्षका रुपमा एनआरएन अभियानलाई नेतृत्व गरिरहेको छु र विश्वभर रहेका नेपालीहरुको उत्साहपूर्ण साथले म उर्जाशील बनिरहेको छु ।

मलाई थाहा छ, हामीसँग थोरै समय छ र अवसरहरु पनि थोरै छन् । त्यसैले मैले आफूले सकेजति गम्भीरताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने कोसिस गरिरहेको छु । मैले कसरी काम गरिरहेको छु, मैले के गर्न खोजिरहेको छु, मैले कति गर्न सकेँ वा सकिान, यो मैले भन्दा पनि संसारभर छरिएर रहेका एनआरएन साथीहरुले मूल्याङ्कन गर्ने विषय हो । मैले आफ्नो कार्यकाल पूरा गर्ने बेलासम्म उहाँहरुले पक्कै पनि यसबारे समीक्षा गर्नुहुनेछ ।

मलाई व्यक्तिगत रुपमा चाहिँ यो निकै चुनौतीपूर्ण समय हो । सारा व्यक्तिगत काम र बिजनेसलाई एकातिर छाडेर दिनरात यही संस्थालाई सम्वृद्ध बनाउन लागिरहेको छु । यसमा कसैलाई मलाई बाध्य पारेको हैन, समुदाय र संस्थाप्रतिको कर्तव्यवोध गरेर निकै उत्साहका साथ काम गरिरहेको छु । भर्खरै मात्र ‘ग्लोबल टुर’ समापन गरेँ । यसक्रममा विभिन्न मुलुक पुगेर एनआरएन साथीहरुसँग अन्तरक्रिया गरेँ । यसो गर्नुलाई मैले आफ्नो पहिलो कर्तव्य ठान्दछु । यो अभियानको अंग बन्न पाएकोमा म गौरवान्वित छु ।

तपार्इले जुन सोचका साथ नेतृत्व लिनु भएकोथियो, त्यो सोच अनुरुप एक वर्षको काममासन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । मैले माथि नै भनेँ कि यो संस्था भर्खर संस्थागत हुने चरणमा छ र यसका धेरै सीमितता छन् । यसको संस्कार र गतिशीलता पनि मैले राम्रोसित बुझेको छु । यस्तो कठिन परिस्थितिबीच मेरो नेतृत्वमा रहेको कार्यसमितिले जे जति गर्न सक्यो, संसारभरका गैरआवासीय नेपालीहरुले निःसर्त र निस्वार्थ जसरी हामीले अघि सारेका कामलाई सहयोग गर्नुभयो, त्यसबाट म अत्यन्तै सन्तुष्ट छु ।
यो संस्थाबाट मैले लिनु केही छैन । तर यति धेरै मनकारी साथीहरु पाएको छु, उहाँहरुको साथ र सहयोग मेरा लागि अमूल्य छ ।

तपार्इले यो एक वर्षे अवधिमा एनआरएनअभियानलाई अघि बढाउँदा मुख्य चुनौती के पाउनु भयो ?

हाम्रो संस्था निकै ठूलो भइसक्यो । यसको बढ्दो स्वरुप र बढ्दो आकांक्षावीच हामीले गर्न सक्ने काम निकै कम छन् । हामीसँग पर्याप्त स्रोत साधन छैन ।काम गर्नका लागि आफ्नै एउटा कार्यालय पनि छैन । संस्थालाई सञ्चालन गर्ने दिगो स्रोत र पर्याप्त जनशक्ति छैन । तर, यी चुनौती र समस्याको पहाडमात्र हैनन्, अवसर पनि हुन् । त्यसैले मेरो ध्यान यी चुनौतीलाई अवसरका रुपान्तर गर्ने र एनआरएन अभियानलाई दिगो बनाउनेतिरै केन्दि्रत छ । यी सबै चुनौतीलाई सामना गर्दै हामीले जेजति गर्न सकेका छौं, त्यो नितान्त निस्वार्थ भावनाले मातृभूमि र संस्थाको हितका खातिर गरिएको योगदान हो । कामको यही गतिलाई कायम राख्न सकियो भने अबको केही बर्षमै एनआरएन सम्बृद्ध र स्रोतसाधनयुक्त संस्था बन्ने छ र हामी मुलुकको सम्बृद्धिको साझेदार बन्न सहज हुने छ ।

यो एक वर्षे अवधिमा तपार्इ एनआरएनअभियानलाई लिएर नेपाल लगायत विश्वकाविभिन्न मुलुकका नियमित रुपमा भ्रमण गर्दैआउनु भएको छ, यी भ्रमणमा तपार्इका मुख्य प्राथमिकताका विषय के के रहे ?

यहाँलाई भनिहालौं कि, यो उमेरमा निरन्तर धपेडीयुक्त यात्रा गर्नु मेरा लागि सजिलो काम पक्कै हैन । तर, बिश्वभरका नेपाली समुदायमाझ पुगेर उहाँहरुसँग अन्तरक्रिया गर्नु, उहाँहरुको दुःख सुखमा सहयात्री बन्नु, उहाँहरुका समस्या बुझ्नु मेरो कर्तब्य र जिम्मेवारी हो । उहाँहरुका समस्या सुनेर केही हदसम्म भए पनि समाधानका लागि कोसिस गर्न पाउँदा मैले आफ्नो कर्तव्य पूरा गरेको ठान्दछु ।
भिन्नभिन्न देशमा जाँदा भिन्नभिन्न इस्यु र एजेण्डा भए पनि, निःसन्देह, एनआरएन संस्थाप्रति गैरआवासीय नेपाली समुदायको विश्वास जगाउनु नै यो दौडधुपयुक्त यात्राको एकमात्र उद्देश्य हो । वाचामात्र हैन, हामी काम पनि गर्छौ भनेर सावित गर्नु पनि हो ।

एनआरएनलाई अझ गतिशील बनाउन यसकोसंरचनामा कुनै परिर्वतन आवश्यक देख्नु हुन्छ ?

जुनसुकै संस्थामा समयसापेक्ष संरचनागत सुधार जरुरी हुन्छ । एनआरएनमा पनि यसलाई दिगो र समयानुकूल बनाउन निरन्तर सुधारको जरुरी छ । हाम्रो संस्थाले यसले एउटा उचाइ हाँसिल गरिसकेको छ र संरचनागत सुधारका लागि यही नै सबैभन्दा उत्तम समय हो । जसले गर्दा आगामी १०/२० वर्ष हामी कहाँ जाने र के गर्ने भन्ने स्पष्ट मार्गनिर्देश गर्नेछ र संस्थाको दिगो विकाश पनि हुने छ ।

यस सन्दर्भमा मैले आफ्नो कार्यकाल सुरु भएसँगै केही काम पनि थालेको छु । संरचनागत समीक्षा गरी केही परिवर्तन पनि भएका छन् । यही नै पर्याप्त नहुन सक्छ, समयको मागबमोजिम निरन्तर परिवर्तन जरुरी छ ।
नेपाल सरकार लगायत बिभिन्न पक्षबाट योवीचमा भएको सहयोग र समन्वयनबाट कत्तिकोसन्तुष्ट हुनुहन्छ ?
सरकारले एनआरएन अभियानलाई जुन तहमा रेस्पोन्स गरेको छ र सहयोग तथा समन्वयका लागि अग्रसरता देखाएको छ, त्यो सन्तोषजनक नै छ । तर, हामी निकै लामो यात्रा छौं र धेरै काम गर्न बाँकी छ । हामीले आफ्नो विश्वनीयता वृद्धि गरी हामी ‘नेपालीका लागि नेपाली’को नारालाई सार्थक बनाउन दत्तचित्त छौं भन्ने हामीले सावित गरिरहनुपर्छ ।

तपार्इले निर्वाचित हुने वित्तिकै एनआरएनकोअपनत्व हुनेगरी मातृभूमिमा आफ्नै भवननिर्माण गर्ने घोषणा गर्नु भएको थियो, यो अभियान कहिले कहाँ पुगेको छ ?

भवन निर्माणका लागि लाग्ने १५ करोड रुपैयाँएनआरएन साथीहरुकै संलग्नताबाट संकलन गर्ने हाम्रो योजना लगभग पूरा हुने अवस्थामा पुगेको छ । हामी केही समयभित्रै भवनको शिलान्यास गर्ने तयारी गर्दैछौं ।
हामीले कुनै सिर्जनशील र नौलो काम गर्न खोजेको हैन, केवल एउटा कार्यालय भवन हो । तर, संसारभरिका एनआरएन साथीहरुको अपनत्व गराउनु र सबैलाई यो अभियानमा सहभागी बनाउनु सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैले हामीले अभियानै चलाएर रकम संलकन गर्‍यौं । अब एनआरएन भवन बन्ने निश्चित भएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको सुरक्षाका लागि तपार्इले विषेश चिन्ता व्यक्त गर्नुभएको थियो, उनीहरुको उद्दार र सहयोगका लागि संरचना निर्माण गर्ने काम कसरी अघि बढिरहेको छ ?

म आफैंले १ करोड रुपैयाँ राखेर कोष स्थापनाको सुरुवात गरेको हुँ । कम्तमा ५ करोडको कोष बनाउने हाम्रो लक्ष्य छ । त्यसलाई कसरी सञ्चालन गर्न सकिन्छ, कसरी वास्तविक पीडित नेपालीसमक्ष राहत पुर्‍याउन सकिन्छ भनेर हामीले सघन गृहकार्य गरिरहेका छौं । सरकार, विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थासँग यसबारेमा गम्भीर छलफल भइरहेको छ । त्यसको नतिजा छिटै जानकारी गराउने छौं ।

भर्खरै संविधानसभाको राजनीतिक संवाद समितिले गैरआवासीय नेपालीलाई विशेष नागरिकता दिने सहमति गरेको छ । यसबाट तपाई कति सन्तुष्ट हुनुहुन्छ ? यो विषय संविधानसभामा संवोधन हुने कुरामा कति विश्वस्त हुनुहुन्छ ?

हामीले भनेजस्तै नभए पनि संविधानसभाको राजनीतिक संवाद समितिमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने सहमति हुनु सकरात्मक र उत्साहजनक छ । शीर्ष नेताहरुसमेत सहभागी समितिले यस्तो निर्णय गरेको हुनाले यही सहमति पूर्ण संविधानसभाले अंगीकार गर्ने र संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था हुने कुरामा म हामी आशावादी छौं । खासगरी विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीहरु यो प्रावधानबाट लाभाविन्त हुनेछन् र नेपालमा लगानीको ढोका खोल्न महत्वपूर्ण कदम सावित हुने छ भन्ने मेरो विश्वास छ ।

एनआरएनले देशसँग मागिरहन्छ दिने चाँहि केही होइन भन्ने भनाइ पनि यसै प्रसंगमा कुरा गर्दासुनिन्छ नि ?
तपाई मलाई बताइदिन सक्नुहुन्छ कि, एनआरएनले नेपाल सरकारसँग यो-यो चिज माग्यो भनेर ? 

हामी नेपाल र नेपालीका लागि दिन भनेरै अघि बढिरहेका छौं र यो मात्र दिइरहने एकतर्फी अभियान हो ।हामीले हाम्रो सीप र पूँजी नेपालमा लगानी गर्न खोजेका हौं जसका लागि नेपाल सरकारले केही सहजीकरण गरिदिनुपर्छ भनेका छौं । सहजीकरण गर्दा नेपालले गैरआवासीय नेपालीहरुबाट धेरै लिन सक्छ । तपाईको संकेत सायद नागरिकताको निरन्तरताको विषयमा होला, यसबाट गैरआवासीय नेपालीले भन्दा नेपाल र नेपालीले नै बढी फाइदा लिने हो । यसबारे बुझ्न कोसिस नगर्नेले मात्र यस्तो आरोप लगाएका हुन कि जस्तो लाग्छ ।

एनआरएनको संगठनात्मक ढाँचालाई अझ चुस्तबनाउन टास्कफोर्सबाट छुट्टै अध्ययन समेतगराउनु भएको छ, त्यसको निचोड कस्तो पाउनुभयो ?

संगठनात्मक ढााचालाई समय अनुकूल परिवर्तन गर्ने र बढीभन्दा बढी उत्पादनमूलक बनाउने हाम्रो लक्ष्य हो । मैले कार्यभार सम्हाल्नासाथै यही कामलाई अगाडि बढाएँ । विज्ञ समूहले यसको दिएको सुझावलाई हामीले कार्यान्वय गर्न पनि सुरु गरिसकेका छौं ।
अहिले नै पनि एनआरएनको संरचनागत ढाँचा पहिलेभन्दा निकै चुस्त भइसकेको छ । अल्पकालीन र दीर्घकालीन लक्ष्यहरु निर्धारण गरिएका छन् ।
अब नयाँ कार्यसमितिले हरेक दुई वर्षमा शून्यबाट काम थाल्नुपर्दैन, निर्धारित लक्ष्यअनुसार फटाफट काम सुरु गर्न सक्छन् र दुई बर्षको छोटो अवधिमा पनि धेरै उपलब्धि हाँसिल गर्न सक्छन् ।

दर्ता भइसकेपछि एनआरएनबाट नेपालमा पनि विभिन्न पक्षले देशको विकास लगायतको क्षेत्रमा विशेष आकांक्षा राखेका छन्, उनीहरुको आकांक्षा पूरा गर्ने गरी स्वदेशमा एनआरएनहरुले विशेष केही गर्ने छन् कि ?

संघ दर्ता भएपछि बल्ल हामीलाई नेपालमा बैधानिकरुपमा काम गर्न सहज भयो । निश्चय पनि दर्ता मात्रै ठूलो कुरा हैन, तर यसले एनआरएनको आर्थिक तथा समाजिक क्षेत्रमा लगानी पक्कै बढाउँछ । गएको एक बर्षमा पनि हामीले जुन तिब्र गतिमा काम गर्न सक्यौं, त्यसको परिणाम पनि दर्ता नै हो । यसका लागि म मेरा निवर्तमान अध्यक्ष र अघिल्लो कार्यसमितिको निरन्तरको कोसिसको तारिफ गर्न चाहन्छु ।
एनआरएनले नेपालमा गर्ने लगानी भनेको मातृभूमिप्रतिको कर्तव्यवोध र भावनाका आधारमा गर्ने हो । गैरआवासीय नेपाली संघले नेपालमा पूँजी तथा सीप लगानीका लागि गैरआवासीय नेपालीहरुलाई सहजीकरण गर्ने उत्प्रेरणा दिने हो । बाँकी कुरा हरेक एनआरएनको ब्यक्तिगत निर्णयमा भरपर्छ ।

एनआरएन र स्वदेशको कुरा गर्दा लगानीको कुराजोडिन्छ, लगानीका लागि चाँहि नयाँ योजनाहरुके बनाउनुभएको छ ?

एनआरएन एक सामाजिक संस्था भएकाले यसले केही पनि ब्यापारिक काम गर्न मिल्दैन र गर्दैन । तर, हामीले सामाजिक लगानी चाहिँ गर्न सक्छौं, गैरआवासीय नेपाली संघले परोपकारी काममा गरेको लगानी त्यसैको उदाहरण हो । मुलुकका लागि केही गरौैं भनेर गैरआवासीय नेपालीको सीप र पूँजीलाई नेपालमा लगानी गर्न उत्प्रेरित गरिरहेका छौं । त्यसका लागि केही नीतिगत समस्या देखिएका छन, जसलाई हटाउन हामी नेपाल सरकारसँग लविङ गरिरहेका छौं ।

सबैलाई थाहा छ, नेपालमा लगानीमैत्री वातावरण छैन, प्रशासनिक झण्झटले गर्दा लगानीकर्ताहरु दिक्क भएर फर्किनुपरेको छ । यी समस्या समाधान गर्न सकियो भने एनआरएनको लगानी र प्रत्यक्ष बैदेशिक लगानी पनि नेपाल भित्रिन सक्छ, त्यसका लागि सहजीकरण गर्न एनआरएन सदैब तत्पर छ ।

तपाईको कार्यकाल अब एक वर्ष बाँकी छ,हिजोका समीक्षा गर्दै अबको योजना कस्तो छ ?
मैले कार्यभार सम्हाल्दा नै दुई वर्षको अवधिमा गर्न सक्ने कामको सूची बनाएर सार्वजनिक गरेको थिएँ। भवन निर्माण, वैदेशिक रोजगार कल्याणकारी कोष लगायतका परियोजनालाई नै सम्पन्न गर्ने मेरो लक्ष्य हो । नीतिगत तहमा गर्नुपर्ने थुप्रै कामहरु जस्तै नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, भिसा सरलीकरण, दोहोरो करको अन्त्य लगायतका विषयमा मेरो लविङ जारी रहनेछ । बाँकी एक वर्षमा मेरा मुख्य घोषणा कार्यान्वयन गरी छाड्ने दृढता व्यक्त गर्दछु ।

(स्रोत : गैरआवासीय नेपाली दिवस २०१४ का अवसरमा प्रकाशित स्मारिका )

    Popular Posts